
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १८ माघ । झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आसन्न भद्रपुर झापा गोल्ड कपमा शान्ति सुरक्षा तथा सुशासन कायम राख्न प्रतिबद्ध रहेको जनाएका छन् । आज गोल्ड कपको सचिवालय मेची रंगशालामा भएको अन्तरक्रियामा पोखरेलले प्रतियोगिता अवधिभर सुशासनको अवस्था मजबुत बनाउन जिल्ला प्रशासन कार्यालय तत्पर रहेकोले ढुक्क रहन आयोजकलाई आश्वासन दिए । अन्तरक्रियामा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक दुर्गाराज रेग्मी, सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका उपअनुसन्धान निर्देशक तुलसीराम प्रसाईंले आआफ्नो भनाइ राखेका थिए । त्यस्तै, नेपाली सेनाका उपसेनानी प्रकाश श्रेष्ठ, झापा…
झापा, १८ माघ । झापा, मोरङ र उदयपुरको छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर र निषेधित औषधिसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषधसहित पक्राउ पर्नेहरुमा बिर्तामोड नगरपालिका–९ का २२ वर्षीय अर्जुन आले र ३८ वर्षीय कृष्ण लिम्वुलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो भने लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङको विराटनगर–१६ स्थितमा भारतबाट नेपालतर्फ संकास्पद अवस्थामा आउँदै गरेका पैदल यात्री धरान–१३ का २० वर्षीय शुक्र भुजेल, २१ वर्षीय पवन अधिकारीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट निषेधित औषधी लुपिजेसिक, एभिल, फेनारगन र डाइजोपामसहित १४० एम्पुल बरामद गरेको हो । यसैगरी…
इटहरी, १८ माघ । सुनसरीको इटहरी उप–महानगरपालिका–६ को कविर माध्यमिक विद्यालयबाट सोमबार ल्यापटप–२ थान र टिभी–१ थान चोरी गरी तत्काल फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप–महानगरपालिका–१५ सुनसरीका २९ बर्षीय गौतम राई रहेका छन् । चोरी गर्ने राईको सिसि व्यामेरामा चोरी गर्दै गरेको फुटेज कैद भएकोले हुलिया परिपत्र गरी खोजतलास गर्ने क्रममा हिजो दिउँसो १० बजे ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी गस्ती टोलीले नेपाल भारतको सीमा नजिक सडकमा समानसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेको राईको इलाका प्रहरी कार्यालत रानीबाट थप अनुसन्धान भइरहेको छ ।
बिर्तामोड, १८ माघ । विभिन्न विधामा रहेर योगदान दिएका कर्णाली बचत तथा ऋण सहकारी संस्थाका संस्थापक सदस्य दिलकुमार राईको ५५ वर्षको उमेरमा निधन भएको छ । हल्दिबारी–२ मिलन चोक निवासी राईको मंगलबार निधन भएको हो । उनी कलेजो र मिर्गौलाको समस्याबाट पीडित थिए । कर्णालीका संस्थापक सदस्य राई संस्थाका पूर्व सचिव रहेका थिए । त्योसंगै लेखा समिति संयोजक, आन्तरिक लेखा परीक्षक र मुख्य प्रबन्धक पदमा रहेर उनले जिम्मेवारी सम्हालेका थिए । दिवंगत राईको आज बिहान १० बजे हल्दिबारी–२ मा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको कर्णाली साकोसका बिर्तामोड शाखा इन्चार्ज ताराबहादुर राईले बताए । उनका श्रीमती निर्मला,छोरीहरु जिना, सेखा र छोरा प्रविण…
मेचीनगर, १८ माघ । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा पुरस्कृत गरिएको छ । मंगलबार मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले आयोजना गरेको चौथो बार्षिक उत्सव एवम् सम्मान कार्यक्रममा शर्मासहित तीन प्रतिभालाई पुरस्कृत गरिएको हो । कार्यक्रममा स्मरण शक्तिमा गिनिज बुकमा नाम लेखाउन सफल विश्व कीर्तिमानी व्यक्तित्व शर्मा, मेचीनगर–१२ निवासी कृषि क्षेत्रका प्रेरक व्यक्तित्व मञ्जुल मेचे र मेचीनगर–११ कै असल गृहिणी दुर्गादेवी काफ्लेलाई पुरस्कृत गरिएको छ । शर्मासहित पुरस्कृत तीनै जना प्रतिभाहरुलाई जनही ३१ हजार रुपैयाँसहित कदरपत्रद्वारा सम्मान गरिएको थियो । सामाजिक क्षेत्रका प्रेरक व्यक्तिहरुलाई कदर गर्न विगत चार वर्षदेखि यस्तो सम्मान गर्दै आएको प्रतिष्ठानले जनाएको छ ।…
झापा, १८ माघ । सरकारले कोरोना भाइरसविरुद्धको चौथो डोज (बुस्टर) खोप ल्याउने तयारी गर्दै गर्दा भण्डार गरी राखिएको ४० लाख डोज खोप भने खेर जाने अवस्थामा पुगेको छ । पहिलो, दोस्रो र तेस्रो डोज खोप लगाइसकेका नागरिकलाई चौथो डोज दिनेगरी सरकारले पहिलो र दोस्रो चरणमा गरी ३० लाख डोज फाइजर खोप ल्याउने तयारी गर्दै गर्दा पहिल्यै ल्याइएका ४० लाख डोज साइनोभ्याक खेर जाने अवस्थामा पुगेको हो । त्यस्तै, ३ लाखभन्दा बढी डोज भेरोसिल खोपसमेत स्टक छ । देशका सातै प्रदेशसहित विभागको कोल्डस्टोरमा ४३ लाख ८८ हजार ६ सय डोज खोप मौज्दात रहेको स्वास्थ्य सेवा विभागको तथ्यांक छ । त्यसमध्ये साइनोभ्याक…
झापा, १८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको पुनः कायम नेपाली नागरिकता प्रमाणपत्र पनि विवादमा परेको छ। राज्यशक्तिको दुरूपयोग गर्दै प्रक्रियाविपरीत नागरिकता प्रमाणपत्र पुनः प्राप्ति गरेको आरोप लामिछाने माथि छ। लामिछानेविरुद्धको नागरिकता मुद्दामा सर्वोच्च अदालतले यही माघ १२ गते विदेशी नागरिकता त्यागे पनि नेपाली नागरिकता नलिएको फैसला सुनाएपछि उनको सांसद पद बदर भएको थियो। सांसदसँगै उनको उपप्रधान तथा गृहमन्त्री, पार्टी सभापति र संसदीय दलको नेताको पद पनि गुमेको थियो। त्यसपछि १४ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नेपाली नागरिकता प्रमाणपत्र पुनः प्राप्त गरेका लामिछाने सोही दिन रास्वपाको सभापतिको जिम्मेवारीमा फर्किएका थिए। लामिछानेले नेपाली नागरिकता पुनः प्राप्त गरे…
झापा, १८ माघ । विद्युतीय कारोबारमा जोड दिँदै आएको नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ, क्यूआर कोडलगायतका विद्युतीय भुक्तानीबाट हुने कारोबारको सीमालाई बढाएको छ । राष्ट्र बैंकले मंगलबार ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै उक्त सीमा बढाएको हो । राष्ट्र बैंकले मोबाइल बैंकिङ (क्यूआर कोडसमेत) बाट प्रतिदिन ३ लाख रुपियाँसम्म कारोबार गर्न सकिने व्यवस्था गरेको छ । यसअघि प्रतिदिन २ लाख रुपिया“सम्म कारोबार गर्न सकिने व्यवस्था थियो । त्यस्तै, बैंक खाताबाट वालेटमा प्रतिदिन २ लाख रुपियाँसम्म रकम पठाउन सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यसअघि प्रतिदिन ५० हजार रुपियाँसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेको थियो । साथै, वालेटबाट बैंकको…
बिर्तामोड, १८ माघ । झापामा बाबुसँग व्यावसायिक लेनदेन नमिलेपछि छोराको अपहरण गरी चार करोड फिरौती माग गरेका छन् । युवतीको प्रयोग गरेर अपहरण गरिएका झापा बिर्तामोडका २१ वर्षीय राजीव बस्नेत प्रहरीको सक्रियतामा अपहरणमा परेको १० दिनपछि मुक्त भएका छन् । सुनको कारोबार गर्दै आएका झापा बिर्तामोड नगरपालिका ३ भगवान् चौकका कमल बस्नेतका छोरा राजीवलाई माघ ५ गते श्रीअन्तु घुम्न जान्छु भनी घरबाट निस्किएसँगै अपहरणमा परेका थिए । साथीसँग इलामको श्रीअन्तु घुम्न जाने भन्दै घरबाट निस्किएका बस्नेत अपहरणमा परेका हुन् । प्रदेश नं। १–०१–०१५प ८०९६ नम्बरको स्कुटरमा घरबाट निस्किएका बस्नेतको केही क्षणमा नै फोन स्वीच अफ भएपछि उहाँको खोजी सुरु भएको…
झापा, १८ माघ । संघीय सञ्चित कोष ९० अर्ब रुपैयाँ घाटामा रहेको भन्दै अर्थ मन्त्रालयले सबै सरकारी निकायको २० प्रतिशत बजेट कटौती र खर्च रोक्काको निर्णय गरेको छ। यसबाट चालू आर्थिक वर्ष सरकारको २४ अर्ब ५० करोड रुपैयाँ जोगिने मन्त्रालयको निष्कर्ष छ। ‘वैदेशिक ऋणको साँवा तथा ब्याज भुक्तानी गर्न विनियोजन गरिएको रकम अपर्याप्त भई नेपाल सरकारले संकलन गर्ने राजस्वबाट थप विनियोजन गर्नुपर्ने भएको छ’, अन्नपूर्ण पोस्ट्लाई प्राप्त मन्त्रालयको टिपोटमा लेखिएको छ, ‘चालू शीर्षकमा विनियोजन गरिएको रकम कटौती गर्नुका साथै केही शीर्षकको रकम रोक्का राख्नुपर्ने अवस्था आएको छ।’ मन्त्रालयका अनुसार चालू आवको साढे ६ महिना बित्दा सरकारले आम्दानीभन्दा ९० अर्ब रुपैयाँ…