
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ५ माघ । झापाको बिर्तामोड नगरपालिकाले विगत तीन वर्षयता आलु खेतीलाई प्रवद्र्धन गर्दै आएको छ । कृषकलाई आलुको बिऊ, आवश्यक औषधि, परामर्श प्रदान गरिँदै आएको बिर्तामोड नगरपालिकाका कृषि शाखाका प्रमुख राजेन्द्र कडरियाले जानकारी दिनुभयो । नगरपालिका र कृषकको आधा–आधा लागत सहभागितामा यस वर्ष ३८ टन आलुको बिऊ वितरण गरिएको प्रमुख कडरियाले जानकारी दिनुभयो । प्रतिकट्ठा ३० केजीका दरले ३३ वटा समूहलाई आलुको बिऊ वितरण गरिएको उहाँले बताउनुभयो । बिर्तामोड–६, ७, ८, ९, १० र २ नम्बर वडाका कृषकलाई आलुको बिऊसँगै दुई पटक रोप्ने बेलामा र उम्रिसकेपछि आवश्यक औषधि समेत प्रदान गरिएको छ । कृषकलाई लालगुलाब, कार्डिनल र एमएस जातका…
भद्रपुर, ५ माघ । पूर्वी नाका काँकरभिट्टाबाट आलु आयात बढेको छ । गत वर्षको तुलनामा १२ लाख ९१ हजार ४३३ केजी आलु बढी आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । पूर्वी नाका काँकरभिट्टाबाट चालू आर्थिक वर्षको हालसम्म एक करोड ३४ लाख ५५ हजार ४५५ केजी आलु आयात भएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना प्रविधि शाखाका कर्मचारी अरुण शाहले जानकारी दिनुभयो । काँकरभिट्टा नाकाबाट गत वर्ष एक करोड २१ लाख ६४ हजार २२ केजी आलु आयात भएको थियो । गत वर्षको तुलनामा १२ लाख ९१ हजार ४३३ केजी आलु बढी आयात भएको मेची भन्सार कार्यालयले जनाएको छ । काँकरभिट्टा नाकाबाट…
झापा, ५ माघ । झापाको कनकाई नगरपालिका यतिबेला सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अभियानमा जुटेको छ । नगरबाट प्रवाह हुने हरेक प्रकारका सेवा–सुविधा नागरिकसम्म सहज एवम् थप प्रभावकारी रुपमा पु¥याउने अभियानमा नगरपालिका जुटेको हो । जसका लागि नगरपालिका सबै तहका जनप्रतिनिधि र कर्मचारीको क्षमता विकास हुने खालका तालिम र प्रशिक्षण प्रदान गरेको छ । प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने “नगरपालिकामा आउने सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा प्रदान गरिरहेका छौं, कोही पनि, कुनै पनि काम भएन भनेर पर्खिनु र फर्किनु नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो ”, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले भन्नुभयो । सोही क्रममा पुस २५ गते नगरका ५०…
हल्दिबारी, ५ माघ । झापाको हल्दिवारी–३ ढडुवा चोक नजिकै एक घरमा आगलागी भएको छ । हल्दिबारी–३ का रमेश भण्डारीको घरमा बुधवार दिउँसो कोही नभएको बेला आगलागी भएको हल्दिबारी–३ का वडा अध्यक्ष बिष्णुप्रसाद ओलीले बताए । बिद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । भण्डारीको सो घरमा किरण मगर भाडामा बस्दै आएका थिए । आगलागीमा परी मगरको लताकपडा, अन्य सरसामान र नगद २० हजार जलेर नष्ट भएको छ । दुवै परिवारको गरी करिब १२ लाख बढीको क्षति भएको जलथल प्रहरी चौकीले जनाएको छ। आगलागि भद्रपुर बारुण यन्त्र साथै जलथल प्रहरी चौकी, जनप्रतिनिधि र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो । आगलागि…
झापा, ५ माघ । ‘सबको इच्छा सार्थक शिक्षा, सफा मन सार्थक जीवन’ भन्ने नाराका साथ नेपाल भम्रण शुरु गरेका पत्रकार नवराज भट्टराईलाई नेपाल पत्रकार महासंघ झापा शाखाले स्वागत गरेको छ । पत्रकार महासंघ ललितपुर शाखाका सदस्य रहेका भट्टराई भ्रमणका क्रममा झापा आइपुगेसँगै उनलाई झापा शाखा अध्यक्ष एकराज गिरीसहितको टिमले स्वागत गरेको हो । महासंघ झापा शाखाले भट्टराईलाई स्वागतसहित भ्रमण सफलताको शुभकामना समेत व्यक्त गरेको छ । नेपालको शिक्षा सुधार्ने उद्देश्यसहित यात्री, लेखक, वक्ता तथा अभियन्ता नवराज भट्टराई (कोहम)ले पुस ५ गतेबाट नेपाल भ्रमण शुरु गरेका हुन् । नेपालसहित विश्वका विभिन्न मुलुक भ्रमण गर्दा समग्रमा नेपाली शिक्षा व्यावहारिक, जीवनोपयोगी तथा सिप,…
झापा, ५ माघ । प्रतिनिधिसभामा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले तेस्रो दल माओवादी केन्द्रलाई फकाउने र दोस्रो दल एमालेलाई चिढ्याउने रणनीति अख्तियार गरेको छ। एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि कांग्रेस संघ र प्रदेशका महत्वपूर्ण राजकीय पदबाट वञ्चित बनेको छ। पुस २६ गते प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर कांग्रेसले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनअघिको सत्ता गठबन्धनलाई निरन्तरता दिने प्रयास सुरु गरेको छ। कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहितका नेताको फरक मतका बीच दाहाललाई विश्वासको मत दिएर राष्ट्रपति निर्वाचनमा कांग्रेसले माओवादी समर्थन खोजेको छ। माओवादी केन्द्रबाट राष्ट्रपति निर्वाचनमा साथ पाउने आश्वासन पाएको कांग्रेसले वाग्मतीसहितका केही प्रदेशका मुख्यमन्त्री (माओवादीका)…
झापा, ५ माघ । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवासम्बन्धी कार्यविधि जारी गर्दै व्यवस्थित र वैज्ञानिक मापदण्ड बनाएको छ । अब सीडीओ बन्न कार्यसम्पादन राम्रो भएको र ९० प्रतिशत अंक काटेको हुनुपर्ने छ । मापदण्डअनुसार आइन्दा कार्यसम्पादनमा ९० प्रतिशतभन्दा कम अंक ल्याउने कर्मचारी सीडीओ हुन पाउने छैन । यसअघि पहुँच र भनसुनका आधारमा जोसुकै कर्मचारी ‘सीडीओ’ बन्ने अवस्था थियो । अब त्यस्तो गलत पद्धति अन्त्य गर्नेगरी कार्यविधि जारी गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने गृहमन्त्रीका रूपमा आएपछि गृह प्रशासनमा सुधार अभियानस्वरूप कार्यविधि जारी गरिएको हो । कार्यविधि जारी भएसँगै ‘पहुँच र सोर्सफोर्स’का आधारमा सीडीओ सरुवा गरिने…
झापा, ५ माघ । निर्वाचन आयोगले आगामी फागुन २५ गतेको आसपासमा राष्ट्रपतिको निर्वाचन गराउने हिसाबले तयारी अघि बढाएको छ । सरकारसँग अबका छलफल क्रममा आयोगले राष्ट्रपति निर्वाचनका लागि सोही मिति प्रस्तावित गर्ने मनस्थिति बनाएको आयुक्त रामप्रसाद भण्डारीले बताए । आयुक्त भण्डारीले भने, ‘आयोगले फागुन २५ मा राष्ट्रपति निर्वाचन गराउने हिसाबले तयारी थालेका छौं। यद्यपि, निर्वाचनको मिति तोक्ने विषयमा सरकारसँग एक चरणको छलफल भइसकेको छ। अब फेरि छलफल गर्नुपर्ने देखिएको छ । दुई, तीन चरण सरकारसँग छलफल गरेपछि बल्ल निर्वाचनको मिति तोकिने छ ।’ वर्तमान राष्ट्रपतिको कार्यकाल आगामी फागुन २९ मा सकिने छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ बमोजिम…
झापा, ५ माघ । सरकारले स्वदेशको रोजगारीलाई प्राथमिकता दिएर बाध्यात्मक रोजगारीलाई शून्यमा झार्ने नीति लिएको भए पनि रोजगारीको खोजीमा विदेशिनेको सङ्ख्या बढिरहेको छ । चालू आर्थिक वर्षको पहिलो छ महिना (साउनदेखि पुससम्म) मा करिब चार लाख नेपाली रोजगारीको खोजीमा मलेसिया र खाडीलगायतका मुलुकमा गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार आव २०७९/८० को पहिलो छ महिनामा तीन लाख ९८ हजार जना श्रम स्वीकृति लिएर कामको खोजीमा विदेशिएका छन्, जसमध्ये सबैभन्दा धेरै मलेसिया र खाडी (कतार, साउदी, संयुक्त अरब इमिरेट्स, कुवेत, बहराइन, ओमान) लगायतका देशमा जानेको हिस्सा ८० प्रतिशत रहेको छ । बाँकी हिस्सा अन्य देशमा गएको तथ्याङ्क छ । नवनियुक्त…
झापा, ५ माघ । सरकारले भारतसँग जीटूजी प्रक्रियामार्फत खरीद गरेर ल्याएको युरिया मल सरकारी गोदाममा थन्किँदा किसानले गहुँ बालीमा ‘टप ड्रेसिङ’ गर्न पाएका छैनन् । सरकारले ल्याएको तीन र्याक युरिया मल वीरगञ्जस्थित कृषि सामग्री कम्पनी लिमिटेडको गोदाममा आइपुगेको करीब एक साता भइसकेको छ । बाँकी मल आउने क्रममा छ । सरकारसँग मल मौज्दात भए पनि आफूहरूले नपाएको गुनासो किसानले गरिरहेका छन् । जीटूजी प्रक्रियाबाट पहिलो खेपमा भारतले दिएको ३० हजार मेट्रिक टन युरियामध्ये सोमवारसम्म तीन र्याक वीरगञ्ज आइपुगेको छ । अरु जोगबनी आइपुगेको कृषि सामग्री कम्पनी लिमिटेडका कामु प्रबन्ध सञ्चालक राजेन्द्रबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार कम्पनीमा व्यवस्थापन टिम…