झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, ९ मंसिर । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा–३ लाई निकै चाखका साथ हेरिएको थियो, जहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला मुख्य प्रतिस्पर्धी थिए । उनीहरुबीचको चुनावी प्रतिस्पर्धामा विचारधारा मिसिएको थियो । लिङ्देन हिन्दु राज्यको वकालत गर्छन् भने सिटौला वर्तमान संविधानमा उल्लेखित धर्मनिरपेक्षता र समानुपातिक व्यवस्थाका जबरजस्त पक्षधरका रुपमा परिचित छन् । संविधानसभामा मस्यौदा समितिको संयोजक भएकाले पनि वर्तमान व्यवस्थाप्रति सिटौलाको गहिरो लगाव छ । झापा–३ ले गणतन्त्र रोज्छ कि राजतन्त्रका पक्षपाती भन्नेमा प्रश्न मिश्रित कौतुहलता थियो । लिङ्देनको साथमा एमाले थियो भने सिटौला सत्ता गठबन्धनको साझा उम्मेदवार थिए । एमालेको बलमा यस पटक…

Read More

झापा, ९ मंसिर । कतारमा जारी फिफा विश्वकप फुटबलमा इरानले पहिलो जित हासिल गरेको छ । आज भएको खेलमा वेल्सलाई २–० गोल अन्तरले हराउँदै इरानले पहिलो जित हासिल गरेको हो । अहमद बिन अलि स्टेडियममा इरानको जितमा रौजबेह चेस्मी र रामिन रिजाइनले एक एक गोल गरेका छन् । खेलको ८६ औं मिनेटमा वेल्सका गोलकिपर वायन हेनेसी रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थिया। जितसँगै समूह बीको इरानले २ खेलमा ३ अंक जोडेको छ । इरानले नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ । पराजित वेल्सले २ खेलमा १ अंक जोडेको छ ।

Read More

झापा, ९ मंसिर । ब्राजिलका स्टार खेलाडी नेयमार घाइते भएका छन् । बिहीबार राति सर्बियाविरुद्ध २–० को जीत हासिल गर्नेमा उनको खुट्टामा चोट लागेको हो । खेलपछि टीमका डाक्टरले उनको गोलिगाँठोको चोट लागेको पुष्टि गर्दै यो कति गम्भीर छ भनेर पत्ता लाग्न २४–४८ घण्टासम्म पर्खनुपर्ने बताएका छन् । प्रशिक्षक टिटेले चोट गम्भीर नभएको जनाउँदै नेयमार विश्वकपमा खेल्ने बताएका छन् । सन् २०१४ मा आफ्नो देशमा भएको विश्वकपमा ढाडमा चोट लागेपछि उनले प्रतियोगिता गुमाएको थियो । सन् २०१८ को विश्वकपमा पनि ब्राजिलले निकै कमजोर प्रदर्शन गरेको थियो ।

Read More

झापा, ९ मंसिर । झापा क्षेत्र नम्बर ४ अन्तर्गत प्रदेशसभा (२) मा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार भक्ति सिटौला निर्वाचित भएका छन् । सिटौला १९ हजार ४५ मत प्राप्त गर्दै प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार एकराज उप्रेतीले १५ हजार ७१ मत प्राप्त गरे ।

Read More

झापा, ९ मंसिर । झापा क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवा (एलपी)ले आगामी पाँच वर्षे कार्यकाललाई उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउनुभएको छ । प्रतिनिधिसभा सदस्यमा विजय भएपछि उहाँले मतदातालाई धन्यवाद ज्ञापन गर्दै आगामी पाँच वर्षे कार्यकालमा रचनात्मक एवम् उत्कृष्ट बनाउने प्रतिबद्धता जनाउनुभयो । “पूर्वाधार विकाससँगै मानव विकासलाई उत्तिकै महत्वका अघि बढाउँछु”, उहाँले भन्नुभयो, “मलाई पुनः सांसद बनाएर यस क्षेत्रको विकास गर्ने अवसर दिनुभएकोमा आम मतदाता, शुभेच्छुक, नेता तथा कार्यकर्तालाई धन्यवाद ज्ञापन गर्दछु ।” यस्तै, झापा क्षेत्र नं. ४ लाई आगामी ५ वर्षमा नेपालको एक उत्कृष्ट र सबैले हेर्नलायक क्षेत्रको रुपमा विकास गर्ने प्रतिनिधि सभामा नवनिर्वाचित सदस्य लालप्रसाद (एलपी)…

Read More

झापा, ९ मंसिर । प्रतिनिधिसभा निर्वाचनमा प्रदेश १ मा नेकपा एमालेकै दबदबा देखिएको छ । यस्तो छ जीतको अवस्था – नेकपा एमालेबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू१) योगेश भट्टराई, ताप्लेजुङ (विजयी)२) केपी शर्मा ओली, झापा ५ (विजयी)३) राजेन्द्रकुमार राई, धनकुटा (विजयी)४) मानबीर राई, सोलुखुम्बु (विजयी)५) अम्बर बहादुर रायमाझी, उदयपुर २ (विजयी)६) बसन्तकुमार नेम्वाङ, पाँचथर (अग्रता)७) महेश बस्नेत, इलाम १ (अग्रता)८) सुवासचन्द्र नेम्वाङ, इलाम २ (अग्रता)९) देवराज घिमिरे, झापा २ (अग्रता)१०) लालप्रसाद साँवा लिम्बू, झापा ४ (अग्रता)११) विजय सुब्बा, तेह्रथुम (अग्रता)१२) घनश्याम खतिवडा, मोरङ १ (अग्रता)१३) ऋषिकेश पोखरेल, मोरङ २ (.अग्रता)१४) भीमप्रसाद आचार्य, सुनसरी २ (अग्रता)१५) भगवती चौधरी, सुनसरी ३ (अग्रता)१६)…

Read More

झापा, ९ मंसिर । कतारमा भइरहेको विश्वकप फुटबल २०२२ अन्तर्गत आज चार खेल हुँदैछन् । समूह चरण अन्तर्गत समूह ‘ए’ र समूह ‘बी’ का दुई–दुई खेलहरू हुनेछन् । बिहीबार राति समूह चरणका पहिलो खेलहरू सकिएपछि आजबाट दोस्रो खेलहरू हुन लागेको हो । पहिलो खेलमा समूह ‘बी’ मा रहेको वेल्स र इरानबीच नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे खेल सुरु हुनेछ । इरान पहिलो खेमला इङ्ल्यान्डसँग ६–२ गोल अन्तरले हारेको थियो । दोस्रो खेल समूह ‘ए’ को कतार र सेनेगलबीच साँझ ६ः४५ बजे सुरु हुनेछ । तेस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरबीच राति ९ः४५ बजे सुरु हुनेछ भने चौंथो खेलमा इङ्ल्यान्डले अमेरिकाको…

Read More

झापा, ९ मंसिर । झापाको निर्वाचन क्षेत्र नं. ४ को प्रदेश १ मा सुर्य चुनाव चिन्ह भएका एमाले तर्फका उम्मेद्वार राधाकृष्ण खनाल निर्वाचित भएका छन् । खनालले आफ्ना निकट्तम प्रतिद्वन्दी गठबन्धनका उम्मेद्वार झलकवहादुर मगरलाई १,५७८ मतको अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । एमालेका खनालले १३,९५१ मत ल्याउँदा मगरले १२,३७३ मत प्राप्त गरे । मगर गठबन्धनको प्रदेश सरकारका निवर्तमान कृषि मन्त्री समेत हुन् । क्षेत्र नं.४ को प्रदेश १मा खसेको मत ३२,२५६ गणना भइसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्रमा १६०७ मत बदर भएको जनाइएको छ । औपचारीक घोषणा हुन भने बाँकी रहेको छ । यस क्षेत्रमा दापसहितको…

Read More

भद्रपुर, ९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले जनता यथास्थितिवादको पक्षमा नरहेको प्रमाणित भएको बताउनुभएको छ । प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएपछि बिहीबार झापाको चद्रगढीमा पत्रकारसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष लिङ्देनले जनताले समृद्धि र परिवर्तन खोजिराखेको र यथास्थितिवादको पक्षमा नरहेको प्रमाणित भएको बताउनुभयो । अध्यक्ष लिङ्देनले जनतालाई धोका नदिने र विश्वासघात गर्ने प्रतिबद्धता जनाउनुभएको छ । “जनताले विश्वास गरेर मलाई विजय गराउनुभएको छ”, उहाँले भन्नुभयो, “म उहाँहरुलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु, उहाँहरुको भरोषामाथि तुसारापात गर्ने छैन ।” अध्यक्ष लिङ्देनले कुनै पनि प्रकारको भ्रष्टार नगर्ने र गर्न दिनेसमेत दोहो¥याउनुभयो । त्यस्तै, अध्यक्ष लिङ्देनले झापाबाट एउटा प्रवृत्तिलाई सधैंका बिदा भएको…

Read More

झापा, ९ मंसिर । ब्राजिलले विश्वकपको पहिलो खेलमा सहज जित निकालेको छ । बिहीबार राति भएको खेलमा रिचर्डलिसनको दुई गोलको सहयोगमा ब्राजिलले जितेको हो । ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको छ । जितसँगै समूह जी को ब्राजिलले ३ अंक जोडेको छ ।

Read More