
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ मंसीर । आगामी निर्वाचनमा २०७९ मंसिर ४ को तुलनामा बढी सुरक्षा चुनौती रहेको केन्द्रीय सुरक्षा समितिले निष्कर्ष निकालेको छ। समितिको अध्ययनअनुसार यसपटक ५७२ मतदान केन्द्र थप अति संवेदनशील बनेका छन्। गत निर्वाचनमा २,९४६ मतदान केन्द्र अति संवेदनशील मानिएका थिए भने अहिले पुनः वर्गीकरण गर्दा ३,५१८ केन्द्र अति संवेदनशील देखिएका छन्। यस्तै, संवेदनशील मतदान केन्द्र पनि एक सय बढी भई ४,५२९ पुगेका छन्। सामान्य अवस्थामा रहने केन्द्र भने घटेर २,८७९ मात्र रहेको छ। गृह मन्त्रालयले १५ दिनभित्र जिल्लास्तरमा सुरक्षा योजना पठाउने तयारी गरेको छ। मंसिर ९ देखि प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु हुने र तीन तहको सुरक्षा योजना लागू हुने…
झापा, २ मंसीर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । यही मंसिर दोस्रो सातादेखि आन्दोलनको तयारीमा रहेका उनलाई प्रहरीले भक्तपुरस्थित आफ्नै निवासबाट सोमबार राति पक्राउ गरेको हो । स्रोतका अनुसार प्रसाईलाई जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली ल्याइएको छ। उनीमाथि शान्ति सुरक्षामा खलल पुर्याएको आरोप छ। सोमबार मध्यराति प्रहरीको टोली उनको घरमा पुगेको थियो ।
काभ्रेपलाञ्चोक, २ मंसीर । काभ्रेपलाञ्चोकमा जेनजी आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा धुलिखेल, खानीखोला, बनेपा र जिरीका पाँच युवक रहेका छन्। पक्राउ परेकामध्ये दुई जनामाथि यसअघि लागुऔषध तथा सवारी ज्यानसम्बन्धी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ। हाल उनीहरूको म्याद थप गरी अनुसन्धान भइरहेको छ। यसअघि पनि आन्दोलनका क्रममा संलग्न १२ जनालाई पक्राउ गरिएको थियो। जिल्लामा हालसम्म १८ वटा सरकारी तथा निजी संरचनामा क्षति पुगेको छ। प्रहरीले चालु आर्थिक वर्षको चार महिनामा अदालतले तोकेको कैद तथा जरिवना भुक्तान नगरेका ५३ जनालाई पक्राउ गरी करिब १२ वर्षभन्दा बढी…
झापा, २ मंसीर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ २९ पैसा र बिक्रीदर १८७ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १७८ रुपैयाँ ६८ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २१ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६० पैसा, क्यानेडियन…
झापा, २ मंसीर । झापा आइपुगेको हात्तीको एउटा समूह रतुवामाई जङ्गल क्षेत्रबाट मोरङतिरै फर्किएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङबाट आइतबार अधिकतम ३० हात्तीको बथान झापा हुँदै भारत फर्किने क्रममा शिवसताक्षी नगरपालिकास्थित पूर्वपश्चिम राजमार्ग नजिक रतुवामाई वृक्षरोपण जङ्गलमा आइपुगेको थियो । बथानमा हात्तीका थुप्रै छावा पनि थिए । “तीमध्ये १५ वटा हात्तीको झुण्ड सोमबार मोरङतिरै फर्किएको खबर प्राप्त भएको छ”, डिभिजन वन कार्यालयका प्रमुख श्रेष्ठले भन्नुभयो, “हामी निरन्तर निगरानीमा छौँ । रतुवामाई आइपुगेको हात्तीको बथान छिन्नभिन्न भएर कोही मोरङतिरै फर्किए र बाँकी झापातिरै अलमलिएका छन् ।” मोरङको सुन्दरहरैँचास्थित कानेपोखरी जङ्गल क्षेत्रबाट आइतबार लावालस्करसहित पूर्व…
झापा, १ मंसीर । नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सललाई हराउँदै काठमाडौँ गोर्खाजले प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा काठमाडौँले जनकपुरमाथि पाँच विकेटको जित निकालेको हो । जितको लागि एक सय ३१ रनको लक्ष्य पछ्याएको काठमाडौँले १८ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो । काठमाडौँको जितमा बेन चाल्र्सवर्थले ४६ रन बनाए । उनले २३ बलमा पाँच चौका र तीन छक्काको सहयोगमा ४६ रन बनाए । यसैगरी आकाश त्रिपाठीले ३९ रन बनाए । मिलिन्द कुमारले १९ रन बनाए भने जोहन सिम्पसनले १३ रन जोडे । बलिङतर्फ जनकपुरका किशोर महतो,…
नवलपरासी पश्चिम्, १ मंसीर । नवलपरासीको सुनवल नगरपालिका–१३ सुर्यवस्तीस्थित पूर्व–पश्चिम राजमार्गमा आज दिउँसो भएको कार दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । कारमा सहोदर बाबुछोरा रहेका थिए । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश–३–०१–०२३ च ५०७५ नम्बरको कार आज दिउँसो अन्दाजी १३ः०० बजे अनियन्त्रित भएपछि पुलबाट करिब १०–१२ मिटर तल रहेको खोलामा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी अर्घाखाँची पाणिनी गाउँपालिका–६ माझा गाउँका ८० वर्षीय मणिराम पौडेलको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकका छोरा कार चालक ४३ वर्षीय हरिशचन्द्र पौडेल भने घाइते भएका छन् । उनको मुख तथा आँखीभौँमा चोट लागेको र…
शिवसताक्षी, १ मंसीर । झापाको शिवसताक्षी नगरपालिकाले आगामी मंसिर ३ गते स्थानीय विदा दिने निर्णय गरेको छ । नगरपालिकाले आज सूचना सार्वजनिक गर्दै बालाचतुर्दशी पर्वको अवसरमा अत्यावश्यक सेवाबाहेक अन्य सबै कार्यालय बन्द रहने जानकारी गराएको हो। नगर क्षेत्रभित्र अवस्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सताक्षीधाममा मनाइने बालाचतुर्दशी मेला लक्षित गरी विदा गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । नगरपालिकाका वडा कार्यालयहरू, शैक्षिक संस्था, स्वास्थ्य कार्यालयहरुमा विदा गरिएको हो । बालाचतुर्दशीको अवसरमा सताक्षीधाममा लाखौँ दीपदान, शतबीज छर्ने संस्कार, धार्मिक अनुष्ठान तथा मेला जस्ता गतिविधि हुने भएकाले यस वर्ष पनि भक्तजनको ठूलो भीड रहने अनुमान गरिएको छ।
सागर गौतमखुुदुनावारी, १ मंसीर । अर्जुनधारा नगरपालिका–३ स्थित खुदुनावारी साना किसान कृषि सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई मकै रोप्ने मेशिन वितरण गरेको छ । संस्थाका अध्यक्ष कृष्ण प्रसाद दंगालको अध्यक्षता तथा अर्जुनधारा नगरपालिका प्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा किसानलाई मकै रोप्ने मेसिन वितरण गरिएको हो । संस्थाको पाङ्गणमा सोमबार आयोजित कार्यक्रममा प्रमुख अतिथी गोम्देनले संस्थाका जेष्ठ सदस्य गोपीकृष्ण पराजुली र अन्तर समूह–३ ९ घ ० की अध्यक्ष उर्मिला खतिवडालाई वितरण गर्नुभएको थियो । संस्थाको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत एक समूह एक मकै रोप्ने मेसिन वितरण गरिएको संस्थाका अध्यक्ष कृष्ण प्रसाद दंगालले बताउनुभयो । उहाँका अनुसार संस्थामा २३…
बिर्तामोड, १ मंसीर । बुद्धशान्ति गाउँपालिका–४ मंगलबारेमा मोटरसाइकल दुर्घटनामा परेका एक युवकको आज बिहान मृत्यु भएको छ । बुद्धशान्ति गाउँपालिका–४ का २६ वर्षीय अभिषेक नेवारको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले जानकारी दिनुभयो । गत कात्तिक २९ गते राति भञ्जयाङबाट मंगलबारेतर्फ जाँदै गरेको मे.१० प.११०४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल उनी गम्भीर घाइते भएका थिए । उनलाई बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारका लागि भर्ना गरिएको थियो । आइतबार (३० गते) राति आफन्तले उनलाई अस्पतालबाट घर ल्याएकोमा आज बिहान घरमै मृत्यु भएको उहाँले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा मुचुल्कासँगै…