
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
मोरङ, २८ पुस । मोरङको बिराटनगर महानगरपालिका–७ स्थितबाट स्रोत नखुलेको रकमसहित एक जनालाई प्रहरी पक्राउ गरेको छ । हिजो बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका–७ स्थित माछापुच्छ्रे बैङ्क नजिकबाट विराटनगर–१८ का ३६ वर्षीय रवि प्रकाश साहलाई श्रोत नखुलेको रकम सहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका साहको साथबाट प्रहरीले ७ लाख ९ हजार रुपैया, बिभिन्न बैङकहरुको एटिएम १४ थान, बिभिन्न बैंकको डिपोजिट रकम ६२ लाख ११ हजार २ सय ३५ रुपैयाको भौचर १० थान, ६ लाख रुपैयाको चेक २ थान, चेक बुक ९ थान र को २४ प ७९८४ नम्वरको मोटरसाईकल बरामद गरेको…
झापा, २८ पुस । झापाको मेचीनगर नगरपालिका–१ स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी गस्ति टोलीले संकास्पद अवस्थामा हिडिरहेका मेचीनगर नगरपालिका–१ का ३० वर्षीय शक्ति प्रधान र २२ वर्षीय सिदार्थ तामाङको साथबाट १ ग्राम २ सय मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, २८ पुस । झापाको अर्जुनधारा नगरपालिका–९ स्थितबाट श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्जुनधारा–९ स्थितमा डेरा गरी बस्दै आएका अरुण गाँउपालिका(१ भोजपुरका ३५ का बिश्वराज घिसिङ रहेका छन । घिसिङले मंगलबार बेलुकी ३६ बर्षीया श्रीमती प्रमिला भुजेलले खाना नपकाएको कारण सामान्य वादबिवादको क्रममा तात्तिले पेटमा हानेका थिए । श्रीमानको कुटाईबाट उनको घटना स्थलमा नै मृत्यु भएको थियो । लात्ति हानी श्रीमतीको हत्या गर्ने श्रीमानलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
विभिन्न रोग व्याधी फैलाउने विषाणु अर्थात् भाइरसबाट दुनिया आक्रान्त छ । पछिल्लो ३ वर्षदेखि कोरोना भाइरसलाई दुनियामा आतंक मच्चाइरहेको छ । यसैबीचमा वैज्ञानिकहरुले एउटा यस्तो खोज गरेका छन् जसले भाइरसको आतंकमा पूर्णविराम लगाउने सम्भावना देखाएको छ । वैज्ञानिकहरुले यस्तो जीव पत्ता लगाएका छन् जसले भाइरसलाई खान्छ । अमेरिकाको युनिभर्सिटी अफ नेब्रास्का लिंकनका वैज्ञानिकहरुले भाइरसलाई नष्ट गर्ने यस्तो जीव पत्ता लगाएका हुन् । यसले भाइरसलाई नियन्त्रण गर्नका लागि भविष्यमा यो जीवको प्रयोग गर्न सकिने सम्भावना देखिएको बताइएको छ । सफा पानीमा पाइने यो सुक्ष्म जीव विश्वमै हालसम्म पाइएको यस्तो जीव हो जसले केवल भाइरस मात्र खाएर आफ्नो पेट भर्दछ । अर्थात्…
झापा, २८ पुस । झापाको शिवसताक्षी नगरपालिकाका पाँच वटा वडामा हात्तीले एक महिना देखि आतंक मच्चाउन थालेको छ । सर्वसाधारणको ज्यान लिने, घर भत्काइदिने र भण्डारण गरिएका अन्नपातखाइदिनाले स्थानीय आतंकित हुन थालेका छन् । हात्तीको बथान गाउँ पस्ने बित्तिकै स्थानीय ज्यान जोगाउन घर छाडेर भाग्ने गरेका छन् । एउटा छावा सहित चार वटाको संख्यामा आएका हात्ती अटेरी रहेको स्थानीयले बताए । पटका पड्काउँदा, आगो बाल्दा, होहल्ला गर्दा समेत हात्ती नभाग्ने गरेको स्थानिय महेश्वर लिम्बूले बताए । उनले भने– ‘बसाईँ सरेर यहाँ आएदेखिनै हात्तीले बर्षेनि दुःख दिन थालेको छ ।’ शिवसताक्षी नगरपालिका वडा नम्बर–८ सम्झना चोकको दक्षिण क्षेत्रका ५ घर हात्तीले…
भद्रपुर, २८ पुस । झापाको भद्रपुरबाट प्रहरीले अवैध सामान बरामद गरेको छ । बुधबार वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर– ५ देवीबस्तीबाट अबैध रुपमा भारतदेखि नेपालतर्फ ल्याउँदै गरेको करिब ५० हजार रुपैयाा बराबरको हार्डवेयरका सामान बरामद गरेको हो । उक्त सामानी आवस्यक कार्वाहीको लागि भद्रपुर भन्सार कार्यालयमा बुझाइएको छ ।
भद्रपुर, २८ पुस । बहुभाषिक साहित्य संगीत कला केन्द्र–झापाको प्रथम साधारणसभा तथा अधिवेशन चन्द्रगढीमा सम्पन्न भएको छ । भद्रपुरको वडा नं– १० को सभाकक्षमा (आज) पूस २७ गते प्रमुख अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले ब्यानर वाचन गरेरसाधारणसभाको उद्घाटन गर्नुभएको हो । सो अवसरमा प्रमुख अतिथि मेयर पोखरेलले– भाषा, साहित्य र मौलिक कला प्रवद्र्धन गर्न झापामा स्थापना भएको बहुभाषिक साहित्य संगीत कला केन्द्र जस्तो एकीकृत संस्था नेपालमै सम्भवतः पहिलो भएको धारणा राख्दै व्यक्तित्व विकासको यस्तो बहुआयामिक संस्थालाई नगरपालिकाले कार्यविधि बनाएरै सहयोग गर्ने वचनबद्धता प्रकट गर्नुभएको छ । झापा जिल्लाको सदरमुकाम नगर भद्रपुरले आगामी दिनहरूमा स्थानीय भाषा, साहित्य रकलाको संरक्षण गर्न…
बुधबारे, २७ पुस । झापाको बुद्धशान्तिमा कपडा बैंकको स्थापना गरिएको छ। विपन्न समुदायका व्यक्तिका लागि निःशुल्क रुपमा कपडा प्रदान गर्ने उद्देश्यले कपडा बैँक स्थापना गरिएको हो । नेपाल स्काउट बुद्धशान्तिको आयोजना र बुधबारे स्पेश केवल नेटवर्क प्रालिको सहयोगमा बुधबारे ट्राफिक चोकमा कपडा बैंक स्थापना गरेको हो । प्रयोगमा आएका तथा सफा कपडा बैंकमा राखेर गरीब तथा विपन्नवर्गलाई निःशुल्क रुपमा वितरण गरिनेछ। जाडोको समयमा कुनै पनि व्यक्ति न्यानोबाट वञ्चित हुन नपरोस् भनेर अभियान सञ्चालन गरिएको भन्दै बुद्धशान्ति स्काउटका मन्जिल पाठकले आफूसँग बढी भएको लत्ताकपडा बैंकलाई प्रदान गरेर सहयोग गर्न आग्रह समेत गरे । केही समय लगाएपछि व्यक्तिले यसै फाल्ने कपडालाई सफा…
झापा, २७ पुस । झापाका क्रसर उद्योगी–व्यवसायी आन्दोलित बनेका छन् । सरकारले क्रसर उद्योग बन्द गर्न निर्देशन दिएपछि यहाँका क्रसर उद्योग आन्दोलित भएका हुन् । झापाको बिर्तामोडमा आज पत्रकारको सम्मेलन आयोजना गरी क्रसर उद्योगीले सरकारको निर्णय नसच्चिए पुस २८ गतेदेखि अनिश्चितकालका लागि क्रसर उद्योग बन्द गर्ने चेतावनी दिएका छन् । क्रसर उद्योग व्यवसायी संघका केन्द्रीय सल्लाहकार शेरबहादुर थापाले सरकारले क्रसर उद्योग बन्द गर्न दिएको निर्देशन तत्लका फिर्ता लिनुपर्ने बताउनुभयो । २०७१ सालदेखि नवीकरण बन्द भएको बताउँदै थापाले भन्नुभयो, “अहिले नवीकरण नभएका उद्योगहरु बन्द गर्न गृह मन्त्रालयले दिएको निर्देशनप्रति हामी अत्यन्त चिन्तित छौं ।” सरकारकै कारण उद्योग नवीकरण नभएको थापाको भनाइ…
झापा, २७ पुस । विश्वासको मत पाए पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् । ओली निवास बालकोटमा आज साँझ उनीहरुबीच आगामी यात्रा र सरकार विस्तारबारे छलफल भएको हो । दुई नेताबीच मन्त्रीहरुको बाँडफाँटका विषयमा छलफल भएको छ भने प्रधानमन्त्रीले विश्वासको मत पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने गृहकार्य सुरु भएको छ ।