
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
अर्जुनधारा, २६ असोज । राप्रपा नेपालका तर्फबाट झापा निर्वाचन क्षेत्र नं। २ मा प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका कमल खरेलले मनोनयन फिर्ता लिएका छन् । उक्त पदमा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरेलाई सिङ्गो पार्टी नै लागेर विजयी गराउने घोषणा गर्दै खरेलले उम्मेदवारी फिर्ता लिएका हुन् । आज राप्रपा नेपालको जिल्ला कार्यालयमा दुवै पार्टीका नेता तथा उम्मेदवारहरु बीचको आपसी छलफलबाट यस्तो निर्णय भएको एमाले झापा जिल्ला सदस्य भोला धितालले बताए । मकवानपुरबाट आफ्नो पार्टीका केन्द्रीय अध्यक्ष कमल थापाले चुनाव चिन्ह सूर्य लिएर उम्मेदवार बनेको सन्दर्भमा यहाँबाट पनि उहाँलाई सहयोग पुगोस् भनेर आफूले उम्मेदवारी फिर्ता लिई नेकपा एमालेका उम्मेदवारलाई नै सहयोग गर्ने…
मोरङ, २६ असोज । मोरङको बिराटनगर महानगरपालिका–१२ स्थितबाट प्रहरीले अबैध रूपमा भन्सार छली गरी नेपाल ल्याउँदै गरेको इलेक्ट्रोनिक समानहरु बरामद गरेको छ । सोमबार बेलुका विराटनगरको दरैया स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले को १ च ३१७८ नम्वरको भेनलाई चेकजाँच गर्ने क्रममा अवैधरुपमा भन्सार छली गरी नेपाल ल्याउदै गरेको विभिन्न प्रकारका इलेक्ट्रोनिक समानहरु बरामद गरेको हो । बरामद गरिएका करिब ४ लाख ७० हजार मुल्य बराबरका ईलेक्ट्रोनिक समान र भेनलाई आवश्यक कारबाहीको लागि भन्सार कार्यालय रानी बिराटनगरमा बुझाइएको छ ।
मोरङ, २६ असोज । मोरङको बिराटनगरस्थित ब्यापारीहरुलाई धाक धम्की दिई रकम माग गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर महानगरपालिका–२ का २९ बर्षीय रविन घिमिरे रहेका छन । घिमिरेले ब्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गर्दै गरेको अवस्थामा बिराटनगर(१५ स्थितबाट इलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका उनको अभद्र ब्यवहार गर्न नहुने कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
झापा, २६ असोज । भारत तथा तेश्रो मुलुकबाट रक्सोल नाका हुँदै आएको कार्गो आयात(निर्यात पूर्ण रुपमा बन्द गरेर एकीकृत भन्सार जाँचचौकी ९आईसीपी० बाट मात्रै गर्न भारतीय पक्षले दवाव दिएको छ । भारत सरकारको पटनास्थित प्रिन्सिपल कमिशनरको कार्यालयले सूचना जारी गर्दै रक्सोलबाट बौद्धीमाई मन्दिर हुँदै आईसीपीसम्म आउने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकोले अब रक्सोलबाट आयात निर्यात हुँदै आएको कार्गो पनि आईसीपीबाट मात्रै हुने जनाएको छ। कमिशनरको कार्यालयले निकालेको सार्वजनिक सूचनाअनुसार अक्टोबर १८ तारिख अर्थात असोज २० गते आइतबारदेखि भारत तथा तेश्रो मुलुकबाट आयात हुँदै आएको सामान आईसीपीबाट मात्र जाँचपास हुनेछ। प्रिन्सिपल कमिशनरको कार्यालयले असोज २१ गते नै सार्वजनिक सूचना जारी गरेर सबै…
बिर्तामोड, २६ असोज । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले पाँचथरबाट कारोबार शुरु गरेको छ । सिम्रिक साकोसले पाँचथरको फिदिम –१ स्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गरी फिदिम सेवाकेन्द्रबाट एकीकृत कारोबार शुरु गरिएको सिम्रिक साकोसका प्रमुख कार्यकारी अधिकृत कमलबहादुर बस्नेतले बताए । सिम्रिक साकोसले झापाका २८, मोरङका १० र इलामका ९ वटा सेवाकेन्द्र गरी ४७ वटा सेवाकेन्द्रबाट कारोबार गरिरहेकोमा अब पाँचथरको फिदिम –१ स्थित शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थासंग एकीकरण गरी पाँचथर जिल्लाभर कारोबार गरिने बताउँदै उनले आगामी असोज २९ गते संस्थाको एकीकृत साधारण सभा गरिने जानकारी दिए । संस्थाका…
झापा, २६ असोज । मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेलाई विभाजित भएर गएका नेताहरूबाटै खतरा देखिएको छ। एमालेबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र एमालेका उम्मेदवार २० वटा निर्वाचन क्षेत्रमा आमनेसामने हुँदैछन् । आफ्नै दलका पूर्वनेताहरूसँग आमनेसामने हुने निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवारले जित निकाल्न असहज हुने महसुस गरेका छन्। उम्मेदवारी मनोनयनको एक दिनअघि एमालेबाट बाहिरिएर स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भुसालसँग पनि एमालेले प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। एमालेका उम्मेदवारले प्रतिनिधिसभाका २३ वटा निर्वाचन क्षेत्रमा आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा गर्नुपर्ने देखिएको छ। सत्ता गठबन्धनभित्रको नेकपा एसले उम्मेदवारी दिएका २० र अन्य ३ स्थानमा एमालेले आफ्नै दलका पूर्वनेताहरूसँग प्रतिस्पर्धा…
झापा, २६ असोज । प्रधानमन्त्री कार्यालयको दबाबमा राजस्व अनुसन्धान कार्यालय इटहरीबाट आठ ट्रक सुपारी छोडिएको छ। प्रहरीले राजस्व कार्यालयमा बुझाएको दुई महिनापछि सुपारी छाडिएको हो। मोरङ प्रहरीले साउन ५ मा पक्राउ गरेर ८ गते राजस्व अनुसन्धान कार्यालय इटहरीलाई ८ ट्रक सुपारी बुझाएको थियो। राजस्वले असोज १३ गते सुपारी छाडि दिएको हो। राजस्व विभागले प्रधानमन्त्री कार्यालयको दबाब थेग्न नसकेपछि इटहरी कार्यालयलाई पत्राचार गरेर सुपारी छाडिएको जानकारी दिइयो। कार्यालयका प्रमुख तीर्थराज खनालले राजस्व अनुसन्धान विभागले असोज १२ गते रोकिएका ट्रक गन्तव्यमा लैजान अनुमति दिनु भन्ने ब्यहोराको पत्र पठाएपछि छाडिएको जानकारी दिए । सुपारी छाड्न दबाबका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा केही राष्ट्रिय…
विश्वको सबैभन्दा अग्लो क्यास मेसिन चीन र पाकिस्तान बीचको खुञ्जेरब पास सीमामा ४,६९३ मिटरको उचाइमा अवस्थित छ । पछिल्ला केही दशकमा एटिएम विश्व प्रविधिको अभिन्न अंग बनेको छ तर ट्रेकिङ गरिरहेका बेला हिँउले ढाकेको पहाडका बीचमा एटिएम मेसिनको सायदै कसैले कल्पना गर्ला । तर पाकिस्तानको उत्तरी गिल्जिट–बाल्टिस्टान प्रान्तस्थित खुञ्जेरब पास बोर्डरमा विश्वको सबैभन्दा अग्लो पूर्ण रुपमा सञ्चालनमा आइरहेको एटिएम छ । नेशनल बैंक अफ पाकिस्तानले सन् २०१६ मा राखेको यो एटिएम मेसिन सौर्य र वायु ऊर्जाबाट सञ्चालित हुन्छ । यस्तो एकान्त ठाउँमा एटिएम मेसिन देखिनु साँच्चै नै असामान्य दृश्य हो । गिनिज बुक अफ वर्ल्ड रेकर्डले विश्वको सबैभन्दा अग्लो एटिएम…
झापा, २६ असोज । श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको चाप खुकुलो हुँदै गर्दा नेपालबाट श्रमका लागि विदेशिने नेपालीको सङ्ख्या पनि उल्लेख्य बढ्न थालेको छ । चालू आर्थिक वर्ष २०७९–८० को पहिलो दुई महिनामा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या अघिल्लो वर्षको सो अवधिको तुलनामा दोब्बरभन्दा बढीले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार गत साउन र भदौमा एक लाख ३९ हजार जनाले श्रम स्वीकृति लिएर विदेशिएका छन । २०७८ साउन र भदौमा ६१ हजार ४६८ जनाले मात्र श्रम स्वीकृति लिएका थिए । यसअनुसार यो साउन र भदौमा ७७ हजार ५३२ जनाले बढी हुन्छ । विभागका अनुसार गत भदौमा मात्रै ७६ हजार…
झापा, २६ असोज । नेकपा एमालेका पाँच केन्द्रीय स्तरका नेताका नाम पार्टी सदस्यतासमेत नरहने गरी हटाइने भएको छ । आफ्नै नेताविरुद्ध उम्मेदवारी दिएका र स्वतन्त्रको हैसियतमा उम्मेदवार बनेका एमाले केन्द्रीय सदस्यमा रहेका पाँच नेताको नाम अभिलेख बाटै हटाइने भएको हो । एमालेका दुई स्थायी कमिटी सदस्य र तीन केन्द्रीय समिति सदस्यले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीले टिकट नदिएपछि एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । पूर्वमाओवादी पृष्ठभूमिका एमाले स्थायी समिति सदस्य प्रभु साहले अन्तिम समय आएर पार्टीले दिएको टिकट लत्याएर स्वतन्त्र उम्मेदवार दिएका छन् । पार्टी अध्यक्ष केपी…