
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
द्रोण अधिकारीभद्रपुर, १९ असोज । नेपाली काँग्रेसको राजनीतिमा झापाबाट प्रभाव जमाइरहेका महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले प्रत्यक्ष निर्वाचनका लागि झापाबाट उम्मेदवारी दिने निश्चित भएपछि कार्यकता तथा शुभचिनतकहरू उत्साहित भएका छन् । काँग्रेस महामन्त्री शर्माले झापा क्षेत्र नम्वर १ बाट तथा पूर्व महामन्त्री सिटौलाले क्षेत्र नम्बर ३ बाट उम्मेद्वारी दिने निश्चित भएपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको हो । राष्ट्रिय राजनीतिमा प्रभावशाली नेताको छवि बनाएका शर्मा र सिटौलाले आफ्नो गृह जिल्ला झापामा आम कार्यकर्ताको भावना र चाहना अनुसरा प्रत्यक्ष तर्फ उम्मेद्वार बन्ने पक्का भएपछि काँग्रेस कार्यकर्तामा उत्साह बढेको छ । सकारात्मक विचार प्रवाह गरेर राष्ट्रिय राजनीतिमा उदाएका शर्मा परिवर्तनका…
झापा, १८ असोज । बडादसैंअन्तर्गत आश्विन शुक्ल नवमीको दिन आज महानवमी पर्व मनाइँदै छ। आजको दिनमा नवदुर्गामध्ये विशेष गरी सिद्धिदात्रीको आह्वान गरिन्छ । महानवमीमा गरिने दुर्गापूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। पशुबलि नदिनेले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन्। अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन…
झापा, १८ असोज (एजेन्सी) । टिभी स्टार किम कार्दसियन १२ लाख ६० हजार डलर जरिवाना गरिएको छ । आफ्नो इन्स्टाग्राम पेजमा इथेरियम म्याक्सको अवैधरुपमा प्रचार गरेको मुद्दामा उनलाई उक्त जरिवाना गरिएको हो । यूएस सेक्युरिटिज एण्ड एक्सचेन्ज कमिसनका अनुसार रियालिटी टीभी स्टार कार्दसियनले मानिसहरुसँग आफूलाई क्रिप्टोकरेन्सी इथेरियम म्याक्सको प्रचारको लागि २ लाख ५० हजार डलर पाएको कुरा लुकाएकी थिइन् । उनले मानिसहरुलाई भ्रममा पारेर यो क्रिप्टोकरेन्सीको प्रचार गरेको कमिसनको दाबी छ। किम कार्दसियन तीन वर्षसम्म क्रिप्टोसम्पत्तिसँग सम्बन्धित कुरालाई बढावा नदिन पनि सहमत भएकी छिन् । कार्दसियनका वकिलले बीबीसीसँग भने, ‘कार्दसियन यो मुद्दा सुल्झाउन पाएकोमा खुसी छिन् ।’
दुबई, १८ असोज । तीन वर्ष देखि सिजन मिडिया प्रालिले अन्तराष्ट्रिय स्तरमा प्रदान गर्दै आएको एसियन प्रोफेसनल अचिभमेन्ट अवार्ड २०२२ बाट नेपाल लगायत एसियन मुलुकका ११ जना गरी ३४ जनाले यस वर्षको प्रोफेसनल हात पार्न सफल भएका छन । देश तथा विदेशमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने विशेष व्यक्तिलाई प्रदान गरिने ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ सिजन मिडियाले दुबईको याक एन यति क्लबमा एक कार्यक्रमका बिच अवार्ड प्रदान गरेको हो । सिजन मिडियाले आफ्नो १४ औं स्थापना दिवस तथा संविधान दिवस २०७९ को अवसर पारेर प्रदान गरिएको अवार्ड युपिएफ एसिया प्यासिफिकका को चियर डा. रोबेट किट्टेल ( अमेरीकी ) पूर्व मन्त्री…
झापा, १८ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ आयोगमा पेस गरिएको उम्मेदवारको संशोधित बन्दसूचीमा सूचीकृतमध्ये २९ जना उम्मेदवारले उम्मेदवारी फिर्ताको लागि आयोगमा निवेदन दिएका छन् । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेका हुन् । प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टीका ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । त्यस्तै प्रदेशसभातर्फ उम्मेदवारी फिर्ता लिएकामध्ये प्रदेश १ का ६ जना, मधेशका २, बागमतीका १०, गण्डकी र लुम्बिनीका १/१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्।
भद्रपुर, १८ असोज । चाडपर्वको पूर्वाद्र्धमा भद्रपुर र चन्द्रगढीमा पहिलो चरणको बजार अनुगमन गरिएको छ । भद्रपुर नगरपालिकाकी उप–प्रमुख एवम् बजार अनुगमन समितिकी संयोजक राधा कार्कीको नेतृत्वमा भद्रपुरका १९ वटा र चन्द्रगढी बजारका १२ वटा पसलहरूमा अनुगमन गरिएको हो । सो अनुगमनका क्रममा चन्द्रगढीका एनएमसी र हङकङ डिपार्टमेन्टल स्टोरमा म्याद गुज्रेका अत्यधिक खाद्य र पेय पदार्थ भेटिनुका साथै काली मन्दिर पश्चिमको राजवंशी मिठाई पसलमा ढुसी परेका खाद्य परिकार पाइएको हुँदा जफत गरेर नष्ट गरिएको, मासु पसलमा सीसाले ढाकेर मासु राख्न भनिएको र सरसफाईमा ध्यान दिन सचेत गराइएको भद्रपुर नगरपालिकाका अधिकृत राजेन्द्र ढकालले जानकारी दिए । अनुगमन टोलीले झापा चोकको वीरेन्द्र…
नकुल काजी‘राजनीति’–को अनादि परम्परागत परिभाषाले त्यस शब्दलाई ‘नीतिहरूको राजा’–ले शोभित गरेको बुझिने चलन पनि अनादि नै हो । तर, त्यो परिभाषी–चक्र यो नितान्त वर्तमानमा उल्टो घुमिरहेको छ र ‘राजनीति’ शब्दको मौलिक स्वरूपलाई नै शतशः कुरूप बनाउँदै लगिएको छ ! अर्थात्, राजनीतिलाई पेशा–व्यवसायको पर्यायरूपमा बुझ्ने चलन सप्रिएर झाङ्गिदै गइरहेको क्रममा अहिले जालझेलरूपी भाला–बल्छीका अतिरिक्त भाडादारी खेतालेहरूको ठूलो भीड एवम् आर्थिक र पाखुरे बल समेतको प्रयोगले ‘लोक’–लाई तर्छाएर–बल्झाएर तिनको सहमति नामे करकापे स्वीकृति कुम्ल्याउने अनि राज्य–व्यवस्थाको शासकीय ओहदा हत्याएर आफू र आफ्नाहरूलाई वैभवी तुल्याउने बलियो माध्यम मात्रमा खुम्चिन बाध्य भएको छ –बबुरो ‘राजनीति’ ! ‘राजनीति’–को उपर्युक्त बमोजिम खेलोफर्काेको व्यवसायमा सम्पृक्त तत्वहरू नै…
एजेन्सी । टिभीको सबैभन्दा ठूलो र हिट रियालिटी शोको सुरुवात भएको छ । सलमान खानले प्रतियोगीलाई ग्रान्ड तरिकाले स्वागत गरिन्छ । बिग बसको घरमा यसपटक ब्युटी क्विन मान्या सिंहले एन्ट्री लिएकी छिन् । मान्या शोमा आफ्नो सपना पूरा गर्न आएको बताउँछिन् । उनले इमान्दारी र मेहनतले कुनै काम गर्दा त्यो पूरा हुने बताउँछिन् । मिस इन्डिया रनर अप मान्या सिंहले शोमा एन्ट्रीसँगै आफूले जीवनमा अत्यधिक मुश्किलको सामना गरेको बताइन् । मान्याले भनिन्, ‘मानिसहरुलाई लाग्छ कि मिस इन्डिया बनेपछि जीवन फेरिन्छ । धेरै पैसा पाइन्छ । तर वास्तवमा भन्नुपर्दा मिस इन्डिया रन अप बनेपछि मैले कुनै काम पाइनँ । २ वर्षपछि…
झापा, १७ असोज । बडादशैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गरेका छन् । त्यो शब्द भगवतीलाई मन परेनछ । अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ । महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेतवस्त्र धारण गरेकी…
झापा, १७ असार । दसैँ भित्रिएसँगै जिल्लाका विभिन्न स्थानमा सन्थाल मेला लाग्न सुरु भएको छ । मेलामा उनीहरुले मौलिक सांस्कृतिक नृत्यहरु रङ्गीचङ्गी पहिरनमा बाजा गाजासहित देखाउने गरेका छन् । सोही क्रममा आज कनकाई नगरपालिकास्थित कनकाई माध्यमिक विद्यालयको खेलमैदानमा बृहत् ‘कनकाई सन्थाल मेला’ सञ्चालन भएको छ । कनकाई खेलकुद प्रतिष्ठानले आयोजना गरेको मेलामा जिल्लाभरका सन्थाल समुदायको उपस्थिति रहेको छ । प्रतिष्ठानले प्रत्येक वर्ष फूलपातीका दिन आयोजना गर्दै आएको मेलामा यस वर्ष नृत्य प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा झापा र मोरङका गरी १८ वटा टिमले लोप हुन लागेको सन्थाल नृत्य प्रस्तुत गरेका छन् । दसैँको रमझमसँगै पूर्वी तराईमा सन्थालहरु मुरली, झ्याम्टा…