
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुरुङ्गा, २७ पुस । झापाको कनकाई नगरपालिकाले ३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा विविध कार्यक्रम गरेको छ । नगरले गत २०७८ फागुन ७ गते कनकाई नगर प्रवेश द्वारमा स्थापना गरेको पृथ्बीनारायण शाहको शालिक परिसरमा आज विविध कार्यक्रम गरेको हो । नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद एकराज कार्कीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत कनकाई–१ की वडा सदस्य निर्मला खड्काले गरेको कार्यक्रमको सञ्चालन वडा नं। ३ का वडाध्यक्ष युवराज चम्लागाईले गरेका थिए । प्रमुख अतिथि सांसद कार्की र नगर प्रमुख पोखरेलले पृथ्बी नारायण शाहको शालिकमा झण्डोत्तलन साथै शालिकमा माल्यर्पण गरेका थिए । त्यस्तै कार्यक्रममा श्री…
भद्रपुर, २७ पुस । झापा मेचीनगर नगरपालिका–७ स्थित निन्दा पुलमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक मेचीनगर–१ का ३३ वर्षीय सुसाहाङ नेम्वाङ रहेका छन् । मंगलबार राति पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे २ प ७०९२ नं. को मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको मे ५ प १९४३ नं. को मोटरसाइकलले आफैँ अनियन्त्रित भई पुलको रेलिङमा ठोक्किएर पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उक्त दुर्घटनामा मे २ प ७०९२ नं. को मोटरसाइकल चालक मेचीनगर–१० का ५३ वर्षीय सूर्य नारायण चौधरी घाइते भई एञ्जल मेडिकल धुलाबारीमा उपचार भइरहेको भने मे ५…
भद्रपुर, २७ पुस । झापाको अर्जुनधारा नगरपालिकामा श्रीमान्को लात्ती प्रहारबाट श्रीमतीको मृत्यु भएको छ । मंगलबार राति घरायसी विवादका क्रममा भोजपुर अरुण गाउँपालिका–१ घर भई अर्जुनधारा नगरपालिका–९ स्थित खरबन्दीमा डेरा गरी बस्दै आएका ३५ वर्षीय विश्वराज घिसिङले ३६ वर्षीया प्रमिला भुजेल घिसिङलाई लात्ती प्रहार गरेका थिए । खाना नपाएको भन्दै विश्वराजले प्रमिलाको पेटमा लात्ती प्रहार गरेको र घटनास्थलमै मृत्यु भएको जिल्ला झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो । विश्वराजलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
कनकाई, २७ पुस । कनकाई नगरपालिकाको आयोजनामा कनकाई नगर अस्पतालमा एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा २ सय १५ जनाले स्वास्थ्य लाभ लिएको स्वास्थ्य साखा प्रमुख खगेन्द्र दङ्गालले जानकारी दिनुभयो । कनकाई नगर अस्पतालमा मुटु तथा सुगर प्रेसर रोगीहरुलाई लक्षित गरेर एक दिने स्वास्थ्य शिविरको आयोजना गरिएको स्वास्थ्य शाखाका कर्मचारी नारायणप्रसाद अधिकारी बताउनुभयो । बिएण्डसी अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा आयोजित स्वास्थ्य शिविरमा २सय १५ जनाको मुटुको इसिजी र १सय १५ जनाको इको गरिएको स्वास्थ्य शाखा प्रमुख दङ्गाललेले जानकारी दिनुभयो । स्वास्थ्य शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर उमेशकुमार यादव सहितको १५ जना स्वास्थ्यकर्मी तथा…
दमक, २७ पुस । लापरबाहीका कारण नवजात शिशुको मृत्यु भएको भन्दै दमकको आम्दा अस्पतालमा मंगलबार आक्रोशित समूहले तोडफोड गरेको छ । आक्रोशित भीडले अस्पतालको प्रसूति गृहमा तोडफोड गर्नुका साथै त्यहाँका सिसी क्यामेरा फुटाएको अस्पताल प्रशासनले जनाएको छ । घटनालाई नियन्त्रणमा लिन प्रहरी नै पुग्नुपरेको थियो । इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार पाँचथरको तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का र उनकी श्रीमती रोशा कट्वाललाई आइतबार राति १०ः३० बजे शल्यक्रियामार्फत पुत्रलाभ भएको थियो । नवजात शिशुको अवस्था आज बिहानसम्म सामान्य रहेको तर अचानक बिहान ९ बजे शिशुमा समस्या देखिएपछि समयमै उपचार नहुँदा नवजात शिशुको मृत्यु भएको पीडित खड्काको…
झापा, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छिन् । पृथ्वीनारायण शाहको ३०१ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालिन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरिन् । “स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकारसम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालन गर्नसमेतका बहुआयामिक क्षेत्रमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भसामग्रीका रूपमा लिन सक्दछौं ।”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ । तत्कालिन समयमा छरिएर रहेका…
भद्रपुर, २७ पुस । लेखनाथ पुस्तकालय चन्द्रगढीले कवि शिरोमणी लेखनाथ पौड्यालको १ सय ३९ औं जन्मजयन्तीको अवसर पारेर विभिन्न साहित्यकारहरुलाई सम्मान गरेको छ । पुस्तकालयको सभाहल चन्द्रगढीमा साहित्यकार डा. रमेश घिमिरेको प्रमुख आतिथ्यतामा मंगलवार सम्पन्न कार्यक्रममा स्रष्टा सम्मानलगायतका विभिन्न कार्यक्रम गरी दिवस मनाईएको हो । सँधैझै यस बर्ष श्रीप्रसाद ओली स्मृति सम्मानबाट अर्जुनधारा निवासी साहित्यकार पुण्यप्रसाद खरेललाई नगद ५१ हजार १ सय ११ सहित प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । त्यसैगरी श्यामकृष्ण कामाक्ष साहित्य सम्मानबाट इलामको सूर्योदय नगरपालिका निवासी साहित्यकार नुरज भट्टराईलाई नगद १५ हजार १ सय ५, भक्तकिरण साहित्य सम्मानबाट बिर्तामोड निवासी तुलसीप्रसाद भट्टराई, चुडामणी रेग्मी झर्रो…
झापा, २७ पुस । झापासहित देशभर आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । प्रत्येक पुस २७ गते मनाइने पृथ्वीजयन्ती मनाइने गरिएको छ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ । विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो । पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार…
झापा, २७ पुस । नेपाल प्रहरीमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम तथा प्राविधिक विषयमा पदपूर्ति गरिने विभिन्न पदहरूको पाठ्यक्रम परिमार्जन गर्न लागिएको छ । प्रहरी प्रधान कार्यालयमा मङ्गलबार पाठ्याक्रम निर्माण तथा परिमार्जनसम्बन्धी छलफल भएको हो । जनपद तथा प्राविधिक प्रहरी समूहतर्फका विभिन्न पदहरूको पाठ्यक्रम निर्माण तथा परिमार्जन सम्बन्धमा छलफल भएको र वर्तमान आवश्यकतानुसारको पाठ्यक्रम परिमार्जन गरिने प्रहरीले जनाएको छ । पदपूर्ति समितिमा पाठ्यक्रम समयानुसार परिवर्तनका लागि अध्ययन गरी सुझाव दिन बनेको समितिले आफ्नो प्रतिवेदनसमेत बुझाएको समितिका सदस्य प्रहरी नायब महानिरीक्षक दीपक थापाले जानकारी दिए । विज्ञसहितको उक्त समितिले छ महिनाभन्दा बढी लगाएर अध्ययन गरी प्रतिवेदन बनाएको हो । मुख्यगरी प्राविधिक पदमा…
बिर्तामोड, २७ पुस । व्यस्त सडकको बीचमा यात्रुलाई सडक पार गर्न सहजताको लागि जेब्राक्रस निर्माण गरिन्छ । दुर्घटनालाई कम गर्न यसले मद्दत गर्छ । जेब्राक्रस निर्माण गरिएको स्थानबाट पैदलयात्रुले सडक पार गर्नुपर्ने हुन्छ । सवारी चालकहरूले समेत जेब्राक्रसबाट यात्रुले सडक पार गर्दै गरेको अवस्थामा सवारी साधन रोक्नुपर्छ । पूर्वको व्यापारिक केन्द्रको रुपमा परिचित झापाको बिर्तामोडमा चोकबाट पूर्व र पश्चिमतर्फ जाने तथा बजार क्षेत्रतिर आउने सडकमा जेब्राक्रस बनाइएको छ । जेब्राक्रस बनाइए पनि यात्रुले त्यसको प्रयोग गरेका छैनन् । यात्रुहरू जेब्राक्रसबाट बाटो नकाटेर नजिकैबाट मनलाग्दी बाटो काटिरहेका देखिन्छन् । यात्रुहरूकै सहजता र सुरक्षाका लागि बनाइएको जेब्राक्रस किन प्रयोग नगरेको भन्दा जेब्राक्रसबारे…