झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २६ पुस । ३२ औ प्याब्सन दिवशको अवसर पारेर झापा प्याब्सनले भद्रपुरमा सञ्चालन गरेको जिल्ला स्तरीय बृहद साँस्कृतिक प्रतियोगिता सम्पन्न भएको छ । पौष २४ र २५ गते गरी दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा जिल्लाका १५ पालिकाबाट उत्कृष्ट भएका गीत तथा नृत्य बीच प्रतिष्पर्धा गर्दै महानायक राजेश हमालको विशेष प्रस्तुति सहित साँस्कृतिक कार्यक्रम सम्पन्न भएकोे हो । कार्यक्रमलाई सम्बोधन गर्दै महानायक हमालले प्रजातन्त्रको पुनःस्थापनपछि नेपालको शिक्षाले उन्नतशील हुने अवसर पाएको भन्दै यस वातावरणका लागि निजी लगानीमा सञ्चालित विद्यालयहरूको योगदान अविस्मरणीय रहेको बताए । उनले नेपालको समृद्धिका लागि शिक्षा नै पहिलो आधार रहेको तर्क गर्दै सरकारी र निजी भन्दै शिक्षालाई…

Read More

भद्रपुर, २५ पुस । झापाको कनकाई नगरपालिकास्थित कनकाई नगर अस्पतालमा निःशुल्क मुटुरोग विशेषज्ञसहितको स्वास्थ्य शिविर हुने भएको छ । मंगलबार (भोलि) कनकाई नगर अस्पताल परिसरमा एक दिने निःशुल्क निःशुल्क मुटुरोग विशेषज्ञसहितको स्वास्थ्य शिविर हुने भएको हो । बिएण्डसी अस्पताल बिर्तामोडको प्राविधिक सहयो‌ग तथा कनकाई नगर‌पालिकाको‌ आयो‌जनामा मुटुरोे‌ग परीक्षण तथा उपचार‌ सम्बन्धी निःशुल्क ईसीजी तथा इको‌ जाँचसहितको‌ विशे‌षज्ञ शिविर‌ हुन लागेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । बिहान १०ः३० दे‌खि ४ः०० बजे‌सम्म हुने शिविरबाट नगरबासी एवम् सम्पूर्र्ण मुटुरोग सम्बन्धी समस्या भएकाहरुले लाभ लिन नगरप्रमुख पोखरेलले आग्रह गर्नुभयो ।

Read More

झापा, २५ पुस । सरकारले पृथ्वी जयन्तीको दिन २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सत्ता साझेदार दल राप्रपाले २७ पुसलाई राष्ट्रिय एकता दिवसको मान्यता दिएर सार्वजनिक बिदा दिन माग गर्दै आएको थियो । सत्ता साझेदार दलहरूको न्यूनतम साझा कार्यक्रममा पनि २७ पुसमा सार्वजनिक बिदा दिने उल्लेख थियो । सो न्यूनतम साझा कार्यक्रमलाई सोमबारकै मन्त्रिपरिषद् बैठकले पारित गरेको छ ।

Read More

भोजपुर, २५ पुस । भोजपुरको षडानन्द नगरपालिका–६ स्थितबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा षडानन्द नगरपालिका–६ का ६७ वर्षीय कुमार चाम्लिङ रहेका छन । हिजो बेलुकी ४ बजे चाम्लिङले कटुवा पेस्तोल देखाई स्थानिय ब्यक्तिलाई धाक धम्कि दिई रहेको भन्ने सुचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दिङ्लाबाट प्रहरी निरीक्षक गोबिन्द बस्नेतको कमाण्डमा खटिएको प्रहरी टोलीले चाम्लिङलाई कटुवा पेस्तोल सहित पक्राउ गरेको हो । पेस्तोल सहित पक्राउ परेका चाम्लिङको जिल्ला प्रहरी कार्यालय भोजपुरबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

कनकाई, २५ पुस । झापाको कनकाई नगरपालिका–८ का २७ घरपरिवारलाई जग्गाधनी पुर्जा वितरण गरिएको छ । वर्षौंदेखि भोगचलन गर्दै आइरहे पनि धनीपुर्जाविहीन २७ घरपरिवारलाई जग्गाको धनीपुर्जा वितरण गरिएको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभयो । जग्गा धनीपुर्जा २० जनालाई सुकुम्वासीका रुपमा निःशुल्क र ७ जनालाई अव्यवस्थित बसोबासीका आधारमा केहि शुल्क लिएर धनीपुर्जा वितरण गरिएको कनकाई नगरप्रमुख पोखरेलले बताउनुभयो । जग्गाधनीलाई राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौला, जिल्ला अध्यक्ष तिलक पाण्डे, नगरप्रमुख पोखरेल, उपप्रमुख आशा शर्मा शिवाकोटी वडा न ३ अध्यक्ष युव राज चौलागाईं, वडा न ४ का अध्यक्ष रोषन राज सुवेदी, वडा न ५ काअध्यक्ष कृष्णबहादुर राई, वडा न ७…

Read More

मोरङ, २५ पुस । मोरङको धोबेनमा महिलाहरूले चलाएको सहकारीको मूल ढोकाको ताला फुटाएर चोरी भएको छ । शुक्रबार राती मिक्लाजुङ गाउँपालिका–३ धोबेनमा रहेको चुरेफेदी महिला बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ताले जम्मा गरेको ३४ लाख रुपैयाँ निक्षेप चोरी भएको हो । घटना शंकास्पद देखिएपछि प्रहरीले १ जना कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीले सहकारीको आर्थिक कारोबार हेर्ने कर्मचारी मेनुका नेपाली (शिवा) लाई नियन्त्रणमा लिएको हो । घटनामा उनको संलग्नता यकिन भइनसकेको प्रहरीले जनाएको छ । प्रहरीले सहकारीकी अध्यक्ष मीना कार्की, प्रबन्धक प्रकाश खनालसहित अन्य पदाधिकारी र कर्मचारीमाथि पनि सोधपुछ गर्ने काम भइरहेको जानकारी दिएको छ । प्रारम्भिक…

Read More

बिर्तामोड, २५ पुस । विद्युतीय माध्यम सम्बद्ध ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भारत दार्जीलिङ ठेगाना भएका ४० वर्षीय मोहम्मद हाकिम र झापा मेचीनगर नगरपालिका–८ बस्ने ३७ वर्षीया बिममाया मगरलाई प्रहरीले पक्राउ गरेको छ । पीडितको फेसबुक म्यासेन्जरमा आफू सिरियामा कार्यरत अमेरिकन आर्मी हुँ भन्दै प्रलोभनमा पारी डलर र उपहार पठाई दिएको छु रिसिभ गर्नुहोला भनी उपहार पठाएको जस्तो भान पर्ने गरी सो को भर्पाई पठाएको र पीडितले रकम आवश्यक छैनभन्दा उल्टै मनी लन्ड्रिङमा फस्नु भइसक्यो भन्ने धम्की दिएको बताइएको छ । यदि सोबाट छुट्कारा पाउन चाहनुहुन्छ भने तपाईको वाट्सएप नम्बरमा आएको बैंक खातामा रकम जम्मा गरीदिनु भनी डर त्रासमा…

Read More

झापा, २५ पुस । इलामको रोङ गाउँपालिकाले पहिलोपटक गुन्द्रुक सिंकी ब्राण्डिङ्ग कार्यक्रम शुरु गरेको छ । स्वीस सरकारको सहयोगमा नेपाल कृषि बजार विकास कार्यक्रमको ३४ लाख ४५ हजार, देवनछाप साना किसान कृषि सहकारी संस्थाको १५ लाख ८० हजार र रोङ गाउँपालिकाको १७ लाख ६० लाख हजार गरी ६७ लाख ८५ हजार रुपैयाँको लागतमा सो कार्यक्रम शुरु गरिएको हो । कार्यक्रमका लागि रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवास, देवनछाप साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष बमबहादुर राई र नेपाल कृषि बजार विकास कार्यक्रमका प्रतिनिधि विष्णुकाफ्लेबीच संझौता भएको छ । परीक्षणका लागि यस वर्ष रोङ गाउँपालिका वडा नं ५ मा गुन्द्रुक सिंकी…

Read More

झापा, २४ पुस। नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३÷३ रुपैयाँ घटाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य १७२ रुपैयाँ कायम भएको छ । निगमले बाह्य हवाई इन्धनको मूल्य प्रतिलिटर ३० रुपैयाँ घटाएको छ भने आन्तरिक इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ घटाएको छ । अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य १७० रुपैयाँ कायम भएको छ ।खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको निगमले…

Read More

भद्रपुर, २५ पुस । झापाको भद्रपुर नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक युवा पक्राउ परेका छन् । आइतबार भद्रपुर–४ बाट सोही स्थानका २२ वर्षीय महमद सवर अन्सारी लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई लागुऔषधि नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा १६ ग्राम ६०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको थियो । उनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच, इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–७ स्थित २३ वर्षीय ओम पोर्तेललाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागूऔषध…

Read More