
भद्रपुर, २५ पुस । झापाको कनकाई नगरपालिकास्थित कनकाई नगर अस्पतालमा निःशुल्क मुटुरोग विशेषज्ञसहितको स्वास्थ्य शिविर हुने भएको छ ।
मंगलबार (भोलि) कनकाई नगर अस्पताल परिसरमा एक दिने निःशुल्क निःशुल्क मुटुरोग विशेषज्ञसहितको स्वास्थ्य शिविर हुने भएको हो । बिएण्डसी अस्पताल बिर्तामोडको प्राविधिक सहयोग तथा कनकाई नगरपालिकाको आयोजनामा मुटुरोेग परीक्षण तथा उपचार सम्बन्धी निःशुल्क ईसीजी तथा इको जाँचसहितको विशेषज्ञ शिविर हुन लागेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो ।
बिहान १०ः३० देखि ४ः०० बजेसम्म हुने शिविरबाट नगरबासी एवम् सम्पूर्र्ण मुटुरोग सम्बन्धी समस्या भएकाहरुले लाभ लिन नगरप्रमुख पोखरेलले आग्रह गर्नुभयो ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



