
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
विराटनगर, २४ पुस । पूर्वी क्षेत्रमा रही अध्यात्म एवम् तपस्या तथा ज्ञानको साधनामा सक्रिय घनश्याम पोखरेलको स्मृति–ग्रन्थ लोकार्पण भएको छ । पोखरेलको आदर्श जीवन–चरित्र तथा प्रेरणादायी व्यक्तित्वलाई प्रकट गर्ने उद्देश्यले ‘पण्डित श्री घनश्याम पोखरेल स्मृति–ग्रन्थ’ प्रकाशित भएको हो । उक्त स्मृति–ग्रन्थको शनिबार प्रदेश नं. १ का प्रमुख परशुराम खापुङले लोकार्पण गर्नु भएको हो । श्री घनश्याम पोखरेल स्मृति प्रतिष्ठानद्वारा आयोजित कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख खापुङले ग्रन्थ लोकर्पण गर्दै यस्ता ग्रन्थले व्यक्तिको इतिहास जीवित हुने बताउनुभयो । प्रतिष्ठानले देश विदेशका विशिष्ट विद्वान्हरूका लेखहरू समेटेर उक्त स्मृति–ग्रन्थ प्रकाशित गरेको हो । सो अवसरमा प्रतिष्ठानले सुनसरीको चतराधाममा रहेर वैदिक सनातन धर्मको संरक्षण…
सुरुङ्गा, २४ पुस । आत्रेय गोत्रीय बगाले थापाको कनकाई नगर भेलाले मनोरथ थापाको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । समितिको उपाध्यक्षमा दुर्गा थापा, सचिवमा डाक्टर गृशा रावल थापा, सहसचिव विनोद थापा र कोषाध्यक्षमा जीवन थापा रहनुभएको छ । यसैगरि सदस्यहरुमा प्रेम थापा, रुद्रबहादुर थापा, ज्ञानेन्द्र थापा, मनिका थापा, विष्णु थापा, कृष्ण थापा, राजन थापा, टेकबहादुर थापा रहनुभएको छ । कनकाई नगरपालिकास्थित हरिकुल नमुना उच्च माविको सभाहलमा भएको कार्यक्रममा दमक नगरपालिकाका प्रमुख तथा बगाले थापाका जिल्ला अध्यक्ष राम थापाको प्रमुख आतिथ्यता तथा बगाले थापाका प्रारम्भिक समिति अध्यक्ष साजन थापाको सभापतित्वमा भएको कार्यक्रममा उक्त समिति गठन गरिएको हो । नव गठित…
बिर्तामोड, २३ पुस । झापाको बिर्तामोडस्थित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको १० औं साधारणसभा सम्पन्न भएको छ । गत पुस ४ गतेदेखि २१ गतेसम्म सात वटा इकागत साधारणसभाबाट शुरु भएको संस्थाको आज अन्तिम माइन्युटर प्रमाणिकरण भेलासँगै साधारणसभा सम्पन्न भएको हो । संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य बन्दना झाँगडको प्रमुख आतिथ्य रहेको थियो । वार्षिक प्रगति प्रतिवेदन प्रस्ततु गर्दै संस्थाका अध्यक्ष दंगालले संस्थाका सबै शेयर सदस्यको सामुहिक योगदानको प्रतिफल स्वरुप संस्था वर्तमान अवस्थासम्म आइपुगेको बताउनुभयो । “सबै शेयर सदस्यहरुको सामुहिक योगदानले आज संस्था यो अवस्थासम्म आइपुगेको छ”, अध्यक्ष दंंगालले भन्नुभयो, “म उहाँहरुप्रति नमन गर्दछु ।”…
बिर्तामोड, २३ पुस । झापाको बिर्तामोडस्थित सुनकोशी बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । झापाको बिर्तामोड–१ मा मुख्य कार्यालय रहेको संस्थाले शनिवार बिर्तामोडमा साधारणसभा सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष गंगाराम ओडारीको अध्यक्षतामा भएको साधारण सभामा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो । स्वागत संस्थाकी उपाध्यक्ष रञ्जु बरालले गरेको कार्यक्रममा प्रमुख अतिथि प्रसाई, बिर्तामोड नगर सहकारी अधिकृत डिल्ली दाहाल, जिल्ला सहकारी संघ झापा सदस्य केशवप्रसाद बस्नेत, झापा जिल्ला बचत संघका बरिष्ठ उपाध्यक्ष उपेन्द्रप्रसाद ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका सचिव कमल पराजुलीले गरेका थिए । शुभकामना मन्तव्यका क्रममा…
कनकाई, २३ पुस । झापाको कनकाई नगरपालिकास्थित कनकाई सामुदायिक वनको २४ औं साधारणसभामा सञ्चारकर्मी चुडामणि तिम्सिना (सीएम शर्मा) सहित दर्जनौं सम्मानित भएका छन् । ठोस खबर डट कमका सम्पादक तिम्सिनाले सञ्चारमाध्यमबाट वन क्षेत्रको संरक्षण, सम्बद्र्धन र विकासमा पुर्याएको सहयोगको मुल्यांकन गर्दै वन समुहले तिम्सिनालाई नगदसहित सम्मान गरेको हो । त्यसैगरी कार्यक्रममा वन समुहका कर्मचारी मोतीबहादुर मगरलाई उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गरियो । त्यस्तै, उत्कृष्ट नतिजा तथा जेहन्दार विद्यार्थीतर्फ रिजन सुवेदी, अनुषा राई , रोषन (प्रनिषबाबु), निरुपणा प्रसाईं, निर्मला रिजाल, विमर्श दाहाललाई प्रोत्साहन स्वरुप नगद पुरस्कार र सम्मान पत्र प्रदान गरिएको छ । त्यसै गरि फरक क्षमता भएका मोहन बहादुर गुरुङ,…
भद्रपुर, २३ पुस । झापाको बिर्तामोडस्थित गोमेन्द्र बहुमुखी महाविद्यालयमा आगामी शैक्षिक सत्रदेखि एमबीए र एमसीए–आइटीको अध्यापन हुने भएको छ । महाविद्यालयले आज पत्रकार सम्मेलनको आयोजना गरी पूर्वाञ्चल विश्वविद्यालयले एमबीए र एमसीए–आइटीको अध्यापनको अनुमति दिएकाले आगामी शैक्षिक सत्र २०७९÷०८० देखि अध्यापन हुने जनाएको छ । कलेजका प्राचार्य डा.रुपक खनालले साविक मेची अञ्चलमै पहिलो पटक झापामा स्नातकोत्तर तहको एमबीए र एमसी–आइटीको अध्यापन हुने लागेको बताए । उक्त दुई तहको शिक्षा लिनका लागि विराटनगर, काठमाडौं र विदेश जानुपनेर् बाध्यता अन्त्य भएको छ । स्नातकोत्तर तहको विभागीय प्रमुखमा प्रा.डा. पृथ्वीविक्रम राई रहेका छन् भने एमबीएतर्फ बिमल राजवंशी र एमसीएतर्फ सुनिल शर्मा रहेका छन् । अन्य फ्याकल्टी मेम्बरहरु समेत…
भद्रपुर, २३ पुस । विराटनगरमा रहेको सास्थम कलेजको आयोजनामा बिर्तामोडमा बिबिए र बिएचएमका बिद्यार्थीलाई एक दिने अभिमूखीकरण कार्यक्रम सम्पन्न गरिएको छ । सास्थमले बिबिए र बिएचएम का प्रदेश नं. १ का बिद्यार्थीलाई लक्षित गरेर बिर्तामोडको सिद्धार्थ होटलमा अभिमूखीकरण तालिम दिएको हो । बि एच एम –१०० र बिबिए ८० जना विद्यार्थी सहभागी भएको कलेजका बि एच एम कार्यक्रम संयोजक शैलेन्द्र गणेश र बिबिए कार्यक्रम संयोजक बिनय केसी ले सहजीकरण गरेका थिए । बिद्यार्थीलाई उत्प्रेरणा, अनुशासन, होटल म्यानेजमेन्ट, व्यवस्थापन संकाय र टुरिजमको बिषयमा क्याम्पका कार्यकारी निर्देशक रोशन थापाले विद्यार्थीलाई बताएका थिए । प्रिन्सिपल देबराज श्रेष्ठको अध्यक्षतामा भएको अभिमूखीकरणको उद्घाटन एमएटी कलेजका…
भद्रपुर, २३ पुस । भद्रपुर स्थित मेची रङ्गशालामा फागुनबाट हुन लागेको भद्रपुर झापा गोल्ड कप प्रतियोगिता सफलता पूर्वक सम्पन्न गराउन प्रेस क्लब भद्रपुरले सञ्चारकर्मी तथा संञ्चार संस्थासित सहयोगका लागि अपील गरेको छ । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा सम्पन्न बैठकले भद्रपुर नगर क्षेत्रको पहिलो आयोजनामा सम्पन्न हुने गोल्ड कपको सफलताका लागि सञ्चार क्षेत्रबाट निस्वार्थ सहगोग गर्न सवै सञ्चारकर्मी तथा सञ्चार संस्थालाई अपील गर्ने निर्णय गरेको हो । बैठकले खेल क्षेत्रको उन्नति समग्र भद्रपुरको उन्नतिसित गाँसिएको ठहर गर्दै मेची रङ्गशालाको स्तरीकरणका लागि पनि सो गोल्ड कप अविस्मरणीय रहेकाले सवै सञ्चार जगतको सहयोग अनिवार्य भएको उल्लेख गरिएको छ ।
बिर्तामोड, २३ पुस । पत्रकारिता सम्बन्धी दुई दिने अन्तरक्रियात्मक प्रशिक्षण शनिबार बिर्तामोडमा शुरु भएको छ । यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं। १ को आयोजना र नेपाल पत्रकार महासंघ झापा शाखाको सहकार्यमा बिर्तामोडस्थित होटल हेवनमा शुरु भएको प्रशिक्षणमा ४० जना सञ्चारकर्मीको सहभागिता रहेको छ । मन्त्रालयका महाशाखा प्रमुख गौतमराज अमात्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष अग्रज पत्रकार भीम नेम्वाङले गरेका थिए । प्रमुख अतिथि नेम्वाङले पत्रकारितामा संलग्नहरुले अध्ययन, खोज अनुसन्धानमा विशेष अभिरुची राख्नुपर्ने र प्रविधिमा अब्बल हुनुपर्नेमा जोड दिए ।पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रशिक्षणका विषयमा प्रष्ट्याउँदै सक्रिय पत्रकारलाई आगामी…
बिर्तामोड, २३ पुस । हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा भवानीप्रसाद दंगाल सर्वसम्मत रुपमा चयन भएका छन् । बिर्तामोडमा मुख्य कार्यालय रहेर झापा, इलाम र मोरङ जिल्लामा कार्यक्षेत्र विस्तार गरेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन गरेको हो । संस्थाको १०औं साधारणसभा अन्तर्गत नयाँ नेतृत्व चयनका लागि गठित निर्वाचन समितिको प्रयासबाट सर्वसम्मत नेतृत्व चयन भएको जनाइएको छ । उम्मेदवारी मनोनयनका लागि तोकिएको बुधबार अपरान्ह ३ देखि ५ बजेको समयमा संस्थाको सबै पदहरुमा आवश्यकता अनुसारको संख्यामा मात्र उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक डिल्ली दाहालले जानकारी दिए । उम्मेदवार माथि दाबीविरोध एवम् मनोनयन फिर्ताको…