
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ४ मंसीर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लुम्बिनी लायन्स र चितवन राइनोज खेल्दै छन् । लुम्बिनी मैदानमा रोहित पौडेलको कप्तानीमा र चितवन कुशल मल्लको नेतृत्वमा प्रतिस्पर्धा गर्दैछन् । पहिलो खेलमा कर्णाली याक्सलाई ४ विकेटले हराएको चितवन गति कायम राख्दै प्लेअफ पुग्ने लक्ष्यमा छ । लुम्बिनी सुखद् सुरूआत गर्न चाहन्छ । गत संस्करणमा लुम्बिनीले सातमध्ये एक खेलमात्र जितेको थियो । चितवन राइनोज गत संस्करण प्लेअफसम्म पगेको थियो । गत संस्करणको लिग चरणमा चितवनविरुद्ध लुम्बिनी ३३ रनले विजयी भएको थियो । आज उक्त हारको बदला लिने दाउमा चितवन रहनेछ भने लुम्बिनी अर्को जित हात पार्ने लक्ष्यमा छ ।
झापा, ४ मंसीर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने छ । आज बिहान ५ः४५ बजे यहाँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन…
झापा, ३ मंसीर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएको दुई थान हतियार प्रहरीले फेला पारेको छ । इलाका प्रहरी कार्यालय दमक झापा तोडफोड आगजानी तथा प्रहरीको हातहतियार लुटपाट गरी फरार रहेका व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा विषेश सूचनाको आधारमा मंगलबार झापाको दमक नगरपालिका–६ बाट पाँचथर मिक्लाजुङ गाउँपालिका–३ का २२ वर्षीय सुशील फियाक लिम्बूलाई प्रहरीले पक्राउ गरेको थियो । सोधपुछ गर्दा उनले हतियारहरु पाँचथर मिक्लाजुङ–३ आरुबोटे लामागाउँस्थित ओडारमा लुकाई छिपाई राखेको बताएका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरसँग समन्वय गरी प्रहरी टोली त्यसतर्फ खटिएको थियो । सुशीलले दिएको बयानका आधारमा खोज तलास गर्दा सिरियल नम्बर…
झापा, ३ मंसीर । आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी झापाको अर्जुृनधारा जलेश्वरधामसहित देशभरका शिवालयहरुमा दिवंगत पितृको सद्गतिको कामना गरी शतबीज छरेर मनाइँदैछ । मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले आज ९बुधबार० बिहानै दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरेर बालाचतुर्दशी पर्व मनाउँदैछन् । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन भक्तजन जलेश्वर मन्दिरमा आउने गरेका छन् । बिभिन्न स्थानबाट आएका श्रद्धालु भक्तजनको बुधबार बिहानैदेखि जलेश्वर मन्दिरमा भीड लागेको छ । उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो…
बिर्तामोड, ३ मंसीर । झापाको मेचीनगर नगरपालिका–७ स्थित इटाभट्टाकी एक महिला करिब १० दिन अघिदेखि बेपत्ता भएकी छिन् । बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल रंगाशाला छेउ माइती घर भएकी ३२ वर्षीया बिमला राजवंशी इटाभट्टास्थित घरबाट गत कार्तिक २२ गते शनिवारदेखि वेपत्ता भएकी हुन् । बिमलाका श्रीमान ३३ बर्षीय सुवोध राजवंशी हाल वैदेशिक रोजगारको सिलसिलामा दुबईमा रहेका बिमलाका बुबा भीमबहादुर राजवंशीले जानकारी दिए । उनका अनुसार ज्वाई करिव २ बर्षअघि वैदेशिक रोजगारीका लागि दुबई गएका हुन् । बिमला र सुवोधका १५ बर्षीया छोरी हर्षिका र १० बर्षीय छोरा मनिष छन् । गत कार्तिक २२ गते शनिवारका दिन बिहान ८ बजे ब्यूटीपार्लर जान्छु…
ताप्लेजुङ, ३ मंसीर । मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा गए राति आगलागी हुँदा चार घर जलेका छन् । गाउँपालिका उपाध्यक्ष डण्डु लामा शेर्पाका अनुसार इन्द्रकुमार साँवा, राजकुमार साँवा, अनिल साँवा र विष्णु साँवाका घर जलेका हुन् । चारवटै घरमा भण्डारण गरिएका खाद्यान्नलगायत अन्य सामग्री जलेका छन् । पीडितका एकसरो लत्ताकपडाबाहेक सबै खरानी भएका उनले बताए । जिल्ला प्रहरी कार्यालयले क्षतिको विवरण सङ्कलन थालेको छ ।
झापा, २ मंसीर । झापाको भद्रपुर नगरपालिका-५ बाट आज साँझ लागू औषध सहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०१-१५ प ५३३ नं. मो.सा.लाई शंका लागेर चेकजाँच गर्दा हल्दीबारीका दुई युवा लागू औषध सहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा हल्दिबारी गाउँपालिका २ का मोटरसाइकल चालक राममढी र धनबहादुर वन रहेका छन् । मोटरसाइकलको बीचमा चिनीको पोकाभित्र लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ३ ग्राम ८३० मिलिग्राम बरामद गरिएको छ । दुबै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको…
झापा, २ मंसीर । प्रहरीले छिटोछरितो राहदानी बनाइदिने भन्दै विचौलियाको काम गर्ने र दुःख दिने गरेको अभियोगमा आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथर फाल्गुनन्द गाउँपालिका–४ का २६ वर्षीय सञ्जय आङ्देम्बे, काठमाडौँ, शङ्खरापुर–६ का ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–३ का २५ वर्षीय प्रेमबहादुर लामा, सोही ठाउँकी १८ वर्षीय भगवान तामाङ, सुर्खेत बराहताल गाउँपालिका–१० का २९ वर्षीय टेकबहादुर सुनार, दोलखा भिमेश्वर–२ का ३० वर्षीय साजन श्रेष्ठ, रामेछाप रामेछाप नगरपालिका–५ का ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–३ का ३८ वर्षीय जीवन लामा रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी…
झापा, २ मंसीर । झापा गाउँपालिकाबाट आज लागुऔषधसहित एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । झापा–५ खाताबस्ति स्थितमा सप्रबल बिओपि पन्तापाडाबाट खटिएको चेक प्वाईन्ट टोलीले भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको जिल्ला कमल गाउँपालिका–३ कर्खाका २८ वर्षीय दिलिपकुमार भुजेललाई पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा उनकोको साथबाट प्लाष्टिकले पोका पारी लुकाई छिपाई ल्यादै गरेको लागु औषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ प्लाष्टिक बाहेक ८ ग्राम ३७ मिलिग्राम बरामद गरिएको थियो । उनलाई थप अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा राखिएको छ ।
झापा, २ मंसीर । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलाको रू तीन हजार आठ सय र चाँदीको मूल्य तोलामा रू ६५ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३९ हजार ५०० र चाँदी प्रतितोला रू तीन हजार ९० मा खरिदबिक्री हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रति औंस चार हजार १७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।