
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कनकाई, २० कात्तिक । झापाको कनकाई नगरपालिकामा एक दिने लागूऔषध दुव्र्यसन रोकथाम सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कनकाई नगरपालिकाको आयोजना तथा लागू औषध दुव्र्यसन रोकथामा अभियान नेपालको सहकार्यमा सुरुङ्गामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा स्वागत नगर उपप्रमुख आशा शर्मा शिवाकोटीले गर्नुभएको थियो । पूर्व एसएसपी बसन्तराज कुँवरले प्रशिक्षण दिएको कार्यक्रममा नगरका जनप्रतिनिधि, नगरका शाखा प्रमुख, आमा समुह, राजनीतिक दल, बिद्यालयका प्रधानाध्यापक,विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको बिद्यार्थीलगायतको सहभागीता रहेको थियो । उद्घाटन कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपाने, गृहमन्त्रालयका विश्वामित्र कुईकेल, प्रहरी नायव निरिक्षक रुगमबहादुर कुँवरलगायतको उपस्थिति…
बिर्तामोड, २० कात्तिक । नेपाल दशनामी समाजका प्रदेश सह–सचिव, बिर्तामोड नगर सल्लाहकार तथा सामाजिक ब्यक्तित्व पदमबहादुर पुरी (प्रकाश) ले समाजलाई २६ हजार रुपैयाँ प्रदान गरेका छन् । पुरीले नगर समितिको कोषलाई कोष स्थापनाका लागि घोषणा गरेको २६ हजार रुपैयाँको चेक समाजका नगर अध्यक्ष अर्जुन गिरीलाई शनिवार हस्तान्तरण गरेका हुन् । समाजका बिर्तामोड नगर अध्यक्ष अर्जुन गिरीको अध्यक्षतामा बसेको बैठकमा समाजका प्रदेश सह–सचिव पुरीको प्रमुख आतिथ्य रहेको थियो । बन्धुहरुका लागि गठन भएको समाजमा सवैलाई एकताबद्ध गर्ने र समस्या पर्दा थोरै भएपनि सहयोग पुर्याउने उदेश्यले कोष स्थापना गरिएको हो । समाजले बन्धुहरुमा आइपर्ने समस्या सामाधन गर्न जोड दिदै आएको छ ।…
झापा, २० कात्तिक (एजेन्सी) । रुसको कोस्ट्रोमा शहरको नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । एक व्यक्तिले छतमा फ्लेयर बन्दुक हानेपछि बार, रेस्टुरेन्ट र ठूलो डान्स फ्लोरमा भएको मनोरञ्जन स्थलमा स्थानीय समयअनुसार शनिबार दिउँसो २ बजे आगलागी भएको तास समाचार संस्थाले जनाएको छ । मस्कोबाट करिब ३०० किलोमिटर (१९० माइल) उत्तरपूर्वमा पर्ने कोस्ट्रोमाका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै उक्त समाचार संस्थाले रिपोर्ट गर्यो, ‘कोठा द्रुत रूपमा धुवाँले भरिन थाल्यो र बाहिर निस्कने ठाउँ देख्न गाह्रो भयो। त्यहाँ सर्वसाधारण आतंकित बनेका थिए ।’ आगलागीबारे थप अनुसन्धान सुरु भएको प्रहरीले जानकारी दिएको छ ।
झापा, २० कात्तिक । आर्थिक वर्षाको साढे तीन महिना बितिसक्दासमेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजश्व उठाउन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर १८ दिन नाघिसक्दा पनि सरकारले राजश्व लयमा ल्याउन नसकेको हो । सरकारले १८ कात्तिक शुक्रबारसम्म २ खर्ब २८ अर्ब २ करोड २९ लाखमात्र राजश्व उठाउन सकेको छ । यो अवधिमा ३ खर्ब ९ अर्ब ३८ लाख ५६ हजार रुपिया खर्च भइसकेको छ । आन्तरिक महालेखा परीक्षक कार्यालयका अनुसार हालसम्म गरेको कुल आम्दानी २ खर्ब ५४ अर्ब ७८ करोड ५२ लाख छ । यो भनेको खर्चको तुलनामा ५४ अर्ब ६० करोड ४ लाखले…
झापा, २० कात्तिक । विश्वव्यापी जलवायु परिवर्तनमा अत्यन्त न्यून मात्र भूमिका रहेको नेपालले अर्थतन्त्रमा भने नराम्रो क्षति बेहोर्नुपर्ने देखिएको छ। जलवायु परिवर्तनबाट सिर्जित जोखिमको न्यूनीकरण हुन नसके मुलुकको अर्थतन्त्र त्यसको चपेटामा पर्ने प्रक्षेपण गरिएको छ। विश्व बैङ्कले केही समयअघि सार्वजनिक गरेको नेपालको जलवायु तथा विकाससँग सम्बन्धित प्रतिवेदनले सन् २०५० सम्म मुलुकले अर्थतन्त्रमा ७ प्रतिशतसम्म क्षति बेहोर्ने उल्लेख गरेको हो । यद्यपि यो प्रक्षेपण अत्यन्त निराशाजनक अवस्थामा हो। प्रतिवेदनअन्तर्गत जलवायु परिवर्तन र त्यसको प्रभावसम्बन्धी शीर्षकमा अर्थतन्त्रले बेहोर्ने क्षतिलाई तीन फरक तरिकाले विश्लेषण गरिएको छ, जसअनुसार आशावादी परिदृश्यमा आधार रेखाभन्दा अर्थतन्त्रले ३ प्रतिशतले क्षति बेहोर्ने अनुमान गरिएको छ। प्रतिवेदनले सन् २०२१ पछि…
झापा, २० कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्षको डब्लूपीएल ट्रेलब्लाजर अवार्ड पाउने भएकी छन् । प्रतिष्ठित महिला राजनीतिक नेत्रीहरूका लागि दिइने यो अवार्ड विश्वका प्रमुख महिला राजनीतिज्ञहरूको उपलब्धिको कदर गर्दै वर्तमान महिला राष्ट्रपति, पूर्वमहिला राष्ट्रपति तथा महिला प्रधानमन्त्रीहरूलाई हरेक वर्ष प्रदान गरिन्छ । दक्षिण एसियाली मुलुक नेपालमा राष्ट्रपतिजस्तो उच्च पदमा आसीन रहेर नेपाल र विश्वकै महिलाको गरिमा बढाएको ठहर गर्दै राष्ट्रपति भण्डारीलाई सो सम्मान दिन लागिएको हो । आइसल्यान्डको रेक्जाभिकमा आयोजना हुन गइरहेको रेक्जाभिक ग्लोबल फोरम–वुमन लिडर्स विषयक सम्मेलनमा राष्ट्रपति भण्डारीलाई यो सम्मान प्रदान हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । अवार्ड ग्रहण गर्नका लागि राष्ट्रपति भण्डारी सोमबार आइसल्यान्ड प्रस्थान…
झापा, २० कात्तिक । बीमा कम्पनीहरूले कोरोना बीमाबापतको दाबी भुक्तानी बीमितले दिएको आवेदन मितिका आधारमा दिने भएका छन् । सरकारले निकासा गरेको १ अर्ब रुपैयाँमा बीमाक्षेत्रबाट ८१ करोड थप गरी १ अर्ब ८१ करोड रुपैयाँ भुक्तानीका लागि बीमा समितिले आवेदन मितिलाई आधार बनाउन निर्देशन दिएको हो । ‘कम्पनीहरूमा पेश भएको दाबी मितिको आधारमा भुक्तानी गर्न निर्देशन दिएका छौं,’ समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले भने, ‘सरकारबाट थप रकम निकासा भएपछि त्यसकै आधारमा क्रमशस् भुक्तानी गर्दै जान्छौं ।’ भुक्तानी शुरू भएपछि बीमितहरूमा सकारात्मक सन्देश जाने भएकाले कम्पनीहरूलाई तत्काल रकम वितरण शुरू गर्न निर्देशन दिइएको उनले बताए । ‘अहिलेसम्म कोरोना बीमाको पैसा नै नपाउने…
झापा, २० कात्तिक । नेपाली सेनाले २ अर्ब रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढाएको छ। सेनाले अमेरिकाबाट कोल्ट कमान्डो सिरिजको हतियार ल्याउने प्रक्रिया अघि बढाएको स्रोतको दाबी छ। यसअघि नेपाल प्रहरीले १ अर्ब ३५ करोड रुपैयाँको हातहतियार खरिद गर्न लागेको थियो। त्यसमध्ये ८४ करोड रुपैयाँको हतियार खरिद प्रक्रिया अघि बढेको भए पनि विरोध भएपछि रोकियो । नेपाली सेनालाई भने सरकारले २ अर्ब रुपैयाँबराबरको हतियार खरिद गर्न स्वीकृति दिएपछि नेपाल ल्याउने तयारी भएको छ। ‘सरकारसँग डलर अभावका कारण केही ढिलाइ भएको हो, सरकारले अमेरिका पठाउने डलर व्यवस्था गर्नासाथ हतियार नेपाल आउनेछ’, स्रोतले भन्यो । दुई अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा अमेरिका…
विराटनगर, २० कात्तिक । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले सरकारले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न गर्ने बताउनुभएको छ । शनिवार विराटनगरमा गृह मन्त्रालय तथा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले संयुक्त रूपमा आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्र कार्कीले यस्तो बताउनुभएको हुन । निर्वाचनमा हुनसक्ने सम्पूर्ण जोखिम तथा चुनौतीहरूलाई अध्ययन गरेर भयरहित वातावरणमा निर्वाचन गराउन प्रशासनलाई निर्देशन दिएका छन् । आवधिक निर्वाचनले लोकतन्त्रलाई विजयी गराउने बताउने बताउँदै मन्त्री कार्कीले योजना र कार्यदिशाका साथ निर्वाचन सम्पन्न गर्ने बताउनुभयो । प्रदेशले निर्वाचन सम्पन्न गर्नका १४ जिल्लाकै निर्वाचन कार्यालयमा सुरक्षाका लागि आवश्यक साधन श्रोतको उपलब्ध…
अर्जुनधारा, १९ कात्तिक । आन्तारीक पर्यटन प्रवद्धन गर्न ‘स्वास्थ्यका लागी पदयात्रा’ भन्ने मूल उदेश्यका साथ सामाजिक क्षेत्रमा सक्रिय सेवक अभियान समूहलाई झापामा स्वागत गरिएको छ । शनिबार पुर्बको पशुपतिनाथले प्रसिद्ध धार्मिक स्थल अर्जुनधारा जलेश्वर धाममा एक कार्यक्रमका बिच स्वागत गरिएको हो। कार्यक्रममा अर्जुनधारा वडा नं -७ का वडा अध्यक्ष गोविन्द खतिवडा, अर्जुनधारा सरसफाइ अभियन्ता, कमल पोख्रेल, मेची महाकाली सरसफाई अभियान्ता विष्णु आचार्य, मुकेश जैन,सन्जिब मैनाली,भरत बस्नेत लगाएतको उपस्थिति रहेको थियो । अर्जुनधारा जलेश्वर धामका ऐतिहासिक महत्वका बारे धामका गुरु द्वारा जानकारी गराउनु हुँदै अतिथिहरुलाई रुद्राक्षको माला लगाएर स्वागत गरिएको थियो । त्यस्तै अतिथिहरुलाई मायाको चिनो स्वरूप अर्जुनधारा जलेश्वर धामको स्मारिका…