
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ६ चैत । काठमाडौँ।हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । महाशाखाका अनुसार दिउँसो देशका अधिकांश स्थानमा बदली हुनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थान, गण्डकी, लुम्बिनी र कोशी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन,…
झापा, ५ चैत । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले भोलि बस्ने केन्द्रीय समिति बैठकमा पार्टी सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताउनु भएको छ । आज बिहान सभापति थापाले राजीनामा दिएको समाचार सार्वजनिक भएसँगै कांग्रेसमा अब के हुन्छ भन्ने अन्योल थपिएको बेला उपसभापति शर्माले राजीनामा अस्वीकृत हुने स्पष्ट संकेत गर्नु भएको हो । उहाँले यतिबेला सभापतिको राजीनामा होइन, प्रधान नैतिक दायित्व स्थिति सम्हाल्ने भएको स्पष्ट पार्नु भएको छ । उपसभापति शर्माले डढेलो निभाउन पुगेको व्यक्तिलाई आगलागीकै दोष बोकाउनु न्याय संगत नहुने लाक्षणिक तर्क गर्नु भएको छ । शर्माले पार्टीमा असन्तोषको आगो सल्किएको बेला थापा पार्टी सभापति…
झापा, ५ चैत । निर्वाचन आयोगले हालै सम्पन्न निर्वाचन व्यवस्थापनमा उच्च मितव्ययिता र वित्तीय अनुशासन कायम गर्दै करिब ३ अर्ब ३२ करोड रुपैयाँ बचत गरेको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचनका लागि सरकारसँग ७ अर्ब ८१ करोड रुपैयाँ माग भए पनि ३ अर्ब ५४ करोड रुपैयाँ मात्र खर्च गरिएको हो। यसबाट राज्यकोषमा ठूलो रकम बचत भएको आयोगले जनाएको छ। आयोगले यसपटक ५० प्रकारका सामग्रीमध्ये ३७ प्रकारका सामग्री स्थानीय स्तरमै खरिद गर्ने नीति अपनाएको थियो। यसले ढुवानी खर्च घटाउनुका साथै अनावश्यक केन्द्रिकृत खरिद प्रक्रियालाई निरुत्साहित गरेको आयोगको भनाइ छ। सरकारी संस्थासँग सहकार्य गरी सामग्री खरिद तथा ढुवानीमा विशेष सहुलियत प्राप्त…
झापा, ५ चैत । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शुक्रवार र शनिवार देशका विभिन्न भागमा भारी वर्षा र हुरीको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै जोखिम न्यूनीकरणका लागि सचेत रहन आग्रह गरेको हो । जल तथा मौसम विज्ञान विभागले भोलि (शुक्रवार) र पर्सि (शनिबार) कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा भारी वर्षा र हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ । साथै, शुक्रवार नै दाङ, नेपालगञ्ज र लुम्बिनी प्रदेशका तराई क्षेत्रहरूमा तीव्र गतिमा हुरी चल्ने पनि अनुमान गरिएको छ । विभागले शनिवारसम्म विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा…
भद्रपुर, ५ भदौ । भद्रपुर-७ स्थित ओम साई पाथिभरा नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीहरू पढ्दै समुदायको समस्याको पहिचानमा जुटिरहेका छन् । नर्सिङ विषयमा अध्ययन गरिरहेका ४० जना छात्र छात्राहरूले परियोजना कार्य अन्र्तगत सामुदायिक स्वास्थ्यका क्षेत्रमा स्थलगत अध्ययन गरी आर्थिक, सामाजिक अवस्था र रोगको संक्रमण बारेमा अनुसन्धान गरिरहेका हुन् । छात्राहरूले यस पटक हल्दिवारी ३ लाई अध्ययनको केन्द्र बनाएर एक महिनायता गरिरहेको अध्ययन सार्वजनिक गर्दै दिएको जानकारी अनुसार नसर्ने रोगको प्रकोप निकै उच्च देखिएको छ । नमुना छनौट विधि अपनाएर ५ सय जना स्थानीयको अध्ययन गर्दा उच्च रक्तचाप, क्यान्सर, मधुमेहका रोगी ६० प्रतिशतभन्दामाथि भेटिएको छ भने सरूवा रोग ४० प्रतिशतमुनि देखिएको छ…
झापा, ५ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ चिया बगान क्षेत्रमा प्रहरीले भन्सार छलेर ल्याइएको सामानसहित दुई टेम्पो र चालकलाई नियन्त्रणमा लिएको छ। आज बिहान इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका टेम्पोहरुलाई शंका लागेर चेकजाँच गर्दा पर्दा, साडी, कुर्था सुरुवाल, ढाका लगायतका विभिन्न किसिमका कपडा बरामद गरिएको थियो । बरामद गरिएको सामानको मूल्य करिब पाँच लाख रुपैयाँ रहेको जिल्ला प्रहरी कार्यालय झापाको अनुमान छ । प्रहरीले मे १ ह ६३५५ नम्बरको टेम्पो र त्यसका चालक मेचीनगर–७ का ४० वर्षीय सुविन्द्र जोगी र मे १ ह ७२९४ नम्बरको टेम्पो र चालक भोजपुर हतुवागडी गाउँपालिका–५ घर भई हाल…
भद्रपुर, ५ चैत । नेपाल रेडक्रस सोसाइटी झापा शाखाको ५२ औं वार्षिक साधारण सभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । शाखा सभापति लोकराज ढकालको सभापतित्व तथा झापाका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलालको प्रमुख आतिथ्यमा उत्कृष्टलाई सम्मान गर्दै सम्पन्न गरिएको हो । कार्यक्रममा रेवतीरमण नेपाल स्वयमसेवा पुरस्कारबाट शाखाका पूर्व सभापति ओमप्रकाश सरावगीलाई नगद ३१ हजार १०१ सहित सम्मानपत्रले सम्मानित गरिएको थियो भने उत्कृष्ट रक्तदाता सम्मानबाट ब्रम्हकुमारी राजयोग सेवा केन्द्र झापा, बन्दी विकास पुस्तकालय चन्द्रगढी, वैदेशिक रोजगार व्यवसायी संघ झापालाई कदर पत्रले सम्मान गरिएको थियो । जिल्ला बाहिरबाट रक्तदाता सेवा पुर्याए वपत रेडक्रस उपशाखा फिक्कल इलामलाई समेत सम्मान गरिएको थियो ।…
बलिउड अभिनेत्री सन्नी लियोनी यतिबेला नेपाल घुमघाममा छिन् । उनी पति डेनियल वेभरसहित नेपाल आएकी हुन् । नेपाल भ्रमणको जानकारी उनले सामाजिक सञ्जालमा तस्बिर पोस्ट गर्दै दिएकी छन् । उनले बुधबार पतिसहित नगरकोटको भ्यु टावर घुमेकी छन् । त्यहाँ घुमेको र दृश्यावलोकन गरेको तस्बिर तथा भिडियो सन्नी र डेनियलले सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् । लियोनी र डेनियल यसअघि पनि पटक पटक नेपाल घुम्न आएका थिए । सन्नीले केही वर्ष पहिले प्रदर्शनमा आएको नेपाली फिल्म ‘पासवार्ड’ मा समेत नृत्य गरेकी थिइन् ।
काठमाडौँ, ५ चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचनको मतपरिणामसहितको प्रतिवेदन बुझाउँदै छ । निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै मुलुक नयाँ सरकार गठनको प्रक्रियामा अघि बढ्नेछ । पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) तर्फ १६५ र समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० गरी कुल २७५ सदस्यीय प्रतिनिधिसभामा करिब दुई तिहाइ (१८२ सांसद) सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएका छन् । रास्वपाबाट प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ सांसद निर्वाचित भएका छन्। नेपाली कांग्रेसबाट ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट २५, नेपाली कम्युनिष्ट पार्टीबाट १७, श्रम संस्कृति पार्टीबाट सात र राष्ट्रिय…
झापा, ५ चैत । प्रहरीले अवैध सामानसहित दुई वटा टेम्पो र त्यसका चालकलाई बिर्तामोडमा पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले बिहीबार बिहानको राति करिब २ बजे अर्जुनधारा नगरपालिका वडा ६ स्थित चिया बगान क्षेत्रबाट पक्राउ गरेको हो । शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेका टेम्पोहरूलाई शङ्का लागेर रोकेर जाँचगर्दा टेम्पोभित्र विभिन्न किसिमका कपडा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काले बताउनुभयो । फेला परेको सामानमा सारी, कुर्था सुरुवाल, ढाका लगायतका कपडा रहेका छन् । अवैध रूपमा भन्सार छलेर करिब ५ लाख रुपियाँ बराबर कपडा ल्याएको हुनसक्ने प्रहरीको भनाइ छ । मे.१ ह. ६३५५ नं. को टेम्पोको…