jhapaonline add

अर्जुनधारा, २० जेठ । झापाको अर्जुनधारा नगरपालिका–११ स्थित महारानीगञ्ज माध्यमिक विद्यालयका विद्यार्थीाई शैक्षिक सामग्री, प्रोत्साहन रकम र विद्यालय पोशाक प्रदान गरिएको छ । आज एक विशेष कार्यक्रमका बीच विद्यालयका सम्पूर्ण विद्यार्थीलाई शैक्षिक सामग्री, एसईई परीक्षा–२०८२ मा उत्कृष्ट अंक ल्याउने उत्तीर्ण विद्यार्थीलाई प्रोत्साहन रकम र १०५ जना विपन्न तथा जेहन्दार विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको हो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल खतिवडा (आकाश) को अध्यक्षता एवम् अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देनको प्रमुख आतिथ्य रहेको थियो । नगर क्षेत्रका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिकाले विभिन्न कार्यक्रम गर्दै आएको नगर प्रमुख गोम्देनले बताउनुभयो । पछिल्लो समय महारानीगञ्ज माविले…

Read More

झापाको कनकाई नगरपालिकाले पूर्वाधारको क्षेत्रमा फड्को मार्दै गएको छ । पूर्वाधार निर्माणको सवालमा नगरपालिका घ वर्गमा रहेको कनकाई नगरपालिकामा पुँजीगत र चालू खर्च उल्लेख्य छ । नगरपालिकाले पूर्वाधारका क्षेत्रमा गरेको काम–कारबाहीका सन्दर्भमा केन्द्रित रहेर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपानेसँग झापा अनलाइनकाका लागि सन्तोष शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश :- नगरका प्रमुख पूर्वाधार योजनाहरूको अवस्था कस्तो छ ?चालु आर्थिक वर्षमा कनकाई नगरपालिकाको त्यस्ता ठूल्ठूला योजनाहरू थिएनन् । जे थिए साना–साना योजनाहरू थिए । ३ करोडभन्दा बढीका योजनाहरू थिएनन् । ती योजनामध्ये सुरुङ्गा पुलको योजना सम्पन्न हुने चरणमा छ । जनपथ मार्ग पनि सम्पन्न हुने चरणमा छ । लक्ष्मी मार्ग लगायतका पक्की सडकहरू…

Read More

कनकाई नगरपालिका झापा जिल्लालाई चिनाउने ऐतिहासिकस्थल मध्ये कनकाई नदी र हिन्दु धार्मिक आस्थाको केन्द्र कोटीहवन रहेको धार्मिक एवम् पर्यटकीय नगरी हो । स्थानीय तहको पुनर्संरचना पछि साविक सुरुङ्गा गाविस र घैलाडुब्बा गाविसलाई समेटेर २०७१ बैशाख २५ गतेको नेपाल सरकारको निर्णय अनुसार यस क्षेत्रको प्रसिद्ध धार्मिक महत्व बोकेको कनकाई नदीको नाममा यस नगरपालिकाको नामाकरण गरिएको थियो । कूल ५३ हजार ८८ जनसंख्या रहेको कनकाई नगरपालिका ७९.१ वर्ग किलोमिटरमा फैलिएकोछ । यो नेपालकै पहिलो विद्युत् चुवहावट मुक्त र बन्द निषेधित नगरपालिका हो । स्थानीय तह पुनर्संरचनापछि पहिलो जननिर्वाचित नगरप्रमुखको रुपमा राजेन्द्रकुमार पोखरेलले सफलतापूर्वक कार्यभार सम्हालनुभयो भने दोस्रो कार्यकाल समेत उहाँले निर्वाह गरिरहनु…

Read More

झापा, २० जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ । हिजो घटेका सबैजसो विदेशी मुद्राको मूल्य आज बढेको हो । आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा थियो । यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा थियो…

Read More

झापा, २० जेठ । महोत्तरीको सोनमा गाउँपालिका–३, खखना दक्षिणबारी टोलमा चोरी गर्न आएका व्यक्तिसँग प्रतिवाद गर्दा श्रीमान्–श्रीमती घाइते भएका छन्। मंगलबार राति घरभित्र प्रवेश गरी चोरी गर्ने प्रयास गरिरहेका ५–६ जना अपरिचित व्यक्तिसँग प्रतिवाद हुँदा २७ वर्षीय रामईश्वर यादव र उनकी श्रीमती २२ वर्षीया किरण यादवमाथि गोली प्रहार भएको थियो । गोली लागेर दुवै जना घाइते भएका हुन् । घाइतेहरूको प्रारम्भिक उपचारपछि थप उपचारका लागि जनकपुर पठाइएको छ । घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

झापा, २० जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लागेको छ। लुम्बिनी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको…

Read More

बिर्तामोड, २० जेठ । झापाको बिर्तामोड–५ स्थित देवी माध्यमिक विद्यालयमा किशोरकिशोरीलाई लक्षित गरी मानसिक स्वास्थ्य तथा जीवन उपयोगी सीप सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। बिर्तामोड नगरपालिका वडा नं. ५ को समन्वय तथा साझा पुस्ता नेपाल र एबीसी नेपाल झापाको आयोजनामा भएको कार्यक्रममा कक्षा ८ देखि १० सम्मका विद्यार्थी सहभागी थिए। कार्यक्रमको उद्घाटन वडाध्यक्ष रोहित प्रसाईले गर्दै सकारात्मक सोच र जीवन उपयोगी सीपले जीवनलाई उर्जाशील तथा लक्ष्यउन्मुख बनाउन मद्दत गर्ने बताउनुभयो। सहजकर्ता लता खरेलले सकारात्मक सोच, समय व्यवस्थापन, जोखिम व्यवस्थापन, शारीरिक तथा मानसिक परिवर्तन, अभिभावक र शिक्षकको सम्मान तथा व्यक्तित्व विकासलगायत विषयमा सहजीकरण गर्नुभएको थियो। कार्यक्रममा वडा सदस्य ओमभक्त सेढाई, सहायक…

Read More

झापा, १९ जेठ । झापाको मेचीनगरबाट लागूऔषध खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्। मंगलबार बिहान ११ः४५ बजे गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुल क्षेत्रमा भारतबाट नेपालतर्फ आउँदै गरेका मेचीनगर–१४ निवासी २५ वर्षीय आकाश चौधरीलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएका चौधरीलाई सोधपुछ तथा खानतलासी गर्दा उनले मलद्वारभित्र लुकाएर राखेको अवस्थामा प्लास्टिकबाहेक १६ ग्राम ४०० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ फेला परेको थियो। बरामद गरिएको लागूऔषधसहित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे…

Read More

झापा, १९ जेठ । झापामा अत्यधिक गर्मीका कारण एक महिलाको मृत्यु भएको छ । झापाको हल्दिवारी गाउँपालिका–२ पशुपति चोकपूर्व बस्ने लुखी हेमरमको अत्यधिक गर्मीका कारण मृत्यु भएको हो । कमल राईको चिया बगानबाट पशुपति चोक जोड्ने बाटोमा उनी आज अपराह्न मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको जानकारी पाएपछि प्रहरी चौकी हल्दिवारीको प्रहरी टोली घटनास्थल पुगेको थियो ।

Read More

झापा, १९ जेठ । गैरकानुनी रूपमा अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) सञ्चय तथा कारोबार गरेको र डिजिटल माध्यमबाट ठगी गरेको आरोपमा प्रहरीले एक चिकित्सकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार धनुषाको हंसपुर नगरपालिका–४ स्थायी घर भएका २९ वर्षीय डा। पप्पुकुमार यादवलाई ३० हजार अमेरिकी डलर र १७ थान मोबाइलसहित पक्राउ गरिएको हो। प्रहरीका अनुसार डा। यादव भरतपुर महानगरपालिका–१० चित्रसेन टोलस्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। उनको गतिविधिबारे अनुसन्धान गर्दा अवैध क्रिप्टोकरेन्सी कारोबारको नेटवर्क सञ्चालन गरिरहेको खुलेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा उनको मोबाइल तथा अन्य विद्युतीय उपकरणहरूबाट प्रतिबन्धित एप्लिकेसन बाइनान्स ९द्यष्लबलअभ० र बाइबिट ९द्यथदष्त० प्रयोग गरी अभौतिक…

Read More