jhapaonline add

बिर्तामोड, ८ मंसीर । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलामको सूर्योदय नगरपालिका–७ स्थित नवज्योति आधारभूत विद्यालयका २८ जना छात्रछात्रालाई शैक्षिक सामग्री (स्कुल ब्याग) प्रदान गरेको छ। मंसिर ७ गते विद्यालयमा आयोजित एक कार्यक्रमका बीच संस्थाले बाल कक्षा देखी पाँचसम्म अध्ययनरत २८ जना विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको हो । शैक्षिक सामग्री वितरण गर्दै संस्थाका कार्यवाहक अध्यक्ष राजेन्द्र प्रसाद गौतमले शिक्षाको विकासमा सहयोग पुर्‍याउन र विद्यार्थीलाई विद्यालयप्रति आकर्षित गर्न यो कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले संस्था नाफामुखी मात्र नभई सामाजिक उत्तरदायित्व बहन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा नवज्योति…

Read More

झापा, ८ मंसीर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ की वर्ष २८ की ज्योति थापा घताने र ललितपुरको महालक्ष्मी नगरपालिका–५ का वर्ष ३० को ब्राउन भन्ने सुशील श्रेष्ठ रहेका छन् । उनीहरूले सर्वोच्च अदालतमा तोडफोड तथा आगजनी गरेको प्रहरीको आरोप छ । आरोपी दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

Read More

झापा, ८ मंसीर । नेपालको निर्यात ह्वात्तै बढेको छ । चार महिनामा साढे ७७ प्रतिशतले निर्यात बढेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार साउनदेखि कात्तिकसम्म नेपालले ९३ अर्ब ४९ करोड ५७ लाख ७६ हजार रुपैयाँको निर्यात गरेको छ। गत आवको सोही अवधिमा यस्तो निर्यात ५२ अर्ब ६७ करोड ७ लाख १० हजारको भएको थियो । यो अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख ३३ हजारको आयात भएको छ। विभागका अनुसार गत आवको सोही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोड ८० लाख ३९ हजारको आयात गरिएको थियो । योसँगै व्यापारघाटा समेत ११.९९ प्रतिशतले बढेको छ ।…

Read More

झापा, ८ मंसीर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज पनि अमेरिकी डलर र बहराइन दिनारको मूल्य स्थिर छ । तर अस्ट्रेलियन डलर, युरो, कुवेती दिनारसहित केही मुद्राको मूल्य घटेको छ । पाउन्डसहित केही मुद्रा भने महँगिएको राष्ट्र बैंकले जनाएको छ । आज अमेरिकी डलर १ को खरिदर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा छ । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो । त्यसैगरि आज युरो १ को खरिदर १६४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६५ रुपैयाँ…

Read More

झापा, ८ मंसीर । सरकारले देशका विभिन्न ४९ जिल्लाका ६ लाख १५ हजार १६१ जनालाई गरिब परिचयपत्र वितरण गरेको छ । भूमि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्बन्धित जिल्लाका स्थानीय तहसँग समन्वय गरी परिचयपत्र वितरण गरेको हो । अतिगरिबलाई रातो, मध्यम गरिबलाई पहेँलो र सामान्य गरिबलाई नीलो परिचयपत्र वितरण गरेको अन्य १५ जिल्लामा पनि परिचयपत्र वितरण गर्न दुई लाख गरिबको पहिचान भएको छ । यी १५ जिल्लामा वितरणका लागि कार्ड छपाइ गरी सम्बन्धित स्थानीय तहलाई पठाएको छ । वितरणको प्रक्रिया सुरु गरिएको छ । गरिबी न्यूनीकरण गरी गरिब जनतालाई आर्थिक रूपमा आत्मनिर्भर र सक्षम बनाउन सञ्चालित कार्यक्रम एकद्वार प्रणालीबाट सञ्चालन…

Read More

झापा, ७ मंसीर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा आठ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत आन्द्र प्रदेश प्रकासम जिल्ला पामुर गाउँ घर भई काठमाडौँ महानगरपालिका–२६ सामाखुसी बस्ने ३१ वर्षीय राजा यदुला, ३५ वर्षीय महेश बाबु, ३० वर्षीय पण्डित श्रीनिवासुलु, २० वर्षीय सेख सोयब, ३० वर्षीय नभिन मड्डेला, ३२ वर्षीय महमद रफी सेख, १९ वर्षीय साइकुमार तम्मिसेट्टी तथा २८ वर्षीय सेखचन्द बसल रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । प्रतियोगितामा सहभागी भई अनलाइनमार्फत बेटाकुलर लाइभ नामक बेटिङ साइटबाट खेल हारजित हुने…

Read More

झापा, ७ मंसीर । गत भदौ २४ गते जनजी आन्दोलनको क्रममा जिल्ला कारागार कार्यालय चितवनबाट पुर्पक्षका लागि थुनामा रहेका एक जना झापाबाट पक्राउ परेका छन् । सालकको अखेटोपहार मुद्दाका बन्दी झापा शिवसताक्षी नगरपालिका–८ का आशिष सुब्बा पक्राउ परेका हुन् । आज साँझ सुब्बा आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो। हाल उनलाई इप्रका झिलझिलेमा राखिएको छ र सम्बन्धित कारागारमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More

झापा, ७ मंसीर । झापा जिल्लामा ३५ हजार ९८२ जना नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख तुलसी नेपालले कार्यालयमा उपस्थिति भएर जैविक विवरण ९बायोमेट्रिक्स०मार्फत ११ हजार ७३३ र राष्ट्रिय परिचयपत्रमार्फत २४ हजार २४९ जना मतदाता थपिएका जानकारी दिनुभयो । उहाँका अनुसार झापामा नयाँ थपिएका मतदातासहितको सङ्ख्या सात लाख १४ हजार ५९५ पुगेको छ । निर्वाचन आयोगले सञ्चालन गरेको मतदाता नामावली दर्ता तथा अद्यावधिकका लागि थप गरेको समय पनि सकिएको छ । आयोगले राष्ट्रिय परिचयपत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने व्यवस्था गराएपछि अनलाइनबाट नाम दर्ता गराउनेको सङ्ख्या थपिएको कार्यालयका प्रमुख नेपालले बताउनुभयो । थपिएका मतदाताले…

Read More

झापा, ७ मंसीर । काठमाडौँ महानगरपालिका–१० बानेश्वरनजिक थापा गाउँमा बस्दै आएकापत्रकार दीपेन्द्र खनिया मृत भेटिएका छन् । उनी बस्दै आएको घरमा पत्रकार खनिया आज मृत भेटिएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । घरको चौथो तलाको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रवक्ता भट्टराईले बताउनुभयो । पत्रकार खनिया रेडियो अडियोका सञ्चालक थिए ।

Read More

झापा, ७ मंसिर । झापाको बिर्तामोड नगरपालिका–७ मियाबारीस्थित रेखा खोलामा करेण्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार बिजुलीको पोलको तारबाट करेन्ट जडान गरी माछा मार्ने क्रममा ५२ वर्षीय आनन्द चौधरीलाई करेण्ट लाग्दा घटनास्थलमै मृत्यु भएको हो । यस घटनामा सहयोग गर्ने ऐतबारे बस्ने ४८ वर्षीय पुरन चौधरी र ३२ वर्षीय श्याम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको छ। मृतकको शवलाई कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको छ।

Read More