झापा, ८ मंसीर । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा तोडफोड तथा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा झापाको भद्रपुर नगरपालिका–१ की वर्ष २८ की ज्योति थापा घताने र ललितपुरको महालक्ष्मी नगरपालिका–५ का वर्ष ३० को ब्राउन भन्ने सुशील श्रेष्ठ रहेका छन् । उनीहरूले सर्वोच्च अदालतमा तोडफोड तथा आगजनी गरेको प्रहरीको आरोप छ ।
आरोपी दुवै जनालाई काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Facebook Comments Box


