
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १ फागुन । झापाको कचनकवल गाउँपालिका–७ मा बिहीबार जङ्गली हात्ती मृत फेला परेको प्रहरीले जनाएको छ । स्थानीय दीपज्योति सामुदायिक वनभित्र भाले हात्ती मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । डिभिजन वन कार्यालय चन्द्रगढीबाट गएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी हात्तीको सदगत गरेको प्रवक्ता खड्काले जानकारी दिए ।
झापा, १ फागुन । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ भने कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ । आज दिउँसो तराई भू–भागका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा बादल र बाँकी भागमा आंशिक बादल लाग्नेछ । त्यसैगरी, आज राति तराईका केही स्थानमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भागमा बादल लाग्नेछ र बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी र…
सन्तोष शर्माझापा, २९ माघ । झापामा पछिल्लो अढाइ वर्षको अवधिमा पाँच हजार भन्दा बढी प्राणघातक रोग क्यान्सरका नयाँ रोगी थपिएका छन् । आर्थिक वर्ष २०८०/८१ देखि चालु आर्थिक वर्ष २०८२/८३ को पुष मसान्तसम्म (३० महिना) को अवधिमा १८ भन्दा बढी प्रकारका पाँच हजार दुई सय २८ जना नयाँ क्यान्सर रोगी फेला परेको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठले जानकारी दिनुभयो । सो अवधिमा स्तन क्यान्सर आठ सय ७१, पाठेघरको क्यान्सर एक सय ९२, फोक्सो÷श्वासनलीको क्यान्सर चार सय ४४, अन्ननलीको क्यान्सर एक सय ५२, पेटको क्यान्सर एक सय चार जनामा देखिएको स्वास्थ्य कार्यालय झापाको तथ्यांक छ । त्यस्तै, थाइरोइड क्यान्सर…
बिर्तामोड, २९ माघ । एक्स्ट्रिम सातौँ झापा गोल्डकपमा आज मछिन्द्र फुटबल क्लबले अन्तिम क्वार्टर फाइनल खेलमा मलेसियाको एन पेनाङ फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्दैछ । डोमालाल राजवंशी रंगशालामा आज दिउँसो ३ बजे नेपाली नागरिकहरुले मलेसियामा सञ्चालन गरेको क्लबले उत्कृष्ट लयमा रहेको ए डिभिजन क्लब मछिन्द्रसँग सेमिफाइनल प्रवेशका लागि खेल्दैछ । जारी राष्ट्रिय लिगमा ६ खेलमा १६ अंकका साथ शीर्ष स्थानमा रहेको मछिन्द्र झापाली प्रशिक्षक प्रवेश कटवालको प्रशिक्षण तथा सुजल श्रेष्ठको कप्तानीमा झापाली खेलाडीहरु देवेन्द्र तामाङ, पेमा तामाङ, प्रदिप बुढाथोकीसहित आज एन पेनाङविरुद्ध उत्रिदैछन् । एन पेनाङबाट नेपाली यु २३ का सदस्य लहान सुब्बा पतङवासहित, मदन स्याङतेन, योगेश लिम्बू टिममा छन् ।…
झापा, २९ माघ । झापामा आजदेखि हाडजोर्नी चिकित्सकहरुको वृहत सम्मेलन ‘अर्थोकोन–२०२६’ हुँदैछ । नेपाल अर्थोपेडिक एशोसिएसनको ३१ औं वार्षिक सम्मेलनसँगै नेपाल, भारत, भुटान, बंगलादेश लगायत मुलुकका पाँच सयभन्दा बढी हाडजोर्नी चिकित्कसहरुको वृहत सम्मेलन हुने भएको हो । अर्थोकोन–२०२६ आयोजक समितिका अध्यक्ष डाक्टर लक्ष्मी मैनालीले एक सय जनाभन्दा बढी हाडजोर्नीका अन्तर्राष्ट्रिय चिकित्सक तथा नेपालका चार सयभन्दा बढी हाडजोर्नी चिकित्सकहरुको वृहत सहभागिता रहने बताउनुभयो । “शिक्षा, नवप्रवर्तन र सहयोग भन्ने मूल नारालाई आत्मसात गरेर हाडजोर्नीका विज्ञ चिकित्कसहरुको सहभागितामा झापामै पहिलो पटक यो कार्यक्रम गर्दैछौं”, उहाँले भन्नुभयो, “यो कार्यक्रमले यहाँको स्वास्थ्य पर्यटनलाई समेत प्रबद्र्धन गर्नुका साथै अर्थतन्त्रलाई समेत चलायमान बनाउनेछ ।” आजदेखि फागुन…
झापा, २९ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम पूर्वानुमान महाशाखाले कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधरणतया बादल लागेको र बाँकी भागको मौसम मुख्यतया सफा रहेको बताएको छ । मौसम पूर्वानुमानअनुसार आज दिउँसो तराईका केही स्थानमा मध्याह्नसम्म हुस्सु रहने सम्भावना छ । कोशी प्रदेशका पहाडी र हिमाली भागमा साधरणतया बादल लाग्नेछ भने बाँकी पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ । तराईका अन्य स्थानमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका उच्च पहाडी र हिमाली भागको एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । त्यसैगरी, आज राति…
झापा, २९ माघ । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाखको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । बिमा गरेबापतको एक लाख बराबर उपचार शुल्क यथावत् राखिएको बोर्डका सूचना अधिकारी विकेश मल्लले जानकारी दिनुभयो । उहाँले बीमा कार्यक्रमअन्तर्गत तीन हजार ५०० बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल एक लाख बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको बताउनुभयो । बोर्डले २५ हजार ओपिडी सेवा र ७५ हजार अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको सूचना अधिकारी मल्लले बताउनुभयो । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार ५०० बराबरको योगदानका आधारमा एक…
झापा, २८ माघ । झापाको भद्रपुरमा आयोजित कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको फाइनलमा भारतको राइनोल्याण्ड क्रिकेट क्लव आसाम र आयोजक भद्रपुर क्रिकेट क्लव भिड्ने भएका छन् । भद्रपुर क्रिकेट क्लवको आयोजनामा भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी प्रतियोगिताअन्तर्गत आज सम्पन्न पहिलो सेमिफाइनलमा नेपालको फ्रेण्डस् युथ क्लव डडेल्धुरालाई २ विकेटले पराजित गर्दै आसामले फाइनलमा स्थान सुरक्षित गरेको हो भने दोस्रो सेमिफाइनलमा आयोजक भद्रपुरले भारतको ग्लोबल स्टार लखनउलाई २० रनले पराजित गरेपछि बिहीबार हुने फाइनलमा यी दुई टिमको प्रतिस्पर्धा हुने भएको हो । पहिलो खेलमा टस जितेर पहिलो ब्याटिङ रोजेको डडेल्धुराले निर्धारित २० ओभरको खेलमा १९.१ ओभर खेल्दै सबै विकेट गुमाएर ९१…
बिर्तामोड, २८ माघ । झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी सातौं एक्सट्रिम झापा गोल्डकपमा एपिएफ फुटबल क्लब सेमिफाइनल प्रवेश गरेको छ । भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गर्दै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भएका छन् । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । बिहीबारको अन्तिम क्वार्टर फाइनल खेल मछिन्द्र एफसी र एन पेनाङ मलेसियाबीच हुनेछ । प्रतियोगितामा बिर्तामोडको महेन्द्ररत्न स्टोर्सले प्रत्येक दिन टिकट लिएर खेल हेर्ने दर्शकमध्ये एकजनालाई एकथान टेलिभिजन उपलब्ध गराउँदै आएको छ । पहिलो दिनदेखि फाइनल खेलसम्म टिकट काटेर खेल हेर्ने…
झापा, २८ माघ । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको गिरावटलगायत कारणले आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा खुम्चिने गरी अर्धवार्षिक समीक्षामा नयाँ प्रक्षेपण सार्वजनिक गरिएको हो । गत आवमा भने कुल गार्हस्थ्य उत्पादनको वृद्धि दर ४.६ प्रतिशत रहेको अनुमान छ । बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार चालु आवको प्रथम त्रैमासिक अवधिमा कुल गार्हस्थ्य उत्पादन आधारभूत…