jhapaonline add

प्रकाश पाठकनेपाल बहुभाषिक, बहुसांस्कृतिक देश रहेको कुरामा कुनै दुविधा रहेन । नेपालको संविधान २०७२ को धारा ६ र ७ मा प्रचलित सबै मातृभाषा, राष्ट्रभाषा तथा कामकाजको भाषाको बारेमा उल्लेख गरेको पाइन्छ । तर यो कुरा गर्वका साथ लेखिरहँदा आजकाल अधिकांश नेवार्नी भाउजूलाई नेवारी आउँदैन, राई दाईलाई साकेला आउँदैन, अब झन् नेपाली भाषाको त के कुरा गर्नु ! दुःखका साथ भन्नु पर्छ वर्तमान र भविष्यका परिवर्तनका सम्वाहकहरुलाई नेपाली भाषामा एकदेखि सयसम्म उच्चारण गर्दा निकै कमले मात्र पचाससम्म पु¥याउँछन् । भाषाको ईतिहास पल्टाएर हेर्दा ठ्याक्कै यही मितिबाट सुरु भयो भन्ने यकिन वैज्ञानिक आधार नदेखिए पनि मानव विकासको क्रमसँगै भाषाको विकास तथा उत्थान…

Read More

समिता आचार्यभद्रपुर, २७ माघ । झापामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप धमाधम लगाइँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तरगत माघ २५ गतेदेखि शुरु भएको खोप अभियान फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । खोप अभियान अन्तरगत जिल्लाका १५ वटा पालिकाका सामुदायिक विद्यालयका कक्षा–६ मा अध्ययनरत छात्रा १० हजार एक सय ५२, सामुदायिक, संस्थागत विद्यालय बाहेकका विद्यालयमा अध्ययनरत १० वर्षसम्मका तीन सय ३० र विद्यालय नजाने १० वर्षसम्मका सात सय गरी ११ हजार एक सय ८२ जना बालिकालाई एचपीभी खोप लगाइने स्वास्थ्य कार्यालय झापाका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिनुभयो । झापाको मेचीनगर नगरपालिकामा एक हजार तीन सय ५६, बुद्धशान्ति…

Read More

झापा, २७ माघ । ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसा, आज बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्प गएको स्थान नेपाल–भारत सीमा क्षेत्र नजिकै रहेको केन्द्रले जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालमा पनि महसुस गरिएको छ ।

Read More

झापा, २७ माघ । हाल नेपालमा पश्चिमी कमजोर वायुको प्रभाव रहेको छ । हाल तराई भूभाग तथा उपत्यकाहरूमा तुँवालो लागेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानमा मध्याह्नसम्म कुहिरो लाग्नेछ । देशका उच्च पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति तराई…

Read More

झापा, २६ माघ । झापा जिल्लाको मेचीनगर नगरपालिका–४ बाहुनडाँगीमा बाघले खोरभित्र पसी बाख्रा आक्रमण गरी मारेको छ । माघ २५ गते राति करिब ११ः०० बजे स्थानीय वीरबहादुर राईको खोरमा बाँधि राखिएका दुई वटा ब्याउने बाख्रा बाघले आक्रमण गरी मारेको हो । दुर्घटनामा करिब रु. ४०,००० बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ । स्थानीयबासीले राति बाघको आक्रमणपछि त्रास फैलिएको बताएका छन् । यस घटनाले गाउँमा पशुधन सुरक्षाबारे चिन्ता बढाएको छ ।

Read More

बिर्तामोड, २६ माघ । झापाको बुद्धशान्ति गाउँपालिका–२ इन्द्रेणी चोकस्थित भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्को व्यक्ति घाइते भएका छन् । माघ २४ गते साँझ करिब ८ः३० बजे बुधबारेबाट जयपुरतर्फ जाँदै गरेको प्र.१–०१–०१७ प ३५१४ नम्बरको मोटरसाइकलले बाटोमा रोकी राखिएको मे १ त ७७६७ नम्बरको ट्र्याक्टरको पछाडिको डालामा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ निवासी ३५ वर्षीय प्रबिण आङ्देम्बे गम्भीर घाइते भई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा माघ २६ गते दिउँसो करिब २ः३० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव…

Read More

भद्रपुर, २६ माघ । भद्रपुर क्रिकेट क्लवको आयोजनामा झापाको भद्रपुरस्थित मेची बहुमुखी क्याम्पसको क्रिकेट ग्राउण्डमा जारी कोशी–पाथीभरा इण्डो–नेपाल टी–२० च्यासिम्पयनसीपको सेमिफाइनल समिकरण पूरा भएको छ । समूह बी अन्तर्गत आज भएका दुई खेलमा भारतको लखनउ र नेपालको डडेल्धुराले जीतका साथ आफ्नो एक खेलअगावै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् । यी दुबै टिमले आफ्नो पहिलो खेल जितेका थिए । हिजो भएको पहिलो खेलमा लखनउले पोखरालाई पराजित गरेको थियो भने दोस्रो खेलमा डडेल्धुराले भारतको सिक्किमलाई हराएको थियो । आज पहिलो खेल पोखरा र डडेल्धुराबीच भएको थियो । खेलमा पहिलो ब्याटिङ गरेको पोखराले १७.४ ओभरमा सबै विकेट गुमाएर ८५ रनको सामान्य स्कोर खडा…

Read More

बिर्तामोड, २६ माघ । आयोजकको टिम झापा–११ फुटबल क्लब कठिन जित निकाल्दै झापाको बिर्तामोडमा जारी सातौँ एक्स्ट्रिम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो क्वार्टर फाइनलमा सिक्किमको सिङलिङ स्पोेर्टिङ क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै झापाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय सोझै टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापाले सिक्किमलाई हराएर अघिल्लो चरणमा प्रवेश गरेको हो । टाइब्रेकरमा झापाका रोमन भुजेल, सौरभ धिमाल, राजेश दाहाल र विवेक मगरले गोल गर्न सफल भए भने सिङलिङका सोनुहाङ सुब्बा, हेल्मेट सुब्बा र सुरज तामाङको प्रहारले जाली चुम्यो । सिङलिङका सुजन सुब्बाको प्रहारलाई झापाका गोलकिपर…

Read More

झापा, २६ माघ । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभावले मौसममा फेरबदल आएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ भने पहाडी भेगमा बादल देखिन थालेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली भए पनि अन्य स्थानमा भने मौसम सामान्यतया सफा नै रहेको छ। सोमबार देशभरको मौसममा केही परिवर्तन आउने देखिएको छ। सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी र हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ। तराईका अधिकांश भू–भागमा भने बिहानीपख हुस्सु र कुहिरोको प्रभाव रहनेछ। जसका कारण जनजीवन र यातायातमा सामान्य असर पर्न सक्ने सम्भावना छ। महाशाखाले कोशी, गण्डकी र…

Read More

खोटाङ, २६ माघ । भारतको मेघालयस्थित एक अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङका तीन जना युवकको ज्यान गएको छ। मेघालयको पूर्वी जयन्तीया हिल्सस्थित खानीमा गत माघ २२ गते भएको उक्त दुर्घटनामा एक जना अझै बेपत्ता छन् भने अन्य तीन जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा बरापोखरी गाउँपालिका–१ का २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर रहेका छन्। पूर्णिराम र सुरेन्द्र एकै घरका दाजुभाइ हुन्। विष्फोटमा परेर हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राई बेपत्ता भएका छन्। खानीभित्रै विष्फोट भएकाले बेपत्ता राईको जलेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ।…

Read More