
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
सन्तोष शर्माकनकाई, ३० असार । झापाको कनकाई नगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ । नगरपालिकाको सभाहलमा आज आयोजित ‘नीति, बजेट तथा कार्यक्रम सार्वजनिकीकरण’ कार्यक्रममा आगामी आव २०८२÷०८३ को बजेट, नीति तथा कार्यक्रम पारित भएको हो । बजेट पारितसँगै नगरको बजेट पुस्तिका सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका खानेपानी, सिञ्चाइ तथा ऊर्जामन्त्री एकराज कार्कीका बजेट पुस्तिका सार्वजनिक गर्नुभयो । प्रमुख अतिथि मन्त्री कार्कीले कनकाई नगरपालिका नीति, बजेट तथा कार्यक्रमसहितको पुस्तक सार्वजनिक गर्ने जिल्लाकै पहिलो भएको बताउनुहुँदै भन्नुभयो, “कतिपय पालिकाहरुले अझै पनि आगामी आर्थिक बर्षको नीति, बजेट र कार्यक्रम सार्वजनिक गर्न सकेका…
झापा, ३० असार । कोशी प्रदेशका १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिएको छ । प्रदेश खोप समन्वय समितिको आज विराटनगरमा बसेको बैठकले वैशाख २७ देखि असार ३० गते सम्ममा कोशी प्रदेशका १ हजार १५७ वडा र १३७ वटै स्थानीय तह र १४ वटै जिल्लाले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिएको जानकारी गराएको हो । कोशी प्रदेशका सबै वडा, स्थानीयतह र जिल्लाहरूले पूर्णखोप सुनिश्चिता दिगोपना भएको घोषणा गरिसकेकाले कोशी प्रदेशलाई असार ३२ गते घोषणा गरिने स्वास्थ्य मन्त्रालय कोशी प्रदेशका सचिव डा। राधिका थपलियाले बताउनुभयो । प्रदेश खोप समन्वय समिति बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव अर्जुन निरौला, जनस्वास्थ्य…
बुद्धशान्ति, ३० असार । झापाको बुद्धशान्ति गाउँपालिकामा भूमिहीनहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको छ । बुद्धशान्ति–४ का १९५ जना भूमिहीनहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । सोमबार वडा नं. ४ कार्यालय नजिक आयोजित विशेष कार्यक्रममा उनीहरूलाई जग्गा धनीपुर्जा वितरण गरिएको हो । नेपाली काँग्रेसका महामन्त्री तथा झापा नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले धनीपुर्जा वितरणको सुरुवात गरेका थिए । माग अनुसारको धनीपुर्जा दिलाउन गाउँपालिका कार्यालयले अझ धेरै काम गर्न बाँकी रहेको गाउँपालिका अध्यक्ष मनोज प्रसाईंले बताए । उनले पालिकाका भूमिहीनहरूलाई धनीपुर्जा वितरण गर्न पाएकोमा खुशी व्यक्त गरे। कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद खतिवडाले धनीपुर्जा दिएर मात्र दायित्व पूरा नहुने भन्दै…
झापा, ३० असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देश निर्माणको लागि सकारात्मक सोच र शालीन राजनीतिमा जोड दिनुभएको छ। उहाँले “सतीको सराप होइन, बुद्धको देश” भन्ने अभिव्यक्ति दिँदै गाली र निराशाबाट देश नबन्ने स्पष्ट गर्नुभयो। बुद्धशान्ति गाउँपालिका–४ जुनेलीबस्तीमा सोमबार आयोजित धनीपुर्जा वितरण कार्यक्रममा बोल्दै शर्माले भन्नुभयो, “हामी र हाम्रै पालामा देश बन्छ भन्ने विश्वासका साथ सत्कर्ममा लाग्नुपर्छ।” उहाँले नेपाललाई विश्वकै अनुपम मुलुकको संज्ञा दिँदै शालीन सोचले देश निर्माण सम्भव हुने बताउनुभयो। “राजनीतिक दलका नेतालाई गाली गरेर देश बन्दैैन,” शर्माले भन्नुभयो, “देश बनाउन राजनीतिलाई सङ्ल्याउनु आवश्यक छ। केही भएन भन्ने निराशा त्यागेर निर्माणको मान्यता स्थापित गर्नुपर्छ।” उहाँले वर्तमान गणतान्त्रिक व्यवस्थाको…
अहिलेको समयमा आफ्नो स्वास्थ्यको विषयमा हरेक व्यक्ति चिन्तित देखिन्छ । बढी चिन्तित देखिने व्यक्तिहरुले चिकित्सक तथा स्वास्थ्य कर्मीसंग सल्लाह लिने र त्यसको अनुसरण गर्ने काम पनि गर्दछन् । तर, स्वास्थ्य सम्वन्धी सल्लाह वा स्वास्थ्य जोडिएको कथन अहिले मात्रै होईन पहिले देखि नै आउने गरेको थियो । ती कथनहरुको अनुशरण गर्ने व्यक्ति स्वस्थ रहेका थिए भन्ने पुराना ऐतिहासिक दस्तावेज र ग्रन्थहरुले बताएको छ । साच्चिकै आज पनि ती कथनहरु सुन्दा स्वास्थ्यका लागि निकै नै उपयोगी देखिन्छ । हेर्नुहोस् स्वास्थ्य सम्वन्धी २१ पुराना कथनहरु १. अजीर्ण भोजन विषम् धेरै खानु (कोचि कोचि) स्वास्थ्यको लागि हानिकारक हुन्छ । अपच हुने गरी खानु भनेको…
आगामी भदौ २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अभिमन्यु’का मुख्य अभिनेता कामेश्वर चौरासियाको क्यारेक्टर पोस्टर सार्वजनिक गरिएको छ । नीलो रंगमा तयार पारिएको पोस्टरमा कामेश्वर विराटनगर जिल्ला कारागार अगाडि चिच्याएको अवस्थामा प्रस्तुत छन् । उनी कारागारबाट मुक्त भएपछि खुसीले चिच्याएको हुनसक्ने अनुमान पोस्टरबाट लगाउन सकिन्छ । कीर्तिमानी फिल्म ‘पूर्णबहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलको निर्माण रहेको फिल्ममा कामेश्वरसहित सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देवा शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, सुष्मा निरौला लगायतको अभिनय छ । यो फिल्म नेपाली र हिन्दी भाषामा रिलिज हुनेछ । असोज ६ गतेलाई हिन्दी भर्सनको प्रदर्शन मिति तय गरिएको छ । सुशान्त गौतमको निर्देशनमा बनेको फिल्ममा…
काठमाडौँ, ३० असार। जनमत पार्टीका निलम्बित नेताहरूले प्रहरीमा उजुरी दिएका छन् । पार्टीबाट निलम्बित उपाध्यक्ष दीपक साह, कोषाध्यक्ष सुरेन्द्रनारायण यादव, नेता विरेन्द्र साहलले आफूमाथि कालोमोसो छ्यापिएको भन्दै उनीहरुले सोमबार जनमत पार्टीका दुई जना नेताविरुद्ध जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएका हुन् । आइतबार बारा क्षेत्र नम्बर २ जनमत पार्टीका निलम्बित उपाध्यक्ष साह, कोषाध्यक्ष यादव, नेता साहमाथि जनमत पार्टीकै नेता विकासकुमार सिंह र रामबाबु साहले कालोमोसो छ्यापेका बताइएको छ । उपाध्यक्ष साहले पार्टी अध्यक्ष डा.सिके राउतको निर्देशनमा आफूहरूमाथि कालोमोसो छ्यापिएको निलम्बित उपाध्यक्ष साहले बताए । उनले आफूहरूमाथि ज्यान मार्ने धम्की समेत आएको बताए ।
काठमाडौँ, ३० असार। प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा आयोजित संयुक्त राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ को बहानामा केही असम्बन्धित व्यक्ति स्पेन पुगेको विषय सार्वजनिक गरेका पत्रकार सन्तोष देउजालाई धम्की दिइएकोप्रति प्रेस सेन्टर नेपालले गम्भीर आपत्ति जनाएको छ। प्रेस सेन्टर नेपालका केन्द्रीय सचिवसमेत रहेका पत्रकार देउजाले अडियोसहित स्पेनमा भएको भनिएको मानव तस्करी प्रकरण कपुरबोट मिडियामार्फत सार्वजनिक गरेका थिए। सो समाचार सार्वजनिक भएपछि सरकार पक्षका केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत देउजामाथि धम्की दिने, डर त्रास फैलाउने र चरित्र हत्या गर्ने गतिविधि गरिरहेका छन्। प्रेस सेन्टर नेपालका महासचिव मनोज घर्तीमगरले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो गतिविधि संविधानद्वारा प्रत्याभूत प्रेस स्वतन्त्रता…
झापा, ३० असार । मौद्रिक नीतिपछिको पहिलो कारोबार दिन हिजो दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले नै घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ०९ अङ्कले घटेर २ हजार ७ सय २५ दशमलव ७१ विन्दुमा झरेको छ । आज जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंकिङ समूहको शेयर झन्डै साढे २ प्रतिशतले ओरालो लागेको छ । आज सामुदायिक लघुवित्त र धौलागिरि लघुवित्त कम्पनीको शेयर झन्डै साढे ४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन माई खोला हाइड्रोपावर र कुमारी बैंकको डिबेन्चर २०९० झन्डै ६ प्रतिशतले बढेको छ । आज नेप्सेसँगै कारोबार रकम पनि घटेको…
मोरङ, ३० असार । मोरङको बिराटनगर- १६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २९ गते अपरान्ह लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-७ का २१ बर्षीय आविश उरावलाई ३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनको थप अनुसन्धान भइरहेको छ ।