jhapaonline add

झापा, २० कात्तिक । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा भएको बस दुर्घटनामा मृतकको सङ्ख्या दुई र र घाइतको सङ्ख्या १८ पुगेको छ। वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा आज साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको थियो। बसले भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको थियो भने अर्घाखाँची अस्पतालमा उपचारका क्रममा २२ वर्षीय तारा श्रेष्ठको मृत्यु भएको प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए।

Read More

झापा, २० कात्तिक । हर्सोल्लाषपूर्वक मनाइने छठ पर्व आजदेखि सुरु भएको छ। अन्नकुट तथा गोधन पर्व सम्पन्न भएको भोलिपल्ट पारिवारिक सुख, समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्व सुरु हुन्छ। छठको पहिलो दिन आज नहाय खाय, बुधबार खरना, बिहीबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइन्छ भने शुक्रबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि छठपर्व सम्पन्न हुनेछ। आदिदेव सूर्य भगवान्‌लाई अर्घ्य दिन नदी, तलाउ, पोखरी, इनारलगायत जलाशय किनारमा घाट बनाएर विशेष रूपले सिँगारिएको छ। जनकपुरधामको छठपर्व सबैभन्दा प्रसिद्ध रहेको बताइन्छ। यसका लागि त्यहाँ हप्तौँ पहिलेदेखि तयारी सुरु गरिन्छ। चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्छन् भने दोस्रो…

Read More

भद्रपुर, २० कात्तिक । कोशी प्रदेशका भौतिक पूर्वाधार राज्यमन्त्री भूमिप्रसाद राजवंशीलाई गृह क्षेत्र भद्रपुरमा सम्मान गरिएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गृह क्षेत्र भद्रपुरमा पहिलो पटक नेपाल ख्रिष्टियन समाज झापा ३ नम्बर क्षेत्रीय समितिले राज्यमन्त्री राजवंशीको कार्य सफलताको कामना गर्दै भव्य सम्मान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री राजवंशीले सवै जात, धर्म र संस्कृतिको सहअस्तित्व नै वर्तमान राज्य व्यवस्थाको मूल विशेषता रहेको बताउँदै कही कसैले विभेद र अन्याय सहनु नपर्ने धारणा राखेका थिए ।

Read More

झापा, १९ कात्तिक । झापामा दुर्घटनामा घाइते दुई जनाको मृत्यु भएको छ । शिवसताक्षी–८ निवासी ६१ वर्षीय गणेश खड्का र झापा–६ निवासी ४० वर्षीय कमनसिंह लिंखाका ७ वर्षीय छोरा अस्मिन लिंखाको उपचारको क्रममा मृत्यु भएको हो । यी दुवैजना कात्तिक १६ गते दुर्घटनामा परेका थिए । खड्काको बिएण्डसी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको क्रममा आज बिहान ५ बजे उनको निधन भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जानकारी दिएको छ। पूर्व–पश्चिम राजमार्गको शिवसताक्षी–११ कृष्ण मन्दिर नजिक काँकरभिट्टाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १ ०२–००१ ख ९५३० नम्बरको बसले सोही दिशामा जाँदै गरेका साइकलयात्री खड्कालाई ठक्कर दिएको थियो । त्यस्तै, झापा–६ किरातचोकस्थित भित्री सडकखण्डमा…

Read More

सुनसरी, १९ कात्तिक । जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेल्ने १५ जनाको समूहलाई पक्राउ गरेको छ । कात्तिक १८ गते बिहान सुनसरी बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित जीवन कार्कीको घरमा जुवा तास खेलिरहेका ललितपुर सातदोबाटोका–४४ बर्षीय नवराज राई, सुनसरी इटहरी उपमहानगरपालिका–१ का ५१ वर्षीय प्रदिप तामाङ, बराहक्षेत्र–५ का २७ बर्षीय नारायण कार्की, ४१ वर्षीय उत्तम मगर, बराहक्षेत्र–३ का ३२ वर्षीय बिदुर कार्की, ४४ बर्षीय दिनराज राई, २४ बर्षीय मान बहादुर कार्की, बराहक्षेत्र–८ का ४९ वर्षीय खड्गबहादुर विष्ट, रामधुनि नगरपालिका–५ का ४६ बर्षीय गौरी शङकर लुइटेल, बराहक्षेत्र–३ का ४५ बर्षीय रेवत थापा, ३४ बर्षीय खगेन्द्र कार्की–३० बर्षीय दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका–३…

Read More

झापा, १७ कात्तिक । झापा, सुनसरी,उदयपुर र संखुवासभाबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र निषेधित औषधी सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक १६ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा शिवसताक्षी नगरपालिका- ८ का ३८ वर्षिय छबिलाल गुरुङलाई २ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर सहित र वर्डा प्रहरी कार्यालय धरान सुनसरीबाट खटिएको प्रहरी टोलीले धरान उप-महानगरपालिका-१० पुष्पलाल टोलका ३० बर्षीय केराज चाम्लिङ राईलाई निषेधित औषधी ट्रामोल- ६५० क्याप्सुल, ट्रामानिल- ४८० क्याप्सुल, स्पास्पेन- ११४१ चक्की, डिकोलिक- ८ ट्याब्लेट र स्पास्रेस्ट- ३ ट्याब्लेट सहित नियन्त्रणमा लिएको छ भने उदयपुरको प्रहरी चौकी लालपताले…

Read More

मलङ्गवा, १७ कात्तिक । सर्लाहीको बरहथवा बजारको एक किराना पसलमा आगलागी भएको छ । बरहथवा नगरपालिका–७ स्थित किसुन दासको घरमा नरेश साहद्वारा सञ्चालित किराना पसलमा गए राति आगलागी भएको इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख प्रहरी नायब उपरीक्षक गौतम थापाले जानकारी दिए । उनले आगलागीबाट विजय दासको आलु भण्डार र सरोज राउत कुर्मीको कपडा सिलाउने टेलरमा समेत क्षति पुगेको बताए । आगलागीबाट के कति क्षति भयो भन्ने आँकल भइरहेको बताइएको छ । किराना पसलमा चाडपर्वका लागि धेरै सामग्री राखिएकाले आगलागीबाट सोही पसलमा बढी क्षति पुगेको प्रनाउ थापाले जानकारी दिए । गएराति सुरु भएको आगलागी आज बिहान मात्रै नियन्त्रणमा आएको प्रहरीले जनाएको…

Read More

झापा, १७ कात्तिक । मोरङ र सुनसरी जिल्लाबाट जुवा तास खेल्ने २५ जनाको समुहलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको बिराटनगर महानगरपालिका- ११ स्थितमा कात्तिक १६ गते राती जुवा खेलिरहेको भन्ने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले तास खेल्दै गरेको अवस्थामा बिराटनगर महानगरपालिका- ११ का ६१ राजन कडेल, ५७ बर्षीय पशुपति भगत, ५० बर्षीय विरेन्द्र साह, बिराटनगर महानगरपालिका-१२का ४१ बर्षीय टुनटुन शर्मा, ४७ बर्षीय सुरेन्द्र ठाकुर, ५० बर्षीय बाबुराम कट्टेल, ४६ बर्षीय लिला सहनी, बिराटनगर महानगरपालिका- ३का ५५ बर्षीय ध्रुव सिग्देल र बिराटनगर महानगरपालिका- ५का ५५ बर्षीय मनिराज प्रसाईलाई पक्राउ गरेको हो । प्रहरीले जुवाको खालबाट…

Read More

सुनसरी, १७ कात्तिक । सुनसरीको कोशी गाँउपालिका–७ हरिपुरबाट लागुऔषध गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । कात्तिक १७ गते राति अस्थाई प्रहरी पोष्ट हरीपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००२ ख ०४१४ नम्बरको ट्रकलाई शंका लागी चेकजाँच गर्दा उक्त ट्रकमा ११ वटा बोरामा ३४० किलोग्राम गाँजा बरामद गरेको थियो । लागुऔषध गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न ट्रक चालक तत्काल फरार रहेको प्रहरीले खोज तथा अनुसन्धान कार्य गरिरहेको छ ।

Read More

झापा, १७ कात्तिक । झापाको अर्जुनधारा नगरपालिका–६ दासपुलस्थित शनिश्चरे–बिर्तामोड सडकखण्डमा मोटरसाइकल रुखमा ठोक्किँदा एक ब्यक्तिको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । शुक्रबार दिउँसो शनिश्चरेबाट बिर्तामोडतर्फ तीब्र गतिमा आउँदै गरेको बा ४९ प २१५९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडकको बाँया साइडमा रुखमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक ताप्लेजुङको श्रीजंघा गाउँपालिका–६ का २६ वर्षीय सन्तोष लिम्बूको मृत्यु भएको हो । टाउकोमा र छातीमा चोट लागेर गम्भीर घाइते लिम्बूलाई उपचारको लागि बीएण्डसी अस्पताल पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मोटरसाइकलमा पछाडि सवार सोही ठाउँ बस्ने २३ वर्षीय श्रीप्रसाद लिम्बू घाइते भएका छन् । उनको…

Read More