
सुनसरी, १७ कात्तिक । सुनसरीको कोशी गाँउपालिका–७ हरिपुरबाट लागुऔषध गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ ।
कात्तिक १७ गते राति अस्थाई प्रहरी पोष्ट हरीपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्रदेश १–०२–००२ ख ०४१४ नम्बरको ट्रकलाई शंका लागी चेकजाँच गर्दा उक्त ट्रकमा ११ वटा बोरामा ३४० किलोग्राम गाँजा बरामद गरेको थियो ।
लागुऔषध गाँजा बरामद भए संगै ओसार पोसारमा संलग्न ट्रक चालक तत्काल फरार रहेको प्रहरीले खोज तथा अनुसन्धान कार्य गरिरहेको छ ।
Facebook Comments Box


