
सुनसरी, १९ कात्तिक । जिल्ला प्रहरी कार्यालय सुनसरीले जुवा तास खेल्ने १५ जनाको समूहलाई पक्राउ गरेको छ ।
कात्तिक १८ गते बिहान सुनसरी बराहक्षेत्र नगरपालिका–३ नडाहास्थित जीवन कार्कीको घरमा जुवा तास खेलिरहेका ललितपुर सातदोबाटोका–४४ बर्षीय नवराज राई, सुनसरी इटहरी उपमहानगरपालिका–१ का ५१ वर्षीय प्रदिप तामाङ, बराहक्षेत्र–५ का २७ बर्षीय नारायण कार्की, ४१ वर्षीय उत्तम मगर, बराहक्षेत्र–३ का ३२ वर्षीय बिदुर कार्की, ४४ बर्षीय दिनराज राई, २४ बर्षीय मान बहादुर कार्की, बराहक्षेत्र–८ का ४९ वर्षीय खड्गबहादुर विष्ट, रामधुनि नगरपालिका–५ का ४६ बर्षीय गौरी शङकर लुइटेल, बराहक्षेत्र–३ का ४५ बर्षीय रेवत थापा, ३४ बर्षीय खगेन्द्र कार्की–३० बर्षीय दिपेन्द्र कार्की, भोजपुर अरुण गाउँपालिका–३ का ४५ बर्षीय जीवन कार्की, हतुवागडी–७ का ३५ बर्षीय ज्ञान बहादुर राई, भोजपुर आमचोकका ४१ बर्षीय दुर्गाराज राइलाई पक्राउ गरेको हो ।
प्रहरीले जुवाको खालबाट नगद ९ लाख ६८ हजार ९ सय ९५ रुपैयाँ र २२ बुङ तास समेत बरामद गरेको छ । पक्राउ परेका उनिहरुको आवश्यक कानुनी कारवाही भईरहेको छ ।


