jhapaonline add

झापा, २ कात्तिक । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रूपमा कागलाई मीठोमीठो चिजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रूपमा आज आइतबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिनुभयो । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई यमदूतका रूपमा मान्ने शास्त्रीय विधान रहेको छ । कागले यमराजसमक्ष राम्रो खबर लगिदिओस् भनेर आजका दिन कागलाई पूजा आराधनासहित मीठोमीठो खान दिई खुसी पार्ने गरिएको हो । लोक व्यवहारमा काग घरमा आई कराएमा शुभ बोल,…

Read More

झापा, २ कात्तिक । नेपालीको दोस्रो ठूलो पर्व तिहारमा मौसम सामान्य रहने छ । पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भूभागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले उल्लेखनीय रूपमा मौसम प्रणालीको प्रभाव नपरे पनि पश्चिमी वायुका कारण पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने जनाएको छ । तिहारको समयमा पहाडी भूभागका एकदुई स्थानमा फाटफुट वर्षा हुने र उच्च हिमाली भूभागमा हलुका वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले प्रकाशन गरेको यही कात्तिक ३ देखि ६ गतेसम्मको मौसम विवरणमा लक्ष्मीपूजाका दिन ९कात्तिक ३ गते० देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा…

Read More

सुनसरी, १ कात्तिक । कोशी प्रदेश सरकारले नागरिकको स्वास्थ्य सेवा पहुँच विस्तार गर्न मोबाइल अस्पताल सञ्चालनको तयारी अन्तिम चरणमा पुर्‍याएको छ। प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मनमोहन प्राविधिक विश्वविद्यालयको पाँचौँ सभा सम्बोधन गर्दै कोशी मोबाइल अस्पताल सञ्चालनका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानसँग समझदारी भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार, चिकित्सा उपकरण र दक्ष जनशक्तिसहितको घुम्ती गाडी प्रदेशका विभिन्न जिल्लामा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्नेछ। आवश्यक परेमा बिरामीलाई अस्पतालमा रेफर गरिने व्यवस्था हुनेछ। चिकित्सा उपकरणसहितको सवारी साधन खरिद प्रक्रिया अन्तिम चरणमा रहेको पनि उहाँले उल्लेख गर्नुभयो। मुख्यमन्त्री कार्कीले प्रारम्भिक चरणमा तराईका जिल्लामा सेवा सञ्चालन गरिने र आवश्यकता अनुसार पहाडी जिल्लामा…

Read More

झापा, १ कात्तिक । झापाको झापा गाउँपालिकाका बाढीपीडितहरूलाई ‘एकका लागि एक अभियान’को समन्वयमा अन्तर्राष्ट्रिय झापाली समाजले राहत वितरण गरेको छ । अभियानले गरेको राहत आव्हानपछि समाजले ३ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको थियो । सो सहयोगबाट झापा गाउँपालिकाका मुख्य प्रभावित क्षेत्र सुगाबथान, सेतुमारीलगायतका बाढीपीडितहरूलाई करुणा र सहानुभूतिपूर्वक राहत सामग्री हस्तान्तरण गरिएको हो । बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै पीडितहरूलाई प्रत्यक्ष रूपमा ‘सेवाको भावना, मानवीय जिम्मेवारी र एकताको सन्देश’सहित अभियानका संयोजक महेन्द्रकुमार गिरी, अभियन्ता एकराज गिरी, अन्तर्राष्ट्रिय झापाली समाजका संस्थापक अध्यक्ष दिनेश पोखरेल, वर्तमान महासचिव चिरन खवास लगायतले राहत वितरण गर्नुभयो । राहत वितरण कार्य जिल्ला विपद्…

Read More

इलाम, १ कात्तिक । लगातारको वर्षाका कारण गएको पहिरोले अवरुद्ध भएको इलामको मेची राजमार्गअन्तर्गत माइखोला–राजदुवाली सडकखण्ड पुनः सञ्चालनमा आएको जिल्ला प्रशासन कार्यालय, इलामले जनाएको छ। जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा अनुसार गत असोज १८ गते रातिदेखि अवरुद्ध उक्त सडकखण्डमा पहिरो पन्छ्याउने कार्य सम्पन्न भएपछि सवारी सञ्चालनका लागि खुला गरिएको हो। जिल्ला प्रशासन प्रमुख सुनिता नेपालले जानकारी दिँदै स्थानीय प्रशासन, सडक विभाग, सुरक्षा निकाय र स्थानीय वासीहरूको संयुक्त प्रयासमा सडक खुलाउन सफल भएको बताउनुभयो। प्रशासन प्रमुख नेपालले यात्रुहरूलाई सतर्क रहन र निरन्तर वर्षा हुने अवस्थालाई ध्यानमा राखी अत्यावश्यक बाहेकका यात्रामा सावधानी अपनाउन पनि आग्रह गर्नुभयो। साथै, सडक क्षेत्रमा अझै केही…

Read More

इलाम, १ कात्तिक । आज सूर्योदय नगरपालिका वडा नम्बर ५ स्थित समालबुङ्ग माध्यमिक विद्यालयको ७९ औं वार्षिक उत्सव भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश विश्वकर्माको अध्यक्षता तथा वडा अध्यक्ष श्री उर्गेन वम्जनको प्रमुख आतिथ्यमा सम्पन्न भयो। उक्त अवसरमा वडा नं. ५ मा रहेका सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी, पूर्व विद्यार्थी, बाल क्लबका सदस्यहरू, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रह्यो। कार्यक्रमको स्वागत मन्तव्य विद्यालयकी शिक्षिका श्री इन्दिरा निरौला र विद्यार्थी प्रतिनिधि पलपसा गिरीले प्रस्तुत गरे भने कार्यक्रमको औचित्यबारे प्रधानाध्यापक श्री नरेन्द्र कुमार खत्रीले प्रकाश पार्नुभयो। कार्यक्रमको विशेष आकर्षणको रूपमा उत्कृष्ट विद्यार्थी श्रेया प्रधान, अरपिता लेप्चा, शोरमित लेप्चा…

Read More

झापा, १ कात्तिक । आज कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म रहने दीपावली पर्वको पहिलो दिन आज ‘धनतेरस’ मनाइने तयारी छ । मिथिलाको जनबोलीमा ‘दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ समान जोडेर लक्ष्मीको आराधना गर्दै ‘धनतेरस’ पर्व मनाइने तयारी छ । सामान्यतया पाँच दिनको यो पर्व यसपालि तिथिको भोग घटबढले छ दिनको भएको छ । आज अपराह्न १३ः२३ पछि त्रयोदशी लाग्नेहुँदा यसै तिथिको साँझ आज ‘धनतेरस’ मनाइने भएको हो । आज अपराह्न १३ः२३ सम्म द्वादशी तिथिको भोग रहे पनि त्यसपछि त्रयोदशी तिथि सुरु हुने भएको हुँदा आजै धनतेरस मनाइने मैथिल कर्मकाण्डका ज्ञाताहरूको…

Read More

झापा, १ कात्तिक । उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठूलो चाड तिहार पर्व सुरु भएको हो । दिउँसो १ः२३ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएको पात्रोमा उल्लेख छ । यमदीपदान पनि आजैदेखि सुरु हुने समितिका सदस्य एवं धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो । काग तिहार भने आइतबार परेको उहाँले बताउनुभयो ।…

Read More

झापा, १ कात्तिक । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मुख्यतया सफा रहने छ । आज राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

Read More

बिर्तामोड, ३१ असोज । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज झापा गाउँपालिकाका बाढी पीडित सदस्यलाई राहत वितरण गरेको छ । कामटोली बजारमा एक कार्यक्रमका बीच संस्थाले १२५ सदस्य घरपरिवारलाई राहत वितरण गरेको हो । झापाका गाउँपालिका कार्यवाहक अध्यक्ष अञ्जुदेवी थपलिया, संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्की, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौला, कोषाध्यक्ष मेहरमान विष्ट लगायतले बाढी पीडितहरुलाई राहत वितरण गर्नुभएको थियो । संस्थाले प्रतिपरिवार २५ केजी चामल वितरण गरेको हो । बाढी पीडितलाई गाउँपालिकाले बिना भेदभाव राहत वितरण गरेको बताउनुहुँदै कार्यवाहक अध्यक्ष थपलियाले असहज परिस्थितिमा सिम्रिक सहकारीले बाढी…

Read More