
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ८ साउन । सम्पत्ति शुद्धीकरण विभागले आर्थिक वर्ष २०८२/८३ मा सम्पत्ति शुद्धीकरणसम्बन्धी सात वटा मुद्दा दायर गरेको छ। विभागले बिहीबार सार्वजनिक गरेको वार्षिक विवरणअनुसार ती मुद्दामा १२१ जनालाई प्रतिवादी बनाइएको छ। प्रतिवादीहरूमाथि करिब रु १ खर्ब १८ अर्ब ५ करोड बराबरको बिगो दाबी गरिएको विभागले जनाएको छ। विभागका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी प्राप्त सूचनालाई स्क्रिनिङ समितिमा छलफल गरी प्रारम्भिक अनुसन्धान आवश्यक ठहरिएमा अनुसन्धान अधिकृत तोकी थप अनुसन्धान प्रक्रिया अघि बढाइन्छ। अनुसन्धान तथा अभियोजन कार्यलाई प्रभावकारी बनाउन विभागमा चार वटा अनुसन्धान शाखासहित कानुन तथा परामर्श इकाई, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा…
झापा, ८ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको छ । अहिले देशका हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहेको छ भने तराईमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाले आज दिउँसो हिमाली तथा पहाडी भागमा सामान्यतया बदली रहने र तराईमा आंशिक बदली रहने जनाएको छ। हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ । बागमती, गण्डकी र लुम्बिनी…
बिर्तामोड, ७ साउन । जनपक्षीय पत्रकारितामा दुई दशकदेखि सक्रिय पत्रकार चुडामणि तिम्सिना (सीएम) लाई यस वर्षको ‘देवकुमार आचार्य (डि. कौडिन्य) स्मृति पत्रकारिता पुरस्कार–२०८३’ प्रदान गरिएको छ। प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले बिहीबार बिर्तामोडमा आयोजना गरेको पुरस्कार वितरण समारोहमा कोशी प्रदेश सभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी संसदीय दलका नेता इन्द्र आङ्बो (मौसम) ले तिम्सिनालाई नगद ४२ हजार रुपैयाँ सहित सम्मानपत्र प्रदान गरे। सोही अवसरमा स्वर्गीय देवकुमार आचार्य (डि. कौडिन्य) की धर्मपत्नी यमुना आचार्य तथा पुरस्कृत पत्रकार तिम्सिनाकी धर्मपत्नी सुनिता खरेल तिम्सिना लाई पनि सम्मान गरिएको थियो। २०५८ सालको संकटकालमा क्याम्पसबाट प्रकाशित ‘क्रान्तिकारी आवाज’ भित्तेपत्रिकाबाट पत्रकारिता यात्रा सुरु गरेका…
तपाईँको भान्छामा आलुको परिकार कत्तिको बन्ने गर्छ ? अनि तपाईँले आफ्ना बालबच्चालाई आलु कत्तिको खुवाउनुहुन्छ ? यदि खुवाउनु भएको छैन भने अव खुवाउने गर्नुस् । एक सोधपत्रका अनुसार १ देखी ३ बर्ष उमेर समूहका बालबालिकाको लागि चाहिने पोटासियम र फाइबरको एक प्रमुख स्रोत हो आलु । सोधकर्ताहरुका अनुसार मावन शरीरको विकासको लागि जरुरी हुने फाईबर आलूले आपूर्ती गर्छ । बेलर कलेज अफ मेडिसिनका सोधकर्ता थेसोरा मिकलले भने , बालबच्चाले सबै खालका तरकारी खान जरुरी हुन्छ । खासगरी पोटासियम र फाइबर पाइने तरकारी बच्चालाई एकदम जरुरी हुन्छ । र त्यसको लागि सबैभन्दा उपयुक्त आलू र त्यसका परिकार हुनसक्छ । उनले बच्चाहरुले…
एजेन्सी, ७ साउन । भारतको राजधानी नयाँ दिल्लीमा भइरहेको विद्यार्थीहरूको तीव्र विरोध र संसद्मा जारी चर्काचर्कीका बीच प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मुख खोलेका छन्। उनले सामाजिक सञ्जालबाट आज बिहान सरकारको धारणा सार्वजनिक गरेका हुन्। प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ‘एक्स’ मा पोस्ट गर्दै भनेका छन्, ‘हाम्रा युवाहरूको कल्याण र भविष्यभन्दा महत्त्वपूर्ण अरू केही छैन ’ उनले प्रश्नपत्र चुहावटका मुद्दाहरू चलाउन सरकारले ‘फास्ट–ट्र्याक’ (द्रुत मार्ग) अदालत गठन गर्ने निर्णय गरेको जानकारी दिएका छन्। ‘प्रश्नपत्र चुहावटमा संलग्नहरूलाई छिटो र कडा सजाय सुनिश्चित गर्न हामीले फास्ट–ट्र्याक अदालतहरू स्थापना गर्ने निर्णय गरेका छौँ। यस सम्बन्धमा आवश्यक सबै कदम चाल्न मैले सम्बन्धित निकाय र अधिकारीहरूलाई निर्देशन…
दुबई, ७ साउन । अमेरिका र इरानबीच जारी युद्धले मध्यपूर्वमा तनाव झन् तीव्र बनाएको छ । पछिल्ला घटनाक्रममा अमेरिकी हवाई आक्रमण विस्तार हुनु, इरानको कडा प्रतिकार चेतावनी, हुथी विद्रोहीको समुद्री गतिविधि, कुवेतको हवाई सुरक्षा सक्रिय हुनु तथा तेलको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ । अमेरिकी सेनाले लगातार १२औँ रात इरानी सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेको जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार आक्रमण अभियान निरन्तर जारी छ । इरानी सरकारी सञ्चारमाध्यमहरूले दक्षिणपश्चिमका रामसिर र अहवाज सहर तथा खाडी तटीय बुसेहर प्रान्त अमेरिकी क्षेप्यास्त्र आक्रमणको निशानामा परेको बताएका छन् । यसैबीच, अमेरिकी ऊर्जा मन्त्रालयले साउदी अरेबियासँग नागरिक आणविक सहयोगसम्बन्धी ऐतिहासिक सम्झौता…
कनकाई, ७ साउन । जननायक विश्वेश्वरप्रसाद (वी.पी.) कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस कनकाई नगर समितिले कनकाई–५ स्थित वी.पी. वनबाटिकामा रहेको उहाँको शालिकमा माल्यार्पण गर्दै विचार गोष्ठी सम्पन्न गरेको छ। ४ नम्बर क्षेत्रीय सभापति जयनारायण शाहको प्रमुख आतिथ्य तथा नगर सभापति दुर्गाप्रसाद प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि पर्शुराम ढुङ्गाना, नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, वडा अध्यक्ष कृष्णबहादुर राईलगायतले वी.पी.को लोकतान्त्रिक योगदानबारे विचार व्यक्त गरेका थिए। यसै अवसरमा शिवसताक्षीका ११ वटै वडा तथा मेचीनगरका १५ वटै वडामा पनि वृक्षरोपण, रक्तदान र विचार गोष्ठीलगायत विभिन्न कार्यक्रम आयोजना गरिएको सम्बन्धित नगर समितिहरूले जनाएका छन्। वि.सं. १९७१ भदौ २४ मा जन्मनुभएका वी.पी.…
झापा, ७ साउन । सुनचाँदीको भाउ आज बढेको छ । हिजोको तुलनामा सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदी २५ ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलको दुई लाख ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ चार हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको भाउ हिजो दुई लाख ९१ हजार र चाँदीको भाउ चार हजार ४८० रुपैयाँ थियो ।
काठमाडौँ, ७ साउन । देशका विभिन्न भागमा बुधबार भएका ४७ विपद्जन्य घटनामा परी दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसारे सर्पदंशका पाँच, आगलागीका पाँच, बाढीको एक, पहिरोका १६,सडक अवरोधका १४, चौपाया क्षतिका एक तथा अन्य चार घटना भएका थिए । ती घटनाबाट सात परिवार प्रभावित भएका छन् । पहिरोका घटनामा दुई जनाको मृत्यु भएको हो भने पाँच जना घाइते भएका छन् । विपद्बाट रु एक करोड ९० लाख बराबरको क्षति भएको छ । गत वैशाख १ गतेसम्म हालसम्म देशभर दुई हजार ३६१ विपद्जन्य घटना भएका छन् ।…
सन्तोष शर्माअर्जुनधारा, ७ साउन । झापाको अर्जुनधारा नगरपालिकाका १८ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनीपुर्जा वितरण गरिएको छ । आज नगरपालिकाको सभाहलमा आयोजित ‘जग्गा धनीपूर्जा वितरण कार्यक्रम’का अर्जुनधारा–११ लक्ष्मीधापका १८ परिवारलाई जग्गा धनीपूर्जा वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अथिति झापा क्षेत्र नं. २ की सासंद इन्दिरा रानामगर, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, नगर उपप्रमुख खड्गमाया पराजुली लगायतले उनीहरुलाई जग्गा धनीपूर्जा वितरण गर्नुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै पूर्व उपसभामुख समेत रहनुभएकी सांसद रानामगरले भूमिसँग मानिसको भावनात्मक सम्बन्ध रहने भएकाले भूमिको विशेष महत्व हुने बताउनुभयो । “जमिन भनेको आमा समान हुन्छ”, उहाँले…