
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १३ असोज । नेकपा एमालेको सचिवालय बैठकमा बहुमत सदस्यहरू पार्टी पुनर्गठनको पक्षमा उभिएका छन्। उनीहरूले अध्यक्ष केपी शर्मा ओलीले राजीनामा दिएर तत्काल महाधिवेशनमा जानुपर्ने धारणा राखेका छन्। जेन–जी आन्दोलनका कारण सत्ता छोड्न बाध्य भएका अध्यक्ष ओलीले आइतबार भक्तपुरको गुन्डुमा सचिवालय बैठक बोलाएका थिए। दिउँसो सवा २ बजे सुरु भएको बैठक साँझ साढे ७ बजेसम्म चलेको थियो। बैठकमा अधिकांश सचिवालय सदस्यहरूले पार्टीलाई नयाँ ढंगले अघि बढाउनुपर्ने, विगतको शैलीले सम्भव नभएको भन्दै समग्र पुनर्गठनको माग गरेका थिए। जेन–जी आन्दोलनले पार्टीलाई गम्भीर क्षति पुर्याएको भन्दै अध्यक्ष ओलीले मार्ग प्रशस्त गर्नुपर्ने आवाज उठाइएको थियो। एक पदाधिकारीका अनुसार, “पार्टीको समग्र पुनर्गठनको कुरा भयो। अध्यक्ष…
झापा, १३ असोज । जेनजी आन्दोलनको घटना छानबिनका लागि गठित जाँचबुझ आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको छ । आयोगको आज बसेको बैठकले पूर्व प्रधानमन्त्री ओलीसहित पूर्व गृहमन्त्री रमेश लेखक, तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापा र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा विदेश भ्रमणमा रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको आयोगका सदस्य विज्ञान राज शर्माद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । आयोगले छानबिन तथा जाँचबुझको सिलसिलामा उहाँहरू अनुसन्धानको दायरामा रहेकोले निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही…
झापा, १३ असोज । दसैँको सातौंँ दिन आज सप्तमी अर्थात् फूलपाती पर्व मनाइँदै छ। यस दिन शक्तिस्वरूपा भगवतीको सातौँ रूप माता कालरात्रिको पूजा आराधना गर्ने परम्परा रहेको छ । यस्तो छ कालरात्रीको मन्त्र– कालरात्रीको मन्त्रॐ जयंती मंगला काली भद्रकाली कपालिनी।दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते।।जय त्वं देवि चामुण्डे जय भूतार्तिहारिणि।जय सर्वगते देवि कालरात्रि नमोस्तु ते ।।
झापा, १३ असोज । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ । नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए । “केरामा ब्रह्माणी, दारिममा रक्तदन्तिका, धानमा…
झापा, १३ असोज । हाल देशभर मनसुनी वायूको प्रभाव कमजोर रही स्थानीय वायूको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन–चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । त्यस्तै, आज राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत…
सुनसरी, १२ असोज । चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच चहलपहल बढेको छ । हरेक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रका किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गर्छन् । सङ्खुवासभाका श्यामबहादुर बस्नेत विगत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय छन् । उनले यसपटक १५ वटा खसीबोका ल्याए । हालसम्म एउटा मात्रै बिक्री भएको छ भने बाँकी अझै बेच्नुपर्ने उनले बताए । धनकुटाको सागुरीगढी गाउँपालिका–७ की ममता राई पनि नियमित रूपमा धरान बजारमा खसीबोका बिक्री गर्दै आएकी छन् । उनका अनुसार पशुपालन पुख्र्यौली पेसा भएकाले यो व्यवसायमा नोक्सानी…
झापा, १२ असोज । विगत केही सातादेखि सुनचाँदीको मूल्य निरन्तर वृद्धि भइरहेको छ । गत शुक्रवारको तुलनामा आज बजार खुल्दा सुनको मोल तोलामा रु ७०० र त्यति नै तौलको चाँदी रु ७० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख २३ हजार २०० तथा त्यति नै परिमाणको चाँदीको मूल्य रु दुई हजार ८१० निर्धारण भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज प्रति औँस सुन तीन हजार ७५९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
झापा, १२ असोज । झापाबाट बेपत्ता हुनेहरूको सङ्ख्या बढ्दै गएको छ । हिजो एकैदिन ६ जना हराएको निवेदन परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार हिजो बिहान ८ बजे वैदेशिक रोजगारमा रहेका कन्काई वडा नं.४ नवज्योति टोल बस्ने बबिन खड्काकी श्रीमती वर्ष २० की पुनम खड्काले कोही कसैलाई केही जानकारी नगराई साथमा ३ वर्ष छोरा सत्यम खड्कालाई लिई घरबाट गएकोमा गाउँघर, छरछिमेक, आफन्त, नातागोता समेतमा खोजतलास गर्दा हालसम्म फेला परेकी छैनन् । त्यस्तै हिजो बिहान अन्दाजी ९ः३० बजे मेचीनगर वडा नं.– १५ बस्ने सोम मुर्मुकी छोरी मानसिक सन्तुलन ठिक नभएकी बर्ष २० की अन्जु मुर्मु घरबाट इटाभट्टा…
सुनसरी, १२ असोज । सुनसरीको कोशी गाउँपालिका–७ स्थितबाट बेवारिसे अवस्थामा १८ बोरा लागू औषध गाँजा प्रहरीले बरामद गरेको छ । चाडपर्व विशेष सुरक्षा अन्तरगत गस्ती गर्ने क्रममा असोज १२ गते राति २ बजेको समयमा अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले कोशी गाउँपालिका–७ स्थित पूर्व–पश्चिम लोकमार्गको सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखेको ६ सय ३७ किलो ४५ ग्राम गाँजा बेबारीसे अवस्थामा फेला पारी बरामद गरेको हो । गाँजा बरामद भएसँगै ओसार–पसारमा संलग्न व्यक्तिहरुको खोजतलास भइरहेको छ । यसैगरी, उदयपुरको अस्थायी प्रहरी पोष्ट नेपालटारबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा सिराहा लहान नगरपालिका–१७ की लिलादेवी रामलाई ६ किलो…
झापा, १२ असोज । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थान तथा अन्य प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाका सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी र बागमती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी र मधेस प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।…