
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, १२ असोज । नेपाल प्रहरीले चाडपर्व सुरक्षाका लागि देशभर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जनाएको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले देशभरका सुरक्षा युनिटले विशेष चाडपर्व सुरक्षा योजना बनाई लागू गरिसकेको र सबै गरेर करिब ५० हजार सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो । “भयरहित वातावरणमा चाडपर्व मनाउनका लागि शान्ति सुरक्षा अमनचयन कायम गर्न अन्य सुरक्षा निकायसँग समन्वय र नागरिकसँग हातेमालो गर्दै सुरक्षाको प्रबन्ध गरेका छौँ । सम्भावित जोखिम क्षेत्रसमेत पहिचान गरी विशेष निगरानी बढाइएको छ”, उहाँले भन्नुभयो । प्रवक्ता घिमिरेका अनुसार आवश्यकताका आधारमा ड्रोन र तालिमप्राप्त कुकुरको प्रयोग गरिने छ भने सादा पोसाकमा…
झापा, ११ असोज । इंग्लिस प्रिमियर लिग फुटबलमामा आज सात वटा खेल हुँदैछन् । आज म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्ड, लिड्स युनाइटेड र बर्नमाउथ, चेल्सी र ब्राइटन, म्यानचेस्टर सिटी र बर्नली, क्रिस्टल प्यालेस र लिभरपुल, नटिङघम फरेस्ट र सन्डरल्याण्ड तथा टोटनहम र उल्भ्सको खेल हुँदैछ । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार बेलुका सवा पाँच बजे म्यानचेस्टर युनाइटेड र ब्रेन्टफोर्डले खेल्नेछन् । त्यस्तै राति पौने आठ बजे लिड्स युनाइटेड र बर्नमाउथ, चेल्सी र ब्राइटन, म्यानचेस्टर सिटी र बर्नली तथा क्रिस्टल प्यालेस र लिभरपुलबीच खेल हुनेछ । त्यस्तै राति सवा १० बजे नटिङघम फरेस्ट र सन्डरल्याण्डले खेल्दा पौने एक बजे टोटनहम र…
धनुषा, ११ असोज । जनकपुरमा सञ्चालित दशमी मेलामा झुला भाँचिएर फसेका ५६ जनालाई नेपाली सेनाले उद्धार गरेको छ । माता राजदेवी मन्दिरको प्राङ्गणमा लगाइएको मेलामा घुम्ने क्रममा हिजो झुला भाँचिएको थियो । फसेका सबैको सकुशल उद्धार भएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीको संयुक्त टोलिले विभिन्न निकायबाट आएका क्रेनलगायतको सहायताले सबै व्यक्तिको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।रासस
पाँचथर, ११ असोज । तमोर कोरिडोर सडकका पुल निर्माणमा ढिलाइ हुँदा यात्रुहरूले सास्ती खेप्दै आएका छन् । खोलाहरूमा अकस्मात् बाढी आउँदा सवारीका साधनहरूले बीच बाटोमै अलपत्र पर्ने गरेका छन् । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरको मूलघाट गणेशचोक खण्डमा सवारीका साधन सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । एक सय १० किलोमिटर सडकमध्ये हालसम्म ५४ किलोमिटर कालोपत्र नै भइसकेको छ । तर यस सडकमा पर्ने साँवा खोलाबाहेक अन्यत्र कुनै पनि खोलामा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा वर्षायाममा अचानक आउने बाढीका कारण सवारीका साधन गन्तब्यमा पुग्न नपाइबीचमै रोकिने गरेका छन् । तमोर कोरिडोर…
काठमाडौँ, ११ असोज । राष्ट्रिय परीक्षा बोर्डले एसइई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले परीक्षामा सहभागी भएका एक लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना अनुत्तीर्ण अर्थात् अवर्गीकृत भएको जानकारी दिनुभयो । परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म सञ्चालन भएको थियो । गत वैशाखमा सञ्चालित वार्षिक परीक्षामा दुई विषयसम्म ‘नन ग्रेडेड’प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीहरूका लागि बोर्डले पूरक परीक्षाको अवसर दिएको हो ।
झापा, ११ असोज । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरेका छन्। जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको आरोप लगाउँदै उनले कार्कीले पद त्याग गर्नुपर्ने बताएका हुन्। साम्पाङले सामाजिक सञ्जालमार्फत भनेका छन्, “सुशीला जी, तपाईंले जेनजीको मर्मअनुसारको काम गर्न सक्नुभएन। राजीनामा दिनुहोस्। म गर्छु उनीहरूको माग पूरा—एक एक गरेर।” उनले जेनजी आन्दोलनका मागहरू आफूले पूरा गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
झापा, ११ असोज । बुधबार साँझ झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । स्थानीय कृष्णमाया संग्रौलाको घरमा डेरा गरी बस्ने ५२ वर्षीय टुनु साह खुला चौरमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा टोली खटिएको छ। प्रारम्भिक जानकारी अनुसार मृतक टुनु साह विगतदेखि अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयहरूले बताएका छन्। मृत शरीरलाई पोष्टमार्टमका लागि मेचीअस्पताल भद्रपुर पठाइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा, ११ असोज । नेपालले आज आफ्नो क्रिकेट इतिहासमा पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धा गर्दैछ। नेपाली राष्ट्रिय क्रिकेट टोलीले टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत पहिलो खेल खेल्न लागेको हो। खेल यूएईस्थित सारजाह क्रिकेट रङ्गशालामा नेपाली समयअनुसार राति सवा ८ बजेपछि सुरु हुनेछ। तीन खेलको यो सिरिज अन्तर्गत दोस्रो खेल सोमबार र तेस्रो तथा अन्तिम खेल मंगलबार हुनेछ। वेस्ट इन्डिजसँगको सिरिज सकिएपछि नेपाली टोली सोही स्थानबाट ओमान प्रस्थान गर्नेछ। ओमानमा अर्को सातादेखि सुरु हुने आईसीसी टी–२० एसिया कप क्षेत्रीय छनोट प्रतियोगिताको तयारीस्वरूप नेपालले यो सिरिजलाई महत्वपूर्ण अभ्यासको रूपमा लिएको छ।
झापा, ११ असोज । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७७ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८२ पैसा, क्यानेडियन…
झापा, ११ असोज । आज आश्विन शुक्ल पञ्चमीका दिन पहाडमा वास गर्ने, संसारभरिका जीवहरूमा नवचेतना प्रदान गर्ने देवी स्कन्दमाताको पूजा तथा आराधना गरिन्छ। सेतो वर्णकी, कमलको फूलमा आसन ग्रहण गरेकी र स्कन्दकुमारकी माता भएकाले उनलाई स्कन्दमाता भनिएको हो। कमल ओछ्याएर बस्ने भएकाले पद्मासना देवी पनि भनिन्छ। स्कन्दमाताको काखमा सुपुत्र स्कन्दकुमार आनन्दपूर्वक विराजमान छन्। स्कन्दमाताको सेवा गरेमा स्वामी कार्तिकेयको उपासना गरे सरह फल प्राप्त हुने शास्त्रीय मान्यता छ। यस्तो विशेषता केवल स्कन्दमातालाई मात्र प्राप्त छ। देवी भागवत पुराण अनुसार, स्कन्दमाता सूर्य मण्डलकी अधिष्ठात्री देवी हुन्। उनको पूजा गर्ने भक्तजन अलौकिक तेज र कान्तिले सुसम्पन्न हुने विश्वास गरिन्छ। स्कन्दमाताका चार हातहरू छन्—दाहिने माथिल्लो…