झापा, ११ असोज । बुधबार साँझ झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारेका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
स्थानीय कृष्णमाया संग्रौलाको घरमा डेरा गरी बस्ने ५२ वर्षीय टुनु साह खुला चौरमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट प्रहरी निरीक्षक पाण्डव कुमार राजवंशीको नेतृत्वमा टोली खटिएको छ। प्रारम्भिक जानकारी अनुसार मृतक टुनु साह विगतदेखि अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीयहरूले बताएका छन्। मृत शरीरलाई पोष्टमार्टमका लागि मेचीअस्पताल भद्रपुर पठाइएको छ। घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


