
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, ७ असोज । झापामा हुने झापा महिला गोल्डकपको विजेता टिमले १० लाख रुपैयाँ पाउने भएको छ । आज एक कार्यक्रमका बीच गोल्डकप समितिले पुरस्कार राशि सार्वजनिक गरेको हो । नेपालकै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता यही कात्तिक १५ गतेदेखि २२ गतेसम्म हुँदैछ । प्रतियोगिताको उपविजेताले नगद पाँच लाख रुपैयाँ पाउनेछ । त्यस्तै, सर्वोत्कृष्ट खेलाडीलाई नगद एक लाख ५० रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए ।त्यस्तै, प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र उच्च गोलकर्ताले नगद २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक…
झापा, ७ असोज । झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा धारिलो हतियारको प्रहारबाट एक व्यक्तिको ज्यान गएको छ। ६ गते राति अन्दाजी ३५–३६ वर्षका फुर्बा तामाङलाई निजकै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो। प्रहरीका अनुसार घटनामा संलग्न सोही स्थानका वर्ष २७–२८ का प्रेम कुमार राई र ३३ वर्षका रामकुमार राईलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ। घटनामा प्रयोग गरिएको खुकुरी र बसिला पनि प्रहरीले बरामद गरेको छ। घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको कमाण्डमा क्इऋइ टोली खटाइएको छ। बिहान ०९ः२५ बजे मृतकको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर…
दीपक चन्दभद्रपुर , ७ असोज । बुद्धशान्ति गाउँपालिका–३ प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताले भरिएको कथा भेटिन्छ । नम्र स्वभाव, अनि आत्मविश्वासले भरिपूर्ण अनुहार । आफ्नै घरको भुइँतलामा चलिरहेको सानो तर व्यस्त कार्यशालामा कपडाको थुप्रो, रङ्गीचङ्गी धागो काट्न प्रयोग गरिने कैंची र सिलाइ मेसिनको निरन्तर आवाजले उद्योगको जीवन्तता झल्काउँछ । यही ठाउँ हो– शीतला झोला उद्योग, जसको नाम अहिले बुद्धशान्तिमात्र होइन, कोशी प्रदेशका विभिन्न जिल्लासम्म परिचित भइसकेको छ । यस उद्योगकी सञ्चालक हुनुहुन्छ तारादेवी अधिकारी । उहाँ सामान्य गृहिणीमात्र नभएर, सङ्घर्ष र सीपलाई आधार बनाउँदै आत्मनिर्भर बन्न खोज्ने अनि अरु महिलालाई पनि त्यसै मार्गमा डोर्याउने उद्यमी हुनुहुन्छ । आजभन्दा…
विराटनगर, ७ असोज । एक हजार रुपैयाँ नदिएको निहुँमा विराटनगर महानगरपालिका–९ धोबियारीमा एक देवरले आफ्नै भाउजूमाथि एसिड प्रहार गरेका छन् । सोमबार दिउँसो २५ वर्षीय श्रवण साहले एसिड प्रहार गर्दा २२ वर्षीया भाउजु रागिनी देवी साह गम्भीर घाइते भएकी छिन् । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ । पारिवारिक स्रोतका अनुसार, घटनाको मुख्य कारण पैसाको लेनदेन र सोही विषयमा उत्पन्न भएको विवाद थियो । पीडितका श्रीमान् सन्तोष साहले भाइ श्रवणले भाउजूसँग तीन हजार रुपैयाँ मागेका थिए । रागिनीले आफूसँग भएको दुई हजार रुपैयाँ दिएकी पनि थिइन् । तर, बाँकी एक हजार रुपैयाँ नपाएको निहुँमा…
सप्तरी, ७ असोज । सप्तरीको सुरुङ्गा नगरपालिका–२ स्थित हर्दियाको पोखरीमा डुबेर आज दुई बालिकाको ज्यान गएको छ । स्थानीय सुरेन्द्र चौधरीकी ७ वर्षीया छोरी सुस्तिका चौधरी र केशर चौधरीकी ११ वर्षीया छोरी आशकी चौधरीको पोखरीमा डुबेर ज्यान गएको हो । दुवै बालिकाको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । प्रनाउ बस्नेतका अनुसार सो घटनाबारे स्थानीयले जानकारी गराएपछि स्थानीयवासीको सहयोगमा पोखरीबाट बालिकाहरुको शव निकालिएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।रासस
झापा, ७ असोज । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । आज सुन प्रतितोला रू दुई लाख २१ हजार ७०० मा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला रू दुई लाख १७ हजार ८०० मा किनबेच भएकोमा आज तोलामा रू तीन हजार नौ सय बढेको हो । त्यसैगरी आज चाँदी रू दुई हजार ६८० मा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
झापा, ७ असोज । जेन–जी आन्दोलनपछि सत्ता छोड्न बाध्य नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली हाल भक्तपुरको गुण्डुमा छन् । बालकोटस्थित निजी निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि पोलिटब्युरो सदस्य महेश बस्नेतले गुण्डुमा राजेन्द्र श्रेष्ठको घर भाडामा लिएर ओलीलाई राखेका हुन् । भदौ २ गतेदेखि सोही घरमा बस्दै आएका ओलीले पार्टीका नेताहरूसँग पालैपालो भेट गर्दै राय संकलन गरिरहेका छन्। चार दिनको अवधिमा उनले अधिकांश पदाधिकारीसँग भेट गरिसकेका छन्। भदौ २३ गते भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा, प्रत्यक्ष कार्यकारी व्यवस्था लगायतका मागसहित जेन–जीले देशव्यापी प्रदर्शन गरे। तत्कालीन प्रधानमन्त्री ओलीको नेतृत्वमा रहेको सरकारले प्रदर्शनलाई नियन्त्रण गर्न कठोर कदम चालेपछि सोही दिन २० प्रदर्शनकारीको…
झापा, ७ असोज । जेनजी आन्दोलनका क्रममा आगजनीमा परेका पालिकाहरुले सेवा दिन थालेका छन् । आजदेखि कनकाई नगरपालिकाले समेत सेवा प्रवाह गर्दैछ । अर्जुनधारा, मेचीनगरलगायत जिल्ला अधिकांश पालिकाले अत्यावश्यक सेवा सुरुवात गरेका छन् । गत भदौ २४ गते जिल्लाको १५ पालिकामध्ये हल्दिबारी गाउँपालिका बाहेक अरु सबै पालिकामा आगजनी र तोडफोड भएका थिए । त्यसयता पालिकाहरु बन्द थिए । अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनोजकुमार घिमिरेले नगरका ११ वटै वडा कार्यालय र नगर कार्यपालिकाको कार्यालयबाट अत्यावश्यकीय सेवा सुरु भइसकेको बताए । ‘नगरपालिकाको सेवा केही दिनअघि नै सुरु गरिएको थियो,’ उनले भने, ‘सबै वडा कार्यालयको सेवा पनि आइतबारदेखि थालेका छौँ । जनताको…
झापा, ७ असोज । गत भदौ २४ गते ‘जेनजी’द्वारा आयोजित प्रदर्शनका क्रममा देशभरका कारागारमा तोडफोड र आगजनी भएपछि १४,५५६ कैदीबन्दी भागेका थिए। कारागार व्यवस्थापन विभागका अनुसार हालसम्म ६,९८४ कैदीबन्दी फर्किसकेका छन् भने अझै ७,५७२ जना फरार छन्। विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पछिल्लो दुई दिनमा मात्रै ६५६ जना कैदीबन्दी कारागारमा फर्किएका छन्। कैदीबन्दीहरू दैनिकजसो स्वेच्छाले फर्किरहेका छन् भने केहीलाई प्रहरीले पक्राउ गरेर ल्याएको हो। भागेका कैदीबन्दीहरू २८ वटा कारागार र ९ वटा सुधारगृहबाट फरार भएका थिए। बालसुधार गृहबाट मात्रै ९६३ जना भागेका थिए। प्रहरीका अनुसार हिरासतमा रहेका २,००० आरोपीसमेत फरार छन् र खोजी कार्य जारी छ। उक्त घटनामा १५,५२५ कैदीबन्दी…
झापा, ७ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आज र भोलि सञ्चालन गर्दैछ। यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्ने तयारी गरिएको यो परीक्षा जेनजी आन्दोलनपछि मुलुकमा विकसित विषम परिस्थितिको कारण पछि सारिएको हो। बोर्डले आज अनिवार्य अङ्ग्रेजी (००४१), एक विषयको मात्र परीक्षा दिने परीक्षार्थीका लागि सबै विषय र दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय अर्थात् अनिवार्य अङ्ग्रेजी र अनिवार्य नेपाली दुवै विषयका (पूरक) परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्ने तालिका सार्वजनिक गरेको छ।…