झापा, ७ असोज । झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा धारिलो हतियारको प्रहारबाट एक व्यक्तिको ज्यान गएको छ। ६ गते राति अन्दाजी ३५–३६ वर्षका फुर्बा तामाङलाई निजकै घरमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको हो।
प्रहरीका अनुसार घटनामा संलग्न सोही स्थानका वर्ष २७–२८ का प्रेम कुमार राई र ३३ वर्षका रामकुमार राईलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ। घटनामा प्रयोग गरिएको खुकुरी र बसिला पनि प्रहरीले बरामद गरेको छ।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृतको कमाण्डमा क्इऋइ टोली खटाइएको छ। बिहान ०९ः२५ बजे मृतकको सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाको कारणबारे अनुसन्धान जारी राखेको छ।


