jhapaonline add

झापा, १६ असार । आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार असार १५ गते मुगुको जिमा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय स–सना रेक्टर स्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

Read More

झापा, १६ असार । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्क स्थित एक फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करिब रू १२ लाख बराबरको क्षति भएको छ । यहाँस्थित मोतीबहादुर खड्काको एकतले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब रू १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरीको सक्रियतामा पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ…

Read More

झापा, १६ असार । दाङमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ। ती किशोरीलाई ललाईफकाई तथा धाकधम्की दिई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–४ का ३८ वर्षीय एक युवा पक्राउ परेको प्रहरीले जनाएको छ। मगरले गएको शुक्रबार आफ्नै घरमा लगेर किशोरीलाई जबरजस्ती करणी गरेका प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ। किशोरीका अभिभावकले जाहेरी दिएपछि उनलाई तत्काल पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिए ।

Read More

झापा, १६ असार । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजको सम्भावित वर्षाबारे जानकारी दिएको छ। महाशाखाले बिहान ६ बजे संक्षिप्त बुलेटिन जारी गर्दै मौसमबारे जानकारी दिएको हो । महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका धेरै स्थान तथा बाँकी भूभागका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा–हिमपातको सम्भावना छ । त्यस्तै, आज राति कोसी प्रदेश, लुम्बिनी प्रदेश,…

Read More

शिवसताक्षी, १५ असार । २२औं राष्ट्रिय धान दिवस झापाको शिवसताक्षी नगरपालिकामा विभिन्न कार्यक्रमहरूसहित भव्यरूपमा सम्पन्न गरिएको छ। वडा नं. ७ स्थित नेकपा एमाले वडा नं. ७ वडा कमिटी अध्यक्ष पुष्पा सापकोटाको खेतमा नौमती बाजागाजासहित सामूहिक धान रोपाइ गरी दिवसलाई उत्सवमय बनाइएको हो। कार्यक्रम नेकपा एमाले शिवसताक्षी, अखिल नेपाल किसान संघ, अखिल नेपाल महिला संघ तथा रेटर्नी फेडेरेसन नेपाल शिवसताक्षीको संयुक्त आयोजनामा सम्पन्न भएको हो। उक्त अवसरमा जम्मा १५ कठ्ठा क्षेत्रफलमा सामूहिक रूपमा धान रोपिएको अखिल नेपाल किसान संघ शिवसताक्षीका अध्यक्ष बलबहादुर राईले जानकारी दिए। कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद एलपी साँवा लिम्बुले किसानहरूलाई परम्परागत खेती प्रणालीबाट आधुनिक प्रविधिमा रूपान्तरण हुन…

Read More

झापा, १५ असार । प्रत्येक वर्ष असार १५ गते दही चिउरा खाएर मनाइने सांस्कृतिक परम्परा आज विधिवत् मनाइएको छ । खेतमा रोपाइँ गरी दही चिउरा खाएर मनाइने यो सांस्कृतिक परम्परा रोपाइँ सुरु हुन थालेदेखि नै मनाउन थालिएको हो । असार मुठी रोपेर मुरी उमार्ने महिनाका रुपमा सदियौँदेखि लिइँदै आएको महिना हो । विसं २०६२ देखि भने यो दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाउन थालिएको छ । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । व्यस्त हुने महिनाको मध्यमा अर्थात् १५ गते दही चिउरा खाएर धान दिवस मनाउने परम्परा नेपाली समाजमा चल्दै आएको छ । आजका दिन…

Read More

भारत, १५ असार । भारतको उडिसामा आइतबार एक हिन्दू धर्मावलम्बीको चाडमा अचानक भीड बढेपछि भागदौड मच्चिँदा कम्तीमा तीन जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका स्थानीय सरकारी अधिकारीहरूले बताएका छन् । हिन्दू धर्मावलम्बीको रथ महोत्सवका अवसरमा पुरी सहरको गुन्डिचा मन्दिर नजिकै हजारौँ भक्तजनको भीड लागेको थियो । जिल्ला प्रशासनका अधिकारी सिद्धार्थ स्वैनले भन्नुभयो, “मन्दिरमा एक्कासी भीड बढ्दा आवागमनमा समस्या भएको र पेलापेल र भागदौडपछि नौ जना भक्तजनलाई श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो । तीन जनाको मृत्यु भएको छ भने अन्यको अवस्था स्थिर छ ।” स्थानीय सञ्चारमाध्यमका अनुसार महोत्सवमा जाने अन्य थुप्रै व्यक्ति घाइते भएका बताएका छन् भने यसबारे सरकारी…

Read More

झापा, १५ असार । एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा नेपालले इन्डोनेसियालाई तीन सय ७० रनले हराएको छ । नेपालले दिएको ४ सय २१ रनको लक्ष्य पछ्याएको इन्डोनेसिया २४ ओभर तीन बलमा ५० रनमै अलआउट भयो । इन्डोनेसियाका कभिन नीरज चड्डाले सबैभन्दा धेरै १५ रन बनाए । नेपालका कप्तान विपिनप्रसाद शर्माले ६ विकेट लिएका थिए । यसअघि मलेसियाको सेलाङ्गोर टर्फ क्लबमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा पाँच विकेट गुमाएर चार सय २० रन बनायो । नेपालका प्रसिद्ध जैशीले शतक बनाए । प्रसिद्ध एक सय १४ बलमा एक सय ३२ रन बनाएर आउट भए । यस्तै रौनक…

Read More

भद्रपुर, १५ असार । नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले किसान र श्रमिकको प्रगति नभएसम्म मुलुकको विकास सम्भव नहुने बताउनुभएको छ । नेपाल किसान महासङ्घ झापाले आज हल्दीबारीमा आयोजना गरेको धान महोत्सवमा उहाँले संविधानले किसानका विषयलाई प्राथमिकता दिएकाले स्थानीय र प्रदेश सरकारले किसानको जीवनस्तर सहज बनाउने किसिमका योजना ल्याउनुपर्नेमा जोड दिनुभयो । नेता सिटौलाले उहाँले आगामी आर्थिक वर्षको बजेटमा किसानका मुद्दालाई सम्बोधन गर्न पहल भइरहेको उल्लेख गर्दै राज्यको अनुदान वास्तविक किसानसम्म पुर्‍याउनुपर्ने बताउनुभयो । किसानलाई समयमै बिउ, मल र उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता राज्यले गराउनुपर्ने उहाँको भनाइ छ । नेपाल किसान महासङ्घका जिल्ला अध्यक्ष रतन सुब्बाले मल…

Read More

झापा, १५ असार । देशभरका विभिन्न जिल्लामा शनिबार भएका सडक दुर्घटनामा परी कम्तीमा ७ जनाले ज्यान गुमाएका छन् । सुनसरीको रामधुनी नगरपालिका–७ मा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको निधन भएको छ। मृतकमा ३४ वर्षीय इनर्चन चौधरी, उनका ९ वर्षीय छोरा प्रनिश चौधरी र ५१ वर्षीय बिन्दु यादव छन्। अन्य घाइतेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। कपिलवस्तुमा बिसनपुर–मौली सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २७ वर्षीय महेश चौधरीको लुम्बिनी सिटी अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भयो। चालक फरार छन् र प्रहरी खोजीमा जुटेको छ। रुपन्देहीमा गैडहवा गाउँपालिका–३ लालपुर चोकमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परेर ४५ वर्षीया सुमित्रा यादवको…

Read More