झापा, १६ असार । झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्क स्थित एक फर्निचर उद्योगमा गएराति आगलागी हुँदा करिब रू १२ लाख बराबरको क्षति भएको छ ।
यहाँस्थित मोतीबहादुर खड्काको एकतले टिनको घरमा सञ्चालित खड्का फर्निचर उद्योगमा विद्युत् चुहावट भई आगलागी हुँदा करिब रू १२ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब परीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आगो बिर्तामोड नगरपालिकाको दमकल, स्थानीयबासी र प्रहरीको सक्रियतामा पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट उद्योगमा रहेको काठ चिर्ने मेसिन र काठपात पूर्ण रूपमा जलेर नष्ट भएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


