झापा, १६ असार । दाङमा १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
ती किशोरीलाई ललाईफकाई तथा धाकधम्की दिई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–४ का ३८ वर्षीय एक युवा पक्राउ परेको प्रहरीले जनाएको छ। मगरले गएको शुक्रबार आफ्नै घरमा लगेर किशोरीलाई जबरजस्ती करणी गरेका प्रहरीको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ।
किशोरीका अभिभावकले जाहेरी दिएपछि उनलाई तत्काल पक्राउ गरी कानुनी कारबाही प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी अनिल ठकुरीले जानकारी दिए ।
Facebook Comments Box


