jhapaonline add

कनकाई, ३० असोज । झापाको कनकाई नगरपालिका–२ स्थित सुकेडाँगी सामुदायिक वन उपभोक्ता समूहको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । जेष्ठ नागरिक सम्मान, उत्कृष्ट विद्यार्थी पुरस्कृत, उत्कृष्ट कर्मचारी र उत्कृष्ट उपभोक्तालाई सम्मान गर्दै आज समूहको ३० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो । वन समूह अन्तरगत रहेको ३० वटा टोलका एक÷एक जना गरी ३० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ भने तीन जना विद्यार्थीलाई नगदसहित सम्मान गरिएको छ । कक्षा–७ की विद्यार्थी समीक्षा हेमरम, कक्षा–५ की जानकी पराजुली र रोस्नु हेमरमलाई नगद र प्रमाणपत्र सहित सम्मान गरिएको छ । त्यस्तै, कनकाई सब डिभिजन कार्यालय सुरुंगाका कर्मचारी खगेन्द्र…

Read More

झापा, ३० असोज । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधारमा रहेको श्रीलक्ष्मीनारायण मन्दिर तथा जगद्गुरु योगीराज श्रीकमलनयनाचार्य आश्रममा निर्माणाधीन श्रीलक्ष्मीनारायण दिव्यदेश अन्तिम चरणमा पुगेको छ। प्रतिष्ठा समारोह (महासम्प्रोक्षण) आगामी २०८३ वैशाख ११ देखि १८ गतेसम्म भव्य रूपमा आयोजना गरिने भएको छ। आज बिहीबार मन्दिर परिसरमा आयोजित पत्रकार सम्मेलनमा निर्माण समितिका सचिव हरिनारायण वास्कोटाले समारोहको विस्तृत जानकारी दिएका हुन्। समारोहमा नेपाल, भारत, भूटान, अमेरिका, अष्ट्रेलिया, क्यानडा लगायतका देशबाट विशिष्ट धर्माचार्य, सन्त, महन्त, विद्वान् तथा हजारौं भक्तजनको सहभागिता रहनेछ। दक्षिण भारतको तामिलनाडु, काञ्चीपुरम् स्थित श्रीकाञ्चीप्रतिवादी भयकर सिंहासनाधीश्वर जगद्गुरु अनन्तश्रीविभूतिषत श्रीश्रीनिवासाचार्य स्वामीजी महाराज प्रमुख आतिथ्यका रूपमा उपस्थित हुनेछन्। वि।सं। २०२८ मा स्थापना भएको आश्रम…

Read More

झापा, ३० असोज । झापाको मेचीनगर नगरपालिका–१५ निलकोठिमा माछा मार्ने क्रममा करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ। स्थानीय ४२ वर्षीय सन्तोष लिम्बु टिमाई नहरमा करेन्ट प्रयोग गरी माछा मार्ने प्रयास गर्दै गर्दा अचानक करेन्ट लागेर बेहोस भएका थिए । घटना आज दिउँसो २ः३० बजेको हो । बेहोस अवस्थामा रहेका लिम्बुलाई तत्काल उपचारका लागि मेची आम्दा अस्पताल धुलाबारी लगिएको थियो । तर अस्पतालमा ३ः०० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

Read More

झापा, ३० असोज । गौरादह नगरपालिका–९ स्थित सिस्नेखोलामा माछा मार्ने क्रममा डुबेर आज दिउँसो तीन बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अञ्जु मगरका दुई छोरी सात वर्षीया सुष्मा, नौ वर्षीया स्वीकृति र निर्मला परियारकी ११ वर्षीया छोरी रोश्नी छन् । उनीहरूको माछा मार्ने क्रममा खोला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनास्थल पुगिसकेको र थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

भद्रपुर, ३० असोज । झापाको बुद्धशान्ति गाउँपालिका–२ प्रगतिटोलमा आज बिहान गाइगोठमा आगलागी हुँदा करिब चार लाख रुपैयाँ बराबरको क्षति भएको छ । बुद्धशान्ति–२ का प्रेमप्रसाद कार्कीको घर नजिकै रहेको काठ र टिनले बनेको गाई गोठमा आज बिहान ३ः४० बजे अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । आगो स्थानीयबासी र घरपरिवारको सहयोगमा बिहान ५ः३० बजे पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट गोठ, पराल, काठ र करिब ३० मन मकै पूर्ण रूपमा जलेर नष्ट भएको छ भने गोठमा रहेको एक गाई आंशिक रूपमा जलेर घाइते भएको जनाइएको छ । आगलागीबाट करिब रु.…

Read More

झापा, ३० असोज । आगामी वर्ष हुने आईसीसी टी–२० विश्वकपका लागि छनोट भइसकेको नेपालले सुपर सिक्स चरणमा घरेलु टोली ओमानलाई ३८ रनले पराजित गर्दै अपराजित यात्रालाई कायम राखेको छ। बुधबार ओमानको अल एमिरेट क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै ओमानको अपराजित यात्रा अन्त्य गराएको हो। नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १५१ रनको योगफल तयार पारेको थियो। ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै सर्वाधिक ६९ रन बनाए। आशिफ शेखले २४, गुल्सन झाले १८, आदिल आलमले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले सानो योगदान दिए। ओमानका लागि नदिम…

Read More

झापा, ३० असोज । नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने महँगिएका नेपाल राष्ट्र बैंकले जनाएको छ। आज अमेरिकी डलर १ को खरिदर १४० रुपैयाँ ६३ पैसा र बिक्रीदर १४१ रुपैयाँ २३ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३८ पैसा थियो। आज युरो १ को खरिदर १६३ रुपैयाँ ५३ पैसा र बिक्रीदर १६४ रुपैयाँ २३ पैसा छ। हिजो युरो १ को खरिदर १६३ रुपैयाँ ८५…

Read More

झापा, ३० असोज । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । एक वर्षदेखि दुई वर्षको लागि कालो सूचीमा राखिएका ती निर्माण कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैन्। कार्यालयले आज सूचना जारी गर्दै विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो। जिम्मा लिएको काम समयमै पूरा नगर्ने निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ।

Read More

झापा, ३० असोज । स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउने उद्देश्यसहित आज ४५औँ विश्व खाद्य दिवस नेपालमा विविध कार्यक्रमसहित मनाइँदैछ। कृषि विभागको आयोजनामा संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन ९एफएओ० तथा अन्य संस्थाहरूको समन्वयमा दिवस मनाइँदैछ। यस वर्षको नारालाई ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने तय गरिएको छ। समारोह व्यवस्थापनका लागि कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। महानिर्देशक सञ्जेलका अनुसार खाद्य वस्तुको प्रदर्शनी, जानकारीमूलक कार्यक्रम, पोस्टर तथा सन्देश प्रकाशन र प्रसारणमार्फत दिवस मनाउने तयारी गरिएको छ। भोकमरीपीडित वर्गको उत्थानका लागि गरिने प्रयासमा दिवसले सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।…

Read More

झापा, ३० असोज । नेपालले अर्को वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो । जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो । गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अङ्कको आवश्यक पर्दथ्यो । तर खेल…

Read More