
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २३ जेठ । आजदेखि देशभरिका स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन विराटनगरमा हुँदैछ। विराटनगर महानगरपालिकाको आयोजनामा आज र भोली (जेठ २३ र २४ गते) वीरेन्द्र सभागृहमा सम्मेलन हुँदैछ । संघीयतालाई संस्थागत गर्ने उद्देश्यसहित उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलन पहिलोपटक विराटनगरमा हुन लागेको हो । दुई दिने सम्मेलनमा न्यायिक समितिबाट निरुपण हुने विवाद तथा मुद्धाहरुलाई थप प्रभावकारी बनाउन अन्तरपालिका अनुभव आदान प्रदान गर्ने, वार्षिक योजना तर्जुमा र योजना तथा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन प्रक्रियामा उपप्रमुख तथा उपाध्यक्षको भूमिका बारेमा थप स्पष्टता ल्याउने लगायतका उद्देश्यले कार्यक्रम आयोजना गरिएको विराटनगर उपमहानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिनुभयो । सम्मेलनमा महानगरपालिका, उप…
झापा, २३ जेठ । बिहीबार उद्धार अभ्यासका क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका दुई जना गोताखोरको खोजी तीव्र पारिएको छ । उद्धार अभ्यासको क्रममा इलाम दरबन्दी भएका सशस्त्र प्रहरीका जवान हरिदेव राजवंशी र पर्सा गणमा दरबन्दी भई छिन्नमस्ता बाहिनीमा कार्यरत सशस्त्र जवान सुरज साउदको खोजीका लागि सशस्त्र प्रहरी बल बिपद उद्धार तालिम शिक्षालय कुरिन्टार चितवनबाट पाँच जना गोताखोर खटिएका छन् । उनीहरुको खोजी तथा उद्धारका लागि कुरिन्टारबाट अनुभवी प्रशिक्षक तथा डीएसपी पुरुषोत्तम भण्डारीको कमाण्डमा पाँच जनाको टोली परिचालन गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनीहरु गएराति पौने ११ बजे कुरिनटारबाट गएका हुन् । सशस्त्र प्रहरी…
झापा, २३ जेठ । अमेरिकामा नेपालीलाई दिइएको अस्थायी बसोबाससम्बन्धी अनुमति टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) खारेज भएको छ। अमेरिकाको गृह सुरक्षा मन्त्रालयले बिहीबार एक सूचना जारी गरी नेपालको अवस्थाको समीक्षा र सम्बन्धित साझेदार निकायहरूसँगको परामर्शपछि नेपालीले टीपीएसका लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने निष्कर्ष निकालेको जनाएको छ। गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले नेपालको अवस्थाले अब टीपीएसको लागि वैधानिक आवश्यकताहरू पूरा नगर्ने घोषणा गरेकी हुन्। टीपीएस सशस्त्र द्वन्द्व, वातवरणीय प्रलय र अन्य असाधारण संकटमा रहेका मुलुकका आप्रवासीलाई अमेरिकामा बस्ने र काम गर्ने अनुमति दिने कार्यक्रम हो । यसअन्तर्गत नेपाल, एल साल्भाडोर, निकारागुआ र होन्डुरसका ३ लाख ३७ हजार आप्रवासी अमेरिकामा बसोबास गरिरहेका छन्।…
शिवसताक्षी, २३ जेठ । झापाको शिवसताक्षी नगरपालिकाले सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै सूर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाएको हो । सूर्तीजन्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले त्यस्ता पदार्थहरु बिक्री वितरणमा रोक लगाइएको नगरप्रमुख मेगाहाङ थोप्राले बताउनुभयो । “शिक्षण संस्था आसपास सूर्तीजन्य पदार्थ बिक्री वितरण गर्न नपाइने प्रावधान भए पनि बिक्री वितरण भइरहेको व्यापक गुनासो आइरहेको छ”, उहाँले भन्नुभयो, “विद्यार्थीको स्वास्थ्य र आनीबानीमा नकारात्मक असर परिरहेकाले तुरुन्त सूर्तीजन्य पदार्थ बिक्रीमा रोक लगाउन निर्देशन दिएका छौं ।” शिक्षण संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथलय र सार्वजनिक स्थलहरुको सय मिटर…
झापा, २३ जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा तथा बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली…
शिवसताक्षी, २२ जेठ । झापाको शिवसताक्षीमा महिला तथा किशोरीहरुका लागि बृहत स्वास्थ्य शिविर सञ्चालन भएको छ । शिवसताक्षी नगरपालिकाको आयोजना र सम्पन्न सवल नेपालको समन्वयमा भएको स्वास्थ्य शिविरमा नगरका २३४ महिला तथा किशोरीहरुले स्वास्थ्य परीक्षण गराएका छन् । उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत शिविरमा शिवसताक्षीका महिला तथा किशोरीहरुको स्वास्थ्यलाई मध्यजर गर्दै शिविरको आयोजना गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । शिविरमा २०७ जना महिलाहरुको भिडियो एक्सरे गरिएको छ । त्यस्तै ८१ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण, १०५ जनाको स्तनको क्यान्सर परीक्षण गरिएको नोवेल अस्पताल विराटनगरका मार्केटिङ्ग अफिसर तथा जनसम्पर्क अधिकारी नविन दाहालले जानकारी दिए । उनका अनुसार पाठेघरको मुखको र स्तन क्यान्सर…
शिवसताक्षी, २२ जेठ । झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर १० स्थित बालनिकुञ्ज माध्यमिक विद्यालयमा स्व लोकबहादुर कार्कीको स्मृतिमा अक्षयकोष स्थापना गरिएको छ । विद्यालयमा आज आयोजित एक कार्यक्रमका विच अक्षयकोष दाता कार्की परिवारको तर्फबाट विद्यालयमा ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । दाता विष्णुमाया कार्की र परिवारको तर्फबाट उक्त रकम बराबरको चेक विद्यालयका प्रधानाध्यापक भवानी प्रसाद थापा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कर्णबहादुर थापालाई हस्तान्तरण गरिएको छ। दाता परिवारको तर्फबाट बोल्दै देवराज कार्कीले कोषको व्याजबाट आउने १० प्रतिशत रकम हरेक वर्ष मुलकोषमा थप गरिने बताउनु भयो । उहाँले कोषलाई हरेक वर्ष वृद्धि गर्दै लैजाने…
धरान, २२ जेठ । धरानमा आयोजित एक हप्ते अचार उत्पादन सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरको समन्वयमा सञ्चालन गरिएको तालिममा प्रमुख अतिथि वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजय खनाल रहनुभएको थियो । तालिमको मुख्य उद्देश्य सहभागीलाई गुणस्तरीय अचार उत्पादनका लागि आवश्यक सीप, जानकारी र व्यावसायिक दृष्टिकोण प्रदान गर्नु रहेको थियो। तालिमकै अवसरमा सहभागीले इटहरीस्थित Rijal Tashi Industries तथा DRUK खाद्य उद्योगको भ्रमण गरी त्यहाँ हुने अचार उत्पादन प्रक्रिया, प्रयोग हुने कच्चा पदार्थ तथा गुण नियन्त्रणका विभिन्न पक्षहरूबारे प्रत्यक्ष अवलोकन गरेका छन् । तालिममार्फत सहभागीले गुणस्तरीय अचार उत्पादनको विधि, व्यावसायिक सीप तथा आत्मनिर्भर बन्ने…
झापा, २२ जेठ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले संयुक्त अरब इमिरेट्स (युएई) जाने कामदारका लागि न्यूनतम एक हजार दिराम तलब निर्धारण गरेको छ । मन्त्री शरतसिंह भण्डारीले सरकारले बजारको अवस्था हरेर तलब निर्धारण गरेको जानकारी दिँदै युएई स्थिति दूतावासको सुझावमा न्यूनतम तलब एक हजार हुनुपर्ने प्रस्तावलाई परराष्ट्र मन्त्रालय र कानुन मन्त्रालयको सहमतिमा मन्त्रीस्तरीय निर्णय गरिएको बताउनुभयो । उहाँले तोकिएको नयाँ तलब नदिने रोजगारदाताले नेपाली श्रमिक लैजान नपाउने बताउनुभयो । युएई जाने कामदारको न्यूनतम तलब सुविधा एक हजार दिरामभन्दा कम भए मागपत्र प्रमाणीकरण नहुने बताइएको छ । “युएई जाने कामदारको हकमा पहिले आठ सय, एक हजार र एक हजार…
सप्तरी, २२ जेठ । सप्तकोशी नदीमा उद्धार अभ्यास गर्ने क्रममा डुबेर दुई सशस्त्र प्रहरी बेपत्ता भएका छन् । सप्तकोशीमा गोताखोरसहितको उद्धार टोलीले अभ्यास गरिरहेको बेला डुबेर सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन । डुबेर बेपत्ता भएका दुई जना सशस्त्र प्रहरीलाई खोज्ने क्रममा अर्को एक व्यक्तिको शव भेटिएको छ । बर्षात्को समयमा बाढी पहिरोबाट फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेको बेला डुबेर बेपत्ता भएका सशस्त्र प्रहरीका जवानलाई खोज्ने क्रममा अर्को एक व्यक्तिको शव भेटिएको घट्नास्थलमा पुग्नुभएका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो ।…