धरान, २२ जेठ । धरानमा आयोजित एक हप्ते अचार उत्पादन सम्बन्धी विशेष तालिम सम्पन्न भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बिराटनगरको समन्वयमा सञ्चालन गरिएको तालिममा प्रमुख अतिथि वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजय खनाल रहनुभएको थियो । तालिमको मुख्य उद्देश्य सहभागीलाई गुणस्तरीय अचार उत्पादनका लागि आवश्यक सीप, जानकारी र व्यावसायिक दृष्टिकोण प्रदान गर्नु रहेको थियो।


तालिमकै अवसरमा सहभागीले इटहरीस्थित Rijal Tashi Industries तथा DRUK खाद्य उद्योगको भ्रमण गरी त्यहाँ हुने अचार उत्पादन प्रक्रिया, प्रयोग हुने कच्चा पदार्थ तथा गुण नियन्त्रणका विभिन्न पक्षहरूबारे प्रत्यक्ष अवलोकन गरेका छन् ।
तालिममार्फत सहभागीले गुणस्तरीय अचार उत्पादनको विधि, व्यावसायिक सीप तथा आत्मनिर्भर बन्ने अवसर प्राप्त गरेका छन्।
कार्यक्रमको समापनमा सहभागीहरूले तालिमले महिलालाई उद्यमशीलता र स्वरोजगारमा जोड दिन महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन्। आयोजक संस्थाले आगामी दिनमा यस्ता तालिमहरू अझ प्रभावकारी रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।



