
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
‘व्यंग्यनारान पाँडे’आफ्नै जिल्लाको भएकाले, पल्लो बजारबाट देशका धेरै वटामध्ये एउटा ‘कमरेड पार्टी’–का लागि ‘पत्रकार गर्ने’ भातृ संगठनका ‘भाले नेता’–को मालिक्याइँमा छापिने पत्रिका (?)… बरण्डामा ‘पढिदिंदैथें’ म । र, त्यसको एउटा शीर्षक अन्तर्गत पार्टीको ’ओंम जय जगदीश हरे… प्रभु तुम सबके स्वामी’ खाले प्रशस्तिमा पुगेर मभित्र जागेको ‘कुरी–कुरी’–को अनौठो पीडालाई हाँस्तै निको पार्दै पनि थिएँ – त्यै बेला ‘कम्रेट हरिराम’ भनेर चिनिने लबस्तरो बाजे टुप्लुकियो ! हे फसाद ! फेरि त्यसै बखत ‘पत्रकार गरिखाइरहेका’ एक मित्रको फोन आयो । र, उही लर्काेसर्काेमा मैले पढिरहेको सो पाठ फेरि हाँस्तै पढेर उनलाई सुनाएँ । ती पत्रकार मित्रले भने– “ए… त्यो पत्रिकामा त मेरो…
भद्रपुर, १६ बैशाख । रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानले विक्रम सम्बत् २०८१ (सन् २०२४)का विभिन्न विधाका सम्मान तथा पुरस्कारहरु घोषणा गर्दै यही बैशाख २० गते समर्पण गर्ने भएको छ । प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीका अनुसार, गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार ‘महिलाका लागि मानव अधिकार एकल महिला समूह (डब्लु.एच.आर)’ काठमाडौंलाई प्रदान गरिने छ । एक लाख एक हजार एक सय एघारको सो पुरस्कार लगायतका सबै सम्मान र पुरस्कार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा हस्तान्तरण गरिने छ । त्यसैगरी, जनही एक लाख एक हजार एकसय एघार राशिकै ‘अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य तथा पत्रकारिता पुरस्कार’ राजनीतिक बीटको पत्रकारिताबाट करियर शुरु गरेर…
झापा, १६ बैशाख । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८८ हजार ८०० रुपैयाँ कायम छ । सोमबार ९वैशाख १५० छापावाल सुन प्रतितोला एक लाख ८८ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो । चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य तोलाको एक हजार ९७० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
चन्द्र बस्नेतकनकाई, १६ बैशाख । २८ दिनदेखि आन्दोलनरत शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनका क्रममा शिक्षकहरुमाथि काठमाडौंमा भएको धरपकड बिषयलाई लिएर झापाको कनकाईमा शिक्षकहरुले प्रदर्शन गरेका छन् । झापाको कनकाई नगरपालिकामा आज शिक्षकहरुले बिरोध प्रदर्शन गरेका हुन् । पुर्व (पश्चिम राजमार्ग अन्तर्गत नगरपालिका जाने बाटोको मुख्य गेटमाबाट ब्यानर र विभिन्न नारा अंङ्कित प्ले काडसहित दर्जनौं शिक्षकहरु जम्मा भई विभिन्न नारासहित शिक्षकहरुले विरोध प्रदर्शन गरेका हुन् । नेपाल शिक्षक महासंघ कनकाई नगर समितिका स–अध्यक्ष हेमन्तकुमार नेपालको नेतृत्वमा र्याली निकाली शिक्षक एकता जिन्दावाद, प्रहरी दमन मुर्दावाद, शिक्षक कुट्न पाइँदैन, विद्यालय शिक्षा ऐन जारी गर, चाँडो भन्दा चाँडो विद्यालय खोल्ने वातावरण तयार गर, नेपाल शिक्षक महासंघ…
झापा, १६ बैशाख । धनकुटा र सुनसरीबाट लागूऔषध गाँजा बोकेको २ वटा सवारी साधन सहित ओसार पसारमा संलग्न रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १५ गते राती विशेष सुचनाको आधारमा धनकुटाको इलाका प्रहरी कार्यालय राजारानी र अस्थायी प्रहरी विट मौनावुधुकबाट खटिएको प्रहरी टोलीले चौबिसे गाउँपालिका–५ स्थितबाट ना. ५ख ६१५७ नम्वरको ट्रकमा लोड भएको अवस्थामा ३८ बोरा (९ सय ४६ किलोग्राम) गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ट्रक र ओसार पसारमा संलग्न रहेका चौविसे गाउँपालिका(५ का मनोज लिम्वुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी, विशेष सूचनाको आधारमा सुनसरीको इलाका प्रहरी कार्यालय सितागंजबाट खटिएको प्रहरी गस्ती…
झापा, १६ वैशाख । झापा र मोरङको विभिन्न स्थानबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित प्रहरीले ७ जनलाई पक्राउ गरेको छ । वैशाख १५ गते दिउँसो बिराटनगर महानगरपालिका-१५ स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगर इलाका प्रहरी रानीबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा बिराटनगर-१२ का ४७ वर्षीय अनिश क्षेत्रीलाई ब्राउन सुगर १० ग्राम ५० मिलिग्राम, इटहरी उप-.महानगरपालिका-५ का ३४ वर्षीय दिपेन्द्र राईलाई ५ ग्राम ४७ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । सोही दिन इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा मोरङ बिराटनगर-८ का २० वर्षीय बिष्णु सहनी, मोरङ जहदा-३ का १८ वर्षीय रोहन विश्वकर्मा, पथरिशनिश्चरे-८ का २५…
नेपालगञ्ज, १६ बैशाख । बाँकेको बैजनाथ गाउँपालिका–४ नउलापुरमा खाल्डोमा गाडिएको अवस्थामा एक बालकको शव फेला परेको छ। करिब १० वर्षीय कुशल बुढाको शव खेतमा गाडिएको अवस्थामा भेटिएको हो। कुशल कोहलपुर नगरपालिका क्षेत्रमै डेरा गरी बस्ने यशोदा बुढाका छोरा उनी कोहलपुर माविमा कक्षा–३ मा अध्ययनरत थिए। वैशाख ८ गतेदेखि हराइरहेका कुशलका बारेमा उहाँकी आमाले ९ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा निवेदन दिनुभएको थियो। स्थानीय एक व्यक्तिले बाख्रा चराउने क्रममा खेतमा बालकको खुट्टा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घटनास्थल पुगेर सानो खाल्डो खनेर गाडिएको अवस्थामा बालकको शव फेला पारेको हो। शव नजिकै परालले छोपिएको अवस्थामा साइकल र बालकले लगाउने टिसर्ट समेत…
झापा, १६ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिकाको कृषि सडक निर्माणका क्रममा भ्रष्टाचार भएको आरोप लगाउँदै प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । कृषि बाटो निर्माण कार्यमा प्राविधिक लागत अनुमानविपरीत गएर अनियमितता गरेको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह, इञ्जिनियर उपेन्द्रप्रसाद साह, सहायक पाँचौँ मोहम्मद रफिक, सबइञ्जिनियर शशिञ्जनकुमार सिंहविरुद्ध रु सात लाख ७९ हजार २०५ बराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । आयोगद्वारा धनकौल गाउँपालिकाका लेखापाल अभयकुमार साह, उपभोक्ता समितिका अध्यक्ष वोपेन्द्र राय, सचिव इनरजित साह, कोषाध्यक्ष सुरतिया कुमारी, वडा नं ६ का वडाअध्यक्ष श्यामबाबु साहविरुद्ध पनि…
झापा, १६ बैशाख । सरकार बिचौलिया र दलालहरुको पक्ष पोषक रहेको चौतर्फी आलोचना भइरहेका बेला सरकारले पुनः निजी मेडिकल कलेज पोस्न ऐनविपरीत एमबीबीएस सिट र शुल्क बढाउने निर्णय गरेको छ । एमबीबीएसको सिट संख्या बढाएर आवासीय चिकित्सकको निर्वाह भत्ता दिने निजी मेडिकल कलेज सञ्चालकको सर्त अनुसार नै सरकारले यस्तो निर्णय गरेको छ। यसले चिकित्सा शिक्षा थप धराशायी हुने विज्ञहरूले चिन्ता प्रकट गरेका छन् । सेवा बहिष्कार गरेर आन्दोलन गर्दै आएका आवासीय चिकित्सकहरूको माग सम्बोधन गराउन सिट बढाउने खेलमा निजी मेडिकल कलेज सञ्चालकहरू सफल भएका छन्। आयोगको सोमबार बसेको १९ औँ बैठकले सिट र शुल्क बढाउन बाटो खुला गरिदिएको छ। बैठक…
झापा, १६ बैशाख । ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकार निर्माणको विरोधमा आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै पाथीभरा देवी दर्शन केबलकार कम्पनीले आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेको हो । कम्पनीले गत हप्ता काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत ताप्लेजुङ जिल्लाको पाथीभरामा निर्माणाधीन केबलकारसँग सबन्धित स्थानीयबासीका सरोकारका केही विषयमा पहिचानका लागि युवा लगायत विभिन्न स्थानीय सङ्घ–संस्थाहरूले वार्ता तथा छलफलबाट समाधान निकाल्ने र परियोजना निर्माणमा सहज वातावरण बनाउन सम्बद्ध सबै पक्षसँग आग्रह गरिएकोमा कम्पनीले त्यसलाई सकारात्मक रूपमा लिएको बताएको छ । कम्पनीले परियोजना निर्माणका लागि आवश्यक नेपाल सरकारको मापदण्ड अनुसार वातावरणीय प्रभाव मूल्याङ्कनलगायत सम्पूर्ण सरकारी प्रक्रिया पुरा…