
चन्द्र बस्नेत
कनकाई, १६ बैशाख । २८ दिनदेखि आन्दोलनरत शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनका क्रममा शिक्षकहरुमाथि काठमाडौंमा भएको धरपकड बिषयलाई लिएर झापाको कनकाईमा शिक्षकहरुले प्रदर्शन गरेका छन् ।
झापाको कनकाई नगरपालिकामा आज शिक्षकहरुले बिरोध प्रदर्शन गरेका हुन् । पुर्व (पश्चिम राजमार्ग अन्तर्गत नगरपालिका जाने बाटोको मुख्य गेटमाबाट ब्यानर र विभिन्न नारा अंङ्कित प्ले काडसहित दर्जनौं शिक्षकहरु जम्मा भई विभिन्न नारासहित शिक्षकहरुले विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल शिक्षक महासंघ कनकाई नगर समितिका स–अध्यक्ष हेमन्तकुमार नेपालको नेतृत्वमा र्याली निकाली शिक्षक एकता जिन्दावाद, प्रहरी दमन मुर्दावाद, शिक्षक कुट्न पाइँदैन, विद्यालय शिक्षा ऐन जारी गर, चाँडो भन्दा चाँडो विद्यालय खोल्ने वातावरण तयार गर, नेपाल शिक्षक महासंघ जिन्दावाद, सरकार तेरो पाराले दुःख पाए साराले, शिक्षक एकता जिन्दावाद, प्रहरी दमन मुर्दावाद, विद्यालय शिक्षा एन जारी गर चाँडो भन्दा चाँडो विद्यालय खोल्ने वातावरण तयार गर, नेपाल शिक्षक महासंघ जिन्दावाद, सरकार तेरो पाराले दुःख पाए सारालेलगायतका नाराजुलुससहित बिरोध प्रदर्शन गरेका छन् ।
नाराजुलुस गर्दै नगरपालिका बाहिरको मुख्य गेटमा नै कोण सभामा परिणत भएको थियो । कोण सभामा सह अध्यक्ष हेमन्तकुमार नेपाल, अन्य शिक्षकहरु कर्णबहादुर डाँगी, चित्रकला ओली, सारदा पाठक, नरहरि न्यौपाने लगायतले सम्बोधन गर्दै आफूहरुको माग पूरा गर्न दबाब दिएका थिए । प्रदर्शनमा कुनै अप्रिय घटना नहोस् भनेर नगर प्रहरी, नेपाल प्रहरीको बाक्लो उपस्तिथि रहेको थियोे ।
कनकाईसँगै आज झापाका अन्य विभिन्न पालिकामा समेत प्रदर्शन भएको छ । विरोध कार्यक्रमको सञ्चालन नेपाल शिक्षक महासंघ कनकाई नगर समितिका सचिव निर्मलकुमार खनालले गर्नुभएको थियो ।

