jhapaonline add

झापा, ५ फागुन । जिम्मेवार पत्रकारिताको सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस) पहिलो श्रेणीमा रहेको कार्यक्रमका सहभागीले बताएका छन् । राससको ६४ औं वार्षिकोत्सवको अवसरमा आज झापाको भद्रपुरमा आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका’ विषयमा झापाका पत्रकारबीचको अन्तरक्रिया कार्यक्रमका सहभागीले जिम्मेवार पत्रकारिताको सवालमा रासस पहिलो नम्बर रहेको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपाल सदस्य गणेश पोखरेलले नेपाली मिडियाका लागि रासस अनिवार्य र अपरिहार्य रहेको बताउनुभयो । उहाँले नेपालका साना–ठूला सबै मिडियाले ५० प्रतिशत भन्दा बढी समाचार प्रयोग गर्ने गरेको बताउनुभयो । राससका समाचार सामग्री प्रयोग गर्ने मिडियाले स्रोत खुलाउनुपर्नेमा उहाँले जोड समेत दिनुभयो । राससले आमनागरिकको अपेक्षा अनुसार…

Read More

भद्रपुर, ५ फागुन । भद्रपुरको मेची रंगशालामा हुन लागेको भद्रपुर झापा गोल्डकपमा दर्शक केन्द्रित धेरै योजना ल्याएको छ ।दर्शकले मोटरसाइकलदेखि दैनिक चाँदीको सिक्का पाउने भएको छ । आज प्रतियोगिता आयोजनास्थल मेचीरंगशालामा आयोजित पत्रकार सम्मेलनमा गोल्डपको तयारी पूरा भएको र दर्शक लक्षित विभिन्न योजना ल्याएको जानकारी दिइयो । प्रतियोगिताको फाइनलमा टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई जगदम्बा मोटर्सबाट उपलब्ध एक थान टिभिएस मोटरसाइकल र अर्का एकजना दर्शकलाई सुनचाँदी व्यवसायी संघ भद्रपुरको तर्फबाट प्राप्त एक थान सुनको सिक्री उपहार प्रदान गरिने आयोजक समितिका अध्यक्ष दिपेश ढकालले जानकारी दिनुभयो । प्रत्येक दिन टिकट काट्ने एकजना भाग्यशाली दर्शकलाई महेन्द्ररत्न स्टोर बिर्तामोडका तर्फबाट एक थान हिमस्टार…

Read More

झापा, ५ माघ । गत माघ महिनामा दुई हजार ९०६ दुर्घटनामा भएको छ । ती दुर्घटनामा चार हजार ५३५ सवारी साधन संलग्न रहेका थिए भने १९९ जनाको मृत्यु भएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा परेकामध्ये सबैभन्दा बढी दुई हजार ४७४ मोटरसाइकल रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । सबैभन्दा बढी दुर्घटना तीव्र गतिका कारण भएको पनि प्रहरी प्रधान कार्यालयको विश्लेषणले निष्कर्ष निकालेको छ । दुर्घटनामा १९९ जनाको मृत्यु भएकोमा १४७ पुरुष, ३९ महिला, ११ बालक र दुई बालिका रहेका छन् । त्यस्तै, ती दुर्घटनामा ५६० जना गम्भीर घाइते र तीन हजार ३५१…

Read More

रुपन्देही, ५ फागुन । रुपन्देहीको देवदहबाट भारतको कुम्भ मेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षीया गीता शर्मा रहेको देव दहका पूर्व वडाध्यक्ष केशव भट्टराईले जानकारी दिनुभयो । कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । दुर्घटना परी सवारी चालकसहित पाँच जना घाइते भएका छन् । घाइते हुनेहरूमा देवदह(९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक…

Read More

खोटाङ, ५ फागुन । विश्व प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति सुरु भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष्ट भएको हो । आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेका तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चालित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालयलगायत सामग्री जलेर नष्ट हुँदा करिब रू चार करोड बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिनुभएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी राईका…

Read More

भोजपुर, ५ फागुन । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ । यहाँका किसानले रुद्राक्ष बिक्री गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । जिल्लामा रुद्राक्षबाट रु १५ देखि २० करोडको हाराहारीमा रकम भित्रने रुद्राक्ष व्यवसायी सङ्घका सचिव उत्तम कटुवालले जानकारी दिए । बजारमा मुखद्वार दानाको मूल्य राम्रो रहेको सचिव कटुवालले बताए । एक्काइस मुखे मुखद्वार एउटा दाना रु २० लाखदेखि ६० लाखसम्ममा बिक्री हुने गरेको उनको भनाइ छ । मुखद्वार बाहेकका दानाको भने मूल्य कम रहेको उनले बताए । “मुखद्वार रुद्राक्षको बजार मूल्य निकै राम्रो छ” सचिव कटुवालले भने, “ मुखद्वार दानाको मूल्य आकारको आधारमा निर्धारण हुन्छ । एक्काइस…

Read More

झापा, ५ फागुन । राजधानी काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौँको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । जसअनुसार काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यस्तै दक्षिण एसियाली मुलुक बङ्गलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ भने तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।

Read More

मनाङ, ५ फागुन । मनाङको भ्राका आसपास ३.८ म्याग्निच्युड भूकम्प गएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार यो भूकम्प आज बिहान ८ः२२ बजे गएको हो। भूकम्पको केन्द्रबिन्दु भ्राका क्षेत्रमै रहेको र यसको प्रभाव आसपासका क्षेत्रमा महसुस गरिएको जनाइएको छ। नेपाल भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार नेपाल भूकम्पीय जोखिमयुक्त क्षेत्रमा पर्दछ र साना तथा मध्यम भूकम्पहरू समय समयमा आइरहन्छन्।

Read More

चन्द्र बस्नेतकनकाई, ५ फागुन । झापाको कनकाई नगरपालिका–७ दुर्गापुरमा फक्ताङलुङ महोत्सव २०८१ को तयारी अन्तिम चरणमा पूरा भएको छ । कनकाई नगरपालिका–७ दुर्गापुरस्थित फक्ताङलुङ एजुकेसन फाउण्डेसनको प्राङ्गणमा फागुन ७ गते आयोजना हुने फक्ताङलुङ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेशनका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो । विद्यालयको १५ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना हुन लागेको महोत्सवको उद्घाटन झापा क्षेत्र नं. ४ का सांसद एलपी सावा लिम्बू गर्ने उहाँले बताउनुभयो । सँगै कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको विशेष आतिथ्य रहने उहाँले बताउनुभयो । महोत्सवमा झापाका विभिन्न विद्यालयका सञ्चालक, शिक्षक तथा विद्यार्थी प्रतिनिधि, अविभावक, जनप्रतिनिधि, शिक्षासेवी लगायत २ हजारभन्दा बढीको…

Read More

बिर्तामोड, ४ फागुन । शिक्षा शिकोप निकेतनको चौथो वार्षिक उत्सव आज विविध कार्यक्रम गरी मनाइएको छ। झापाको बिर्तामोड २ मा रहेको स्कुलले विद्यालय परिसरमै विविध कार्यक्रमकाबिच वार्षिक उत्सव मनाइएको हो। बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष किशोर पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिजा राईको अध्यक्षतामा उद्घाटन समारोह सम्पन्न भएको हो । प्रमुख अतिथि पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै शिक्षा शिकोप अभिभावक र विद्यार्थीको रोजाइमा पर्दै गएको बताए । स्कूलले वार्षिक उत्सवमा उत्कृष्ट नतिजा ल्याउने विभिन्न प्रतियोगितामा विजयी हासिल गर्ने विद्यार्थीलाई पुरस्कृत समेत गरेको थियो । वार्षिक उत्सवमा विद्यार्थीहरूले नृत्य, गायन, स्पिच लगायतका आफ्ना प्रतिभाहरू प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रमुख…

Read More