
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ४ असार । हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ। बागमती प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली देखि पूर्णयता बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।…
धरान, ३ असार । सुनसरीको धरान उप महानगरपालिका–१३ र इटहरी उपमहानगरपालिका–२० बाट ४ हजार २ सय ३० किलोग्राम गाँजा बोकेको २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । असार २ गते धरान १३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरान तर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १–०२–००२ ख ०८४८ नम्वरको ट्रकमा चेकजाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो । यसैगरी, असार ३ गते इटहरी–२० स्थित तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ना. ५ ख ६११६ नम्वरको ट्कमा ७० वटा…
कनकाई, ३ असार । जेष्ठ नागरिक संघ कनकाईले नगरको सभाहलमा सचेतना तथा सम्मान कार्यक्रम आयोजना गरी कनकाई नगरका नौ वडाका नौ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । कनकाई नगरपालिकाको आर्थिक सहयोग साथै जेष्ठ नागरिक संघ कनकाईको आयोजनामा जेष्ठ नागरिकलाई स्वास्थ्य सचेतना प्रदान गर्नुका साथै सम्मान गरिएको हो । सम्मानित हुनेमा कनकाई वडा नं. १ का जेष्ठ नागरिक तारा प्रसाद खनाल वडा नं. २ का जेष्ठ नागरिक भक्त बहादुर पौडेल वडा नं. ३ का जेष्ठ नागरिक कुल प्रसाद बिमली वडा नं. ४ का जेष्ठ नागरिक तुलामाया कार्की वडा नं. ५ का जेष्ठ नागरिक भिम बहादुर लिम्बू वडा नं. ६ का…
बनियानी, ३ असार । झापाको कचनकवलस्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानी मातहत रहेको सर्पदंश उपचार केन्द्रको आज स्थापना दिवस मनाउनुका साथै कचनकवल गाउँपालिकालाई पूर्ण खोप गाउँपालिका सुनिश्चितता तथा दीगोपना घोषणा गरिएको छ । कार्यक्रममा पत्रकार गणेशमान मुखिया, इन्द्रजीत मुखिया, रत्न बुढाथोकी, सर्पदंश केन्द्र स्थापनाका अभियन्ता किशोरमान राई र रामप्रसाद भट्टराई, स्वास्थ्य चौकी प्रमुख हर्कबहादुर गुरुङ र स्वास्थय शाखाका जनस्वास्थ्य निरीक्षक महेशचन्द्र नेपाललाई सम्मान गरिएको छ । साथै, कार्यक्रममा पालिकाका सबै वडाका वडा स्वास्थ्य चौकीलाई सम्मान गरियो । कार्यक्रममा प्रमुख अतिथि कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको सामाजिक अभियन्ताहरुको सहयोगमा सर्पदंश उपचार केन्द्र स्थापना भएको बताउनुभयो । “उपचार केन्द्र नहुँदा सर्पदंशबाट अकालमै…
झापा, ३ असार । झापाको बिर्तामोड र मेचीनगरबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २ गते दिउँसो झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुल स्थितमा लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा कनकाई नगरपालिका–४ का ३३ वर्षीय सञ्जित सिवा दर्जीलाई ब्राउनसुगर २१ ग्राम ९ सय ४० मिलिग्रामसहित पक्राउ गरेको छ । त्यस्तै, इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–४ बाट दमक–१ का ३२ वर्षीय बिजय कर्माकार र ३५ वर्षीय सन्तोष मिस्त्रीको साथबाट १३ ग्राम ३ सय ६० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । त्यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१५ बाट लागुऔषध नियन्त्रण व्यूरो विराटनगरले सुनसरीको इटहरी उप…
झापा, ३ असार । झापाको मेचीनगरबाट प्रहरीले तीन सय केजी माछा बरामद गरेको छ । आज बिहान मेचीनगर–५ नकलबन्दाबाट प्रहरी चौकी नक्कलबन्दाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अवैध रुपमा लुकाई छिपाई ल्याउदै गरेको उक्त परिमाणको माछा बरामद गरेको हो । करिब एक लाख मूल्य बराबरको उक्त माछा नियन्त्रणमा लिएर नष्ट गरिएको छ ।
बनियानी, ३ असार । झापाको कचनकवल–६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमाथि गम्भीर प्रश्न उठेको छ । स्वास्थ्य केन्द्रमा सञ्चालित सर्पदंश उपचार केन्द्र पाँचौँ वार्षिकोत्सवको अवसरमा प्राथमिक स्वास्थ्य केन्द्र बनियानीको व्यवस्थापनको विषयमा प्रश्न उठेको हो । कार्यक्रमका विशिष्ट अतिथि गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले स्वास्थ्य केन्द्रको व्यवस्थापनको विषयमा प्रश्न उठाउनु भएको हो । “नियमअनुसार अस्पताल चलिरहेको छ कि छैन ? अत्यावश्यक सेवा नागरिकले सहज रूपमा पाइरहेका छन् कि छैनन् ?”, कार्यक्रममा मन्तव्यका क्रममा उहाँले भन्नुभयो, “स्वास्थ्य केन्द्रमा आउँदा–जाँदा नागरिकका पीडा सुनिरहेको छु । हामी जनप्रतिनिधिले जनताको करबाट तलब खाइरहेका छौं भने हामीले पनि हाम्रो जिम्मेवारीको गम्भीर समीक्षा गर्नुपर्छ ।” प्राथमिक स्वास्थ्य केन्द्रप्रति…
जुम्ला, ३ असार । जुम्लाको चन्दननाथ नगरपालिका–७ स्थित खल्लाचौरमा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छभने चार जना घाइते भएका छन् । गएराति चन्दननाथ नगरपालिकाको एयरपोर्टबाट चन्दननाथ–९ तलिउमतर्फ जाँदै गरेको लु२त १११५ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा चन्दननाथ–९ का ४८ वर्षीय जोखी सार्कीको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उक्त दुर्घटनामा चन्दननाथ–९ तलिउमका २९ वर्षीया देबु सार्की, ३५ वर्षीया मैनामुरली सार्की, ४८ वर्षीया रङ्गा सार्की र ट्रयाक्टर चालक २२ वर्षीय सन्तोष सार्की घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक रोहित रसाइलीले बताउनुभयो ।घाइतेहरूको अवस्था सामान्य रहेको जनाइएको छ ।
नविन उप्रेतीहामी अहिले एउटा गम्भीर मानसिकताको सिकार भएका छौँ ‘जनप्रतिनिधि भनेको सवेर्सर्वा हुन्’, ‘उनीहरु बिना गाउँको कार्यक्रम अपूरो हुन्छ’ भन्ने सोच । चाहे गाउँको सामुदायिक भवन उद्घाटन होस्, घरको पूजा, पुराण, बालविवाह रोकथामका सल्लाह वा एक टोलको सामान्य भेटघाटसम्म सबै ठाउँमा जनप्रतिनिधिको उपस्थिति अनिवार्यजस्तो बनाइएको छ । उनीहरू नपुगे कार्यक्रम नै अधुरो ठहरिन्छ, तस्विर खिचिँदैन, मञ्च सञ्चालन हुँदैन । तर अब हामीले गम्भीर भएर सोच्नुपर्छ के जनप्रतिनिधिहरूको मुख्य दायित्व यिनै क्रियाकलापमा सहभागिता जनाउनु हो ? के उनीहरू जनताको कामभन्दा बढी भोज, पिकनिक, रिबन काट्ने धन्दामा व्यस्त हुनु उपयुक्त हो ? संविधानले तीन तहको सरकारको व्यबस्था गरेको छ स्थानीय, प्रदेश र संघीय सरकार । तिनै…
शिवसताक्षी, ३ असार । झापाको शिवसताक्षी नगरपालिका रोजगार सेवा केन्द्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवाला निकायसँग ‘रोजगार संवाद’ गरेको छ । नगरपालिकाको सभाहलमा आयोजित संवादमा नगर भित्र न्यूनतम रोजगारी सिर्जना, स्थानीय स्रोत साधनको परिचालन, निजी क्षेत्रको सहभागिता र कृषिमा प्राथमिकता दिने विषयमा छलफल गरिएको थियो । संवादका सहभागीहरुले कृषिलाई नगरको मुख्य रोजगार स्रोतका रुपमा विकास गर्न जोड दिएका थिए । कृषकले उत्पादन गरेका वस्तुहरुको मूल्य निर्धारण, बजारीकरण, युवा पुस्तालाई कृषि पेशामा आकर्षित गर्न प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने सुझावहरु आएका छन् । तालिम प्राप्त व्यक्तिहरुका उत्पादनहरुलाई बजारीकरणको ग्यारेन्टी दिनुपर्ने र तालिमहरुलाई अझ व्यवस्थित बनाउनुपर्नेमा समेत सहभागीहरुले जोड दिएका…