
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
इलाम, २१ जेठ । इलामको सूर्योदय नगरपालिका–७ सिंगाममा रुख ढाल्ने क्रममा रुखको हाँगाले लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ढल्दै गरेको रुखको हाँगाले लाग्दा सूर्योदय नगरपालिका–८ का २६ वर्षीय निरोज लाप्चाको ज्यान गएको हो। प्रहरीका अनुसार उक्त रुख गोलियाका लागि काटिएको थियो । घटना लगत्तै मृतकको शव इलाका प्रहरी कार्यालय पशुपतिनगर लगिएको र पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने जनाएको छ । यस घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
ऐंसेलु झाँगे मेरो आँगनको गेट बाहिर आइपुग्दैदेखि ऐंसेलु झाँगेले, थोता दाँत देखाएर हाँस्तै, भन्दै आयो– ‘मेरो अइबादन छ हए हओ सत्तेबाधी केसारीजी ! हन मेरो कुक्कुर, कुख्रा, परेबाहेरू त भुर्कुट्टै हुने भए नि यार !… अन्तखेरि आज म तपइँसित लागु पधार्थ दुर्भेस्यानी विरोदी अभ्यान गर्नेमा एक लम्बरी अभेन्ता इन्र पर्सात ओलीको मोबिलको अनलैन अथ्बा इन्टयन्याट–फेसुक जेको भा पनि कन्टेक लम्बर छ कि भन्र सोद्न पो आएँ हओ तपइँसित । ती ओली साहेप मोहोदै त झापाबड गाएप भ’का भयै पो हुनु भए त हँऽऽऽ ?’… ऊ, म बसिरहेको बरण्डामा सरासर आएर, मोही किसानको सिकुवामा जग्गाधनी आएर सामन्त शैलीमा हाकाहाकी बसे झैं,…
झापा, २१ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाले निःशुल्क आखाँ जाँच शिविर सञ्चालन गरेको छ । झापा कार्यरत सशस्त्र प्रहरी र कर्मचारीका आश्रित परिवारलाई लक्षित गरी आन्तरिक कल्याणकारी कार्य अन्तर्गत निःशुल्क आखाँ जाँच शिविर सञ्चालन गरिएको हो । श्री छठ समाज सेवा समिति बिर्तामोड र मेची आँखा अस्पताल बिर्तामोडको सहकार्यमा मंगलबार भद्रपुर नगरपालिका–८ शान्तिचोकस्थित गण परिसरमा भएको शिविरमा सशस्त्र प्रहरी २८० र आश्रित परिवार १८ जना गरी कुल २ सय ९८ जनाले आँखा जाँच सहित चस्मा, औषधि वितरण गरिएको थियो । झापाका गणपति सप्रउ तुल बहादुर भण्डारीको प्रमुख आथित्यमा सञ्चालन भएको कार्यक्रममा श्री छठ समाज…
झापा, २१ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले आफ्नो पहिलो उपाधि जितेको छ । मंगलबार राती सम्पन्न फाइनल खेलमा टोलीले पञ्जाब किंग्सलाई छ रनले पराजित गर्दै उपाधी हात पारेको हो । यससँगै आइपिएलले १८औं सिजनमा आठौं च्याम्पियन टोली पाएको छ । यसअघि चेन्नई सुपर किंग्स (पाँच पटक), मुम्बई इन्डियन्स (पाँच पटक), कोलकाता नाइट राइडर्स (तीन पटक), राजस्थान रोयल्स (एक पटक), डेक्कन चार्जर्स (एक पटक), सनराइजर्स हैदराबाद (एक पटक) र गुजरात जायन्ट्स (एक पटक) च्याम्पियन बनिसकेका छन् । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा १ सय ९१ रनको लक्ष्य पछ्याएको पञ्जाबले सात विकेट गुमाउँदै १ सय ८४ रन मात्र…
झापा, २१ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा यस वर्ष पनि युवा व्यवसायी युवराज निरौलाले आफ्नो जन्म दिनको अवसर पारेर २१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् । गत वर्ष आफ्नै जन्म दिनको अवसरमा ११ हजार एक सय ११ रुपैयाँ कोषमा जम्मा गर्दै कोषको सुरुवात गरेका निरौलाले यो वर्ष पनि कोष बृद्धिका लागि उक्त रकम प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहेका उनले संस्थाका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गरेका थिए । सो अवसरमा निरौलाकी श्रीमती भीमा दुलाल निरौलाको समेत उपस्थिति रहेको थियो । मोवाइल पार्टस् तथा एशोसेरिजको…
झापा, २१ जेठ । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मनसुन कोशी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको छ। आज दिउसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ।…
झापा, २० जेठ । झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट प्रतिबन्धित लागू औषध सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । झापाको अर्जुनधारा नगरपालिका-६ कप्तानबारी स्थित सुकुम्बासी बस्ति का ३५ बर्षीय राम बहादुर दनुवारलाई प्रहरी चौकी शनिश्चरेबाट खटिएको प्रहरी टोलीले ३ सय मिलिग्राम लागुऔषध ब्राउन सुगर सहित र कारोबारमा संलग्न मेचीनगर नगरपालिका-३ का ३२ बर्षीय अनिल दनुवार समेतलाई नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय उर्लाबारीबाट बिशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-१ का ३१ बर्षीय सनम माझीलाई घरमा लुकाई छिपाई राखेको अवस्थामा १०० चक्की Vomine-25, Antikof -७ सय चक्की र Tramadol ७ सय क्याप्सुल सहित नियन्त्रणमा लिएको…
सन्तोष शर्माझापा, २० जेठ । झापाको कमल गाउँपालिका–३ मा गए राति करेन्ट लागेर एक वटा जंगली हात्तीको मृत्यु भएको छ । कमल–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा एक वटा हात्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । हात्तीले बिजुलीको पोलमा धकेल्दा मागिको तार सर्ट भएर हात्तीलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर सुड र एक वटा दारा जलेर हात्तीको घटनास्थलमै मृत्यु भएको हो । कानूनी प्रक्रियाका लागि घटनास्थलमा सव डिभिजन वन कार्यालय चुलाचुलीबाट टोली खटिएको सूचना अधिकारी खड्काले बताउनुभयो । यता, योसँगै झापा चालू आर्थिक वर्ष २०८१/०८२ को हालसम्म तीन वटा हात्तीको…
कनकाई, २० जेठ । झापाको कनकाई नगरपालिकाले यहाँका कृषक कृषि औजार वितरण गरेको छ । नगरपालिकाले सिञ्चाइ मोटर र मकै छोड्याउने मेसिन वितरण गरेको हो । नगर अन्तरगत वडामार्फत कृषकलाई ५० प्रतिशत अनुदानमा सिंचाईका लागि मोटर र मकै छोड्याउने मेसिन वितरण गरिएको कृषि शाखा प्रमुख समिता सोतीले जानकारी दिनुभयो । सोमबार आयोजित एक कार्यक्रमका बीच कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले कृषि उपकरणहरु वितरण गर्नुभएको हो । मागका आधारमा सिञ्चाइ मोटर ७६ वटा र मकै छोड्याउने मेसिन ७२ वटा वितरण गरिएको जनाइएको छ । कृषी सामाग्री वितरण कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत नारायण न्यौपाने, कनकाई–१ का वडाध्यक्ष सुशीलकुमार पोखरेल, कनकाई–३ का…
झापा, २० जेठ । आईसीसी पुरुष विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपालले एक विकेटको रोमाञ्चक जित हात पारेको छ । पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ४९.५ ओभरमा ७ विकेट क्षतिमा २९६ रन बनाएको थियो । निर्धारित ५० ओभरको खेलमा ४९ ओभर सकिँदासम्म नेपालले ८ विकेट गुमाएर २९० रन बनाएको थियो । ६ बलमा ७ रन ल्याउँदा बाँकी रहँदा अन्तिम ५० औं ओभरको पहिलो बलमै मार्क वाटले जर्ज मुन्सीको हातबाट सन्दीपलाई क्याचआउट गरे । त्यसपछि अन्तिम विकेट रिजन ढकाल क्रिजमा आए । स्ट्राइक उनकै थियो । वाटले वाइड बल फ्याँके। दोस्रो बलमा रिजनले रन लिनै सकेनन्। तर तेस्रो बल उनले खेर…