झापा, २१ जेठ । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा यस वर्ष पनि युवा व्यवसायी युवराज निरौलाले आफ्नो जन्म दिनको अवसर पारेर २१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेका छन् ।
गत वर्ष आफ्नै जन्म दिनको अवसरमा ११ हजार एक सय ११ रुपैयाँ कोषमा जम्मा गर्दै कोषको सुरुवात गरेका निरौलाले यो वर्ष पनि कोष बृद्धिका लागि उक्त रकम प्रदान गरेका हुन् । बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष समेत रहेका उनले संस्थाका अध्यक्ष राजु न्यौपानेलाई रकम प्रदान गरेका थिए । सो अवसरमा निरौलाकी श्रीमती भीमा दुलाल निरौलाको समेत उपस्थिति रहेको थियो ।
मोवाइल पार्टस् तथा एशोसेरिजको व्यवसाय सञ्चालन गर्ने निरौला बिर्तामोडका स्थापित व्यवसायी हुन् । उनी मोवाइल एशोसिएसको अध्यक्ष हुन् भने नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोडको नगर अध्यक्ष हुन् ।
जन्म दिनको अवसरमा आयोजित कार्यक्रममा बोल्दै कोषाध्यक्ष निरौलाले कोषमा एक करोड रुपैयाँ नपुगुन्जेल आफ्नो जन्म दिनको अवसरमा रहेक वर्ष एघारहजार एक सय ११ रुपैयाँ प्रदान गर्दै जाने घोषणा समेत गरे । उनले विपतमा परेका व्यवसायीलाई सहयोग पु¥याउन स्थापना गरेको कोषमा रकम प्रदान गर्न आम व्यवसायीलाई समेत आग्रह गरेका छन् ।
व्यवसायी सदस्य राहत कोषका संयोजक राजकुमार घिमिरे ‘राजु’ सहितको उपस्थितिमा आयोजित कार्यक्रममा कोष वृद्धिका लागि सहयोग पु¥याउने निरौला दम्पत्तीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा बिर्तामोडका व्यवसायीहरुको उपस्थिति रहेको थियो ।


