इलाम, २१ जेठ । इलामको सूर्योदय नगरपालिका–७ सिंगाममा रुख ढाल्ने क्रममा रुखको हाँगाले लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार ढल्दै गरेको रुखको हाँगाले लाग्दा सूर्योदय नगरपालिका–८ का २६ वर्षीय निरोज लाप्चाको ज्यान गएको हो।
प्रहरीका अनुसार उक्त रुख गोलियाका लागि काटिएको थियो । घटना लगत्तै मृतकको शव इलाका प्रहरी कार्यालय पशुपतिनगर लगिएको र पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाइने जनाएको छ । यस घटनासँग सम्बन्धित थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
Facebook Comments Box


