
झापा, २१ जेठ । सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेडक्वाटर झापाले निःशुल्क आखाँ जाँच शिविर सञ्चालन गरेको छ ।
झापा कार्यरत सशस्त्र प्रहरी र कर्मचारीका आश्रित परिवारलाई लक्षित गरी आन्तरिक कल्याणकारी कार्य अन्तर्गत निःशुल्क आखाँ जाँच शिविर सञ्चालन गरिएको हो ।
श्री छठ समाज सेवा समिति बिर्तामोड र मेची आँखा अस्पताल बिर्तामोडको सहकार्यमा मंगलबार भद्रपुर नगरपालिका–८ शान्तिचोकस्थित गण परिसरमा भएको शिविरमा सशस्त्र प्रहरी २८० र आश्रित परिवार १८ जना गरी कुल २ सय ९८ जनाले आँखा जाँच सहित चस्मा, औषधि वितरण गरिएको थियो ।
झापाका गणपति सप्रउ तुल बहादुर भण्डारीको प्रमुख आथित्यमा सञ्चालन भएको कार्यक्रममा श्री छठ समाज सेवा समितिका अध्यक्ष संगिता रोनियार, मेची आँखा अस्पतालका ओपीडी इञ्चार्ज सन्तोषलाल कर्ण सहित अन्य पदाधिकारी तथा चिकित्सकहरुको उपस्थिति रहेको थियो ।


