
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
मुम्बई, ९ असार । सलमान खानको मस्तिष्कमा एनेयुरिज्म र एभी मालपर्फर्मेन्सको समस्या रहेको खुलासा भएको छ। एनेयुरिज्म भनेको यस्तो अवस्था हो जसमा मस्तिष्कको नसा सुन्निन्छ र यदि यो फुट्यो भने घातक स्ट्रोक पनि हुन सक्छ। कपिल शर्माको कार्यक्रममा सलमान खान आफैँले यो कुरा बताएका हुन्। सलमानले अझै पनि गम्भीर स्वास्थ्य अवस्थाबिच आफूले काम गरिरहेको बताए । ‘हामी हरेक दिन हड्डी भाँचिरहेका छौँ। करङ भाँचिएको छ। यी सबैका बाबजुद पनि, म काम गरिरहेको छु,’ उनले भने । एनडीटीभीको रिपोर्ट अनुसार, सलमानले पहिलो पटक २०१७ मा दुबईमा फिल्म ‘ट्यूबलाइट’ को प्रमोसनको क्रममा आफ्नो रोग ट्राइजेमिनल न्यूरेल्जियाको बारेमा कुरा गरेका थिए। यो एक…
एजेन्सी, ९ असार । सिरियाको दमास्कसमा रहेको एक चर्चमा भएको आत्मघाती बम आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । आक्रमणमा अन्य ६३ जना घाइते भएका स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सिरियाको गृह मन्त्रालयका अनुसार आइतवार बेलुका ड्वेला क्षेत्रको ग्रीक अर्थोडक्स चर्चमा एक व्यक्तिले गोली चलाएका र त्यसपछि विस्फोटक भेस्ट विस्फोट गराएका थिए । आक्रमणकारी जिहादी समूह इस्लामिक स्टेट (आईएस) सँग सम्बद्ध रहेको विवरण सार्वजनिक भए पनि समूहले तत्काल कुनै दाबी गरेको छैन । चर्चभित्रका तस्वीर र भिडियोमा मण्डप र भित्ताहरूमा रगत लतपतिएको दृश्य देखिएको छ । डिसेम्बरमा इस्लामवादी नेतृत्वको विद्रोही सेनाले बसर अल–असदलाई अपदस्थ गरेपछि दमास्कसमा…
झापा, ९ असार । अमेरिकामा जारी फिफा क्लब विश्वकप फुटबलमा स्पेनिस क्लब रियल म्याड्रिड र इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी विजयी बन्दै नकआउट चरण नजिक पुगेका छन् भने एफसी साल्जबर्ग र अल हिलालबीचको खेल बराबरीमा सकिएको छ । समूह ‘एच’ अन्तर्गतको खेलमा रियल म्याड्रिडले मेक्सिकन क्लब पाचुकालाई ३–१ ले पराजित गर्दै प्रतियोगितामा पहिलो जीत हात पारेको छ । रियलका लागि जुड बेलिङ्हम, अर्डा गुलेर र कप्तान फेडेरिको भाल्भेर्देले गोल गरे । पाचुकाका एलियास मोन्टिएलले एक गोल फर्काए । अहिले रियल म्याड्रिड २ खेलबाट ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । त्यस्तै समूह ‘जी’ को अर्को खेलमा म्यानचेस्टर सिटीले यूएईको अल…
इलाम, ९ असार । इलामको रोङ गाउँपालिका–३ स्थितमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ । असार ०८ गते अपरान्ह ४ बजे प्रदेश १.०१.००१ ख ४५४७ नम्बरको ट्रकले बा. ८९ प २२६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बझाङ बित्छडचिर गाउँपालिका– १ का २६ बर्षीय मदन बहादुर बोहरा र पछाडि सवार जाँजरकोट छेडागाडा नगरपालिका–८ की २३ बर्षीय सिर्जना गिरी घाईते भएका थिए घाईते दुवै जनालाई उपचारको लागि B&C अस्पताल बिर्तामोड लागिएकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो । घटनामा संलग्न ट्रक र चालक पाँचथर कुम्मायक गाउँपालिका–९ का ३३ बर्षीय नितेश बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको…
विराटनगर, ९ असार । मोरङमा पौडी खेल्ने क्रममा डुबेर १ जना र भोजपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । असार ०८ गते अपरान्ह साढे ४ बजे मोरङको धनपालथान गाउँपालिका–७ का बिजय शर्माको ८ बर्षीय छोरा ऋषि शर्मा घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । त्यसैगरी सोही दिन भोजपुरको रामप्रसादराई गाउँपालिका–१ घर भई हाल चापाभोटे स्थित आफ्नै दाजुको घरमा बस्दै आएकी ६५ बर्षीया पम्फा भण्डारीलाई कोठामा सुती रहेको अबस्थामा पानी संगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
विराटनगर, ९ असार। मोरङ र उदयपुरको छुट्टा छुट्टै स्थानहरुबाट असार ८ गते प्रतिबन्धित लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ४ सय १० मिलिग्राम ब्राउन सुगर सहित मोरङको पथरीशनिश्चरे नगरपालिका–१० भुटानी शरणार्थी क्याम्प स्थितबाट पक्राउ परेका सोही स्थानका २४ बर्षीय पुष्पलाल डाँगी र २३ बर्षीय अनिल राईको इलाका प्रहरी कार्यालय पथरीबाट थप अनुसन्धान भई रहेको छ । यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका–१५ स्थितबाट ९ ग्राम ३ सय २० मिलिग्राम ब्राउन सुगर सहित मोरङको सुन्दरहरैचा नगरपालिका–८ का २९ बर्षीय सरोज आचार्यलाई नियन्त्रणमा लिएको हो भने इलाका प्रहरी कार्यालय उर्लाबारीको गस्ती टोलीले उर्लाबारी नगरपालिका–५…
झापा, ९ असार । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा चिया निर्यात ४० दशमलव ५० प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार (साउन–जेठ) सम्ममा तीन अर्ब ८६ करोड ६४ लाख ७८ हजारको चिया निर्यात भएको छ । चालु आवको ११ महिनाको अवधिमा १४ हजार ४६३ दशमलव ३३ मेट्रिकटन चिया निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । गत आव २०८०/८१ को सोही अवधिमा रु दुई अर्ब ७५ करोड २८ लाख ३२ हजारको चिया निर्यात भएको थियो ।
झापा, ९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आइतबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिनुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न पेट्रोलियम अन्वेषण कार्यको नतिजा एवं भावी कार्यदिशाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराइएको हो । चाइना जियोलोजिकल सर्भेबाट प्राप्त प्रारम्भिक प्रतिवेदनअनुसार हालको ड्रिल साइटमा ११२ दशमलव एक अर्ब घनमिटरको प्राकृतिक मिथेन ग्यासको भण्डार देखिएको र अन्य क्षेत्रमा पनि ग्यासको भण्डार रहेको अनुमान गरिएको अवगत गराइएको छ । धौवादी फलाम कम्पनी लिमिटेडले पूर्वी नवलपरासीमा ड्रिलिङ तथा फलाम खानीको…
वीरगञ्ज, ९ असार । आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा यहाँको जगरनाथपुर गाउँपालिका–४ का सफिराजा मियाँ पक्राउ परेका छन् । शनिबार राती श्रीमती लालबीबी खातुनको हत्या गरेको अभियोगमा उनी आइतबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले मियाँलाई पक्राउ गरी आइतबार नै जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “प्रहरीको प्रारम्भिक अनुसन्धानले लामो समयदेखि श्रीमान् श्रीमतीबीच बोलचाल नभएको थाहा भएको छ,’’ उहाँले भन्नुभयो, ‘‘श्रीमान लामो समयदेखि बाहिर काम गरेर घर फर्किँदा श्रीमतीले राम्रो व्यवहार नगर्ने, वास्ता नगर्ने भन्दै रिसको आवेगमा कर्तव्य ज्यान गरेको हुनसक्ने देखिएको छ ।’’
सन्तोष शर्माझापा, ८ असार । पूर्वी नाका काँकरभिट्टाबाट निर्यात हुने मुख्य १० वस्तुमध्ये पाँच वटा वस्तुको निर्यातमा कमी आएको छ । अघिल्लो वर्षको जेठ मसान्तसम्मको तुलनामा चालू आवको जेठ मसान्तसम्म अलैंची निर्यातमा तीन दशमलव आठ प्रतिशत, कुकुर वा बिरालोको खानामा सात दशमलव सात प्रतिशत, अम्रिसोमा १५ दशमलव दुई प्रतिशत, सिमेन्ट क्लिङ्करमा १२ दशमलव छ प्रतिशत र अदुवा, सुठोको निर्यातमा ५९ दशमलव सात प्रतिशतले कमी आएको मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । गत वर्षको जेठ महिना मसान्तसम्ममा रू सात अर्ब ४६ करोड ६८ लाख ७६ हजारको तीन अलैंची निर्यात भएकोमा चालू आवको जेठ मसान्तसम्म रू सात…