विराटनगर, ९ असार । मोरङमा पौडी खेल्ने क्रममा डुबेर १ जना र भोजपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ ।
असार ०८ गते अपरान्ह साढे ४ बजे मोरङको धनपालथान गाउँपालिका–७ का बिजय शर्माको ८ बर्षीय छोरा ऋषि शर्मा घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो ।
त्यसैगरी सोही दिन भोजपुरको रामप्रसादराई गाउँपालिका–१ घर भई हाल चापाभोटे स्थित आफ्नै दाजुको घरमा बस्दै आएकी ६५ बर्षीया पम्फा भण्डारीलाई कोठामा सुती रहेको अबस्थामा पानी संगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।
Facebook Comments Box


