इलाम, ९ असार । इलामको रोङ गाउँपालिका–३ स्थितमा ट्रकको ठक्करबाट २ जनाको मृत्यु भएको छ ।
असार ०८ गते अपरान्ह ४ बजे प्रदेश १.०१.००१ ख ४५४७ नम्बरको ट्रकले बा. ८९ प २२६६ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकल चालक बझाङ बित्छडचिर गाउँपालिका– १ का २६ बर्षीय मदन बहादुर बोहरा र पछाडि सवार जाँजरकोट छेडागाडा नगरपालिका–८ की २३ बर्षीय सिर्जना गिरी घाईते भएका थिए घाईते दुवै जनालाई उपचारको लागि B&C अस्पताल बिर्तामोड लागिएकोमा अस्पताल पुर्याउन साथ मृत्यु भएको थियो ।
घटनामा संलग्न ट्रक र चालक पाँचथर कुम्मायक गाउँपालिका–९ का ३३ बर्षीय नितेश बुढाथोकीलाई जिल्ला प्रहरी कार्यालय इलामले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।
Facebook Comments Box


