jhapaonline add

झापा, १९ माघ । कनकाई नहरमा डुबेर विहीवार एक व्यक्तिको मृत्यु भएको छ । शिवसताक्षी–११ नहरचोकस्थित कनकाई नहरको पानीमा डुबेर ५७ वर्षीय रामजी बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कनकाई–९ निवासी रहेको बताइएको छ । नहरमा डुबेर मृत अवस्थामा भेटिएका बस्नेत वुधवार बिहानदेखि परिवारको सम्पर्क बाहिर थिए ।

Read More

झापा, १९ माघ । स्कटल्यान्डको एबर्डिनमा बस्दै आएका दुई नेपाली दिदीबहिनीको आगलागीमा परेर मृत्यु भएको छ। पोखरा घर भई एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका करिब २८ वर्षकी आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परेर मृत्‍यु भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिएका छन्। उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा. यज्ञप्रसाद सुवेदीका छोरी हुन्। मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटीकी विद्यार्थी थिइन्। एउटै बिल्डिङको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका दिदी बहिनी आत्तिँदै भुईंतलामा झर्ने क्रममा धुवाको मुस्लोमा परेर निस्सासिएका थिए। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

Read More

झापा, १९ माघ । झापाको चन्द्रगढीका ३४ वर्षीय अजित राजबंशी दुबईमा विरामी परेर अलपत्र भएपछि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको पहलमा नेपाल ल्याइएको छ । परिवारको अवस्था नाजुक भएपछि पैसा कमाउन विदेश गएका भद्रपुर नगरपालिका–१० स्थित चन्द्रगढीका राजबंशी दुबईमा विरामी परेर अलपत्र भएपछि संघीय सांसद शर्माको पहलमा बुधबार राति उद्दार गरी नेपाल ल्याइएको हो । दुबईमै रहेका भद्रपुरकै युवा प्रवीण चौहानले केहि दिनअघि राजबंशी विरामी भएको कुरा सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेर सांसद शर्मालाई लिंक पठाएका थिए । सांसद शर्माले उक्त लिंक हेरेपछि राजबंशीको उद्वार भएको हो । सांसद शर्माले दुबई स्थित नेपाली जनसम्पर्क समितिका अध्यक्ष भवानीप्रसाद तिम्सिनालाई सम्पर्क गरेर…

Read More

झापा, १९ माघ । नेकपा एमाले झापा जिल्ला कमिटीले पार्टी कामको सन्दर्भमा नेताहरुसँग आज बिर्तामोडमा परामर्श बैठक गरेको छ । पार्टी जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षता तथा पार्टी स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलको प्रमुख आतिथ्यमा परामर्श बैठक भएको हो । बैठकमा मूलतः नेकपा एमाले झापाको वर्तमान अवस्था, नेता नेतृत्वका जिम्मेवारीहरु, तिनको कार्यान्वयनको अवस्था, कार्यकर्ताले नेतृत्वप्रति गरेका अपेक्षा तथा आलोचनाहरुका विषयमा मसिनो गरी प्रस्तुत गरिएको थियो । निर्वाचनमा जनताका प्रतिनिधिहरु बनाएर पठाएका पार्टीका नेता कार्यकर्ताहरुको कार्यशैलीका बारेमा धेरै टिप्पणीहरु एठेका थिए । बैठकमा झापा जिल्ला कमिटी र सो मातहतका कमिटीलाई बढीभन्दा बढी सक्रिय बनाउन कस्तो योजनाहरु बनाउनु पर्छ र…

Read More

झापा, १८ माघ । झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा आठ लाख युनिट उत्पादन गरेको हो । देशकै ठूलोमध्ये पर्ने र कोशी प्रदेशमै ठूलो सौर्य ऊर्जा परियोजनाको पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ १३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी झापा इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो । परियोजनाबाट उत्पादित विद्युत् मेन ग्रीडमा समेत जडान भइसकेको छ । हालसम्म परियोजनामा करिब ८७ करोड खर्च भइसकेको छ । ऊर्जा उत्पादनतर्फको काम सकेर सौन्दर्यकरणको काम…

Read More

इलाम, १८ माघ । इलाममा सुनको गहना र नगद चोरी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २० वर्षीय प्रकाश साँवा ९लिम्बु० रहेका छन् । साँवाले फाकफोकथुम गाउँपालिका-१ याक्साघरे बस्ने ७८ वर्षीय बुद्धिमान लिम्बुको घरबाट साढे ३ तोला बराबरको सुनको गहना र नगद १ लाख रुपैयाँ चोरी गरेको आरोप छ । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बुद्धिमानको घरमा चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी आमचोकबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रकाशलाई चोरी भएको सुनसहित फेला पारी पक्राउ गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

दमक, १८ माघ । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरेका हुन् । गए राति छिमेकीको घरमा जन्मदिनको भोज खाएर करिब १ः०० बजेतिर घर आएका बेला राई दम्पतीबीच झगडा भएको र झगडाका क्रममा विनोदले श्रीमतीमाथि निर्घात कुटपिट गरेको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए । डकुटपिटबाट मृत्यु भएपछि आज बिहान मात्र ७ः३० बजे स्थानीयवासीले…

Read More

विर्तामोड, १८ माघ । समुदायमा कांग्रेस अभियानका लागि झापाका १३१ वटै वडामा खटिएका जिल्ला प्रतिनिधिहरुका लागि एकदिने अभिमुखीकरण कार्यक्रम आज जिल्ला पार्टी कार्यालय विर्तामोडमा सम्पन्न भएको छ । नेपाली कांग्रेस झापाको आयोजनामा जिल्ला सदस्य र महाधिवेशन प्रतिनिधिहरुका लागि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं अभियानका लागि झापा प्रतिनिधि मधु आचार्यले सहजीकरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै नेता आचार्यले समुदायमा कांग्रेस अभियान अन्तरगत महामन्त्री गगन थापाको नेतृत्वमा झापादेखि कञ्चनपुरसम्म २१ जिल्लामा हुलाकी मार्गमा समुदायसँग रिले संवाद एवं देशभरका ६ हजार ७ सय ४३ वडामा माघ १३ देखि २६ गतेसम्म समुदायमा पुगेर सुझाव संकलन गर्ने कार्यक्रम तय गरिएको जानकारी दिनुभयो…

Read More

बिर्तामोड, १८ माघ । छैटौँँ संस्करणको झापा गोल्डकप २०८० सुरु हुन एक महिना बाँकी रहँदा खेल मैदानको स्तरोन्नति धमाधम भइरहेको छ । यही फागुन १९ गतेदेखि हुने झापा गोल्डकपका लागि बिर्तामोड–३ मा रहेको डोमालाल राजवंशी रंगशालाको स्तरोन्नति र मर्मत सुरु गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । मैदानको झार गोडेर रंगशालालाई पुरानै अवस्थामा पुर्याउन गोडमेल तथा मर्मतको काम सुरु गरिएको हो । डोमालाल राजवंशी रंगशाला देशभरका खेल मैदानहरुमध्ये उत्कृष्ट मानिन्छ । खेल मैदानको आकर्षणमा कुनै कृत्रिमता नहुने र प्राकृतिक घाँसे मैदानलाई मिलाएर बुट्टादार बनाइने बस्नेतले बताए । रंगशालामा करिब १० हजार दर्शक बस्न सक्नेगरी बाँसको प्यारापिट पनि निर्माण…

Read More

झापा, १७ माघ । बजेटको स्रोत सुनिश्चित नगरी निर्माण थालिएको मेचीनगर–१५ स्थित झोलुङ्गे पुल अलपत्र परेको छ । स्थानीयले पुलको निर्माण अविलम्ब थाल्न मेचीनगर नगरपालिकालाई दबाब दिएका छन् । मेचीनगरको बिचार्नी बजार र हेल्दुबारी गाउँलाई जोड्ने यो झोलुङ्गे पुल निर्माणका लागि मेचीनगर नगरपालिका र थानी कन्स्ट्रक्सन प्रालिबीच २०७८ असार १५ गते सम्झौता भएको थियो । क्रमागत रुपमा सङ्घीय सरकारले बजेट पठाउला भन्ने आशले तीन वर्षमा निर्माण सक्नेगरी ठेक्का लगाइएको मेचीनगर नगरपालिकाका इन्जिनियर जीवन भट्टराईले बताए । सरकारले क्रमागत रुपमा ज्यादै थोरै बजेट पठाएपछि बिलको भुक्तानी नगरपालिकाले दिन नसक्दा झोलुङ्गे पुल निर्माणको काम रोकिएको छ । आधुनिक शैलीको उक्त पुल ३५०…

Read More