
झापा, १९ माघ । स्कटल्यान्डको एबर्डिनमा बस्दै आएका दुई नेपाली दिदीबहिनीको आगलागीमा परेर मृत्यु भएको छ।
पोखरा घर भई एबर्डिनको ब्याक हिल्टन रोडमा बस्दै आएका करिब २८ वर्षकी आँचल सुवेदी र २४ वर्षकी शिक्षा सुवेदीको सोमबार साँझ भएको आगलागीमा परेर मृत्यु भएको एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले जानकारी दिएका छन्।
उनीहरु पोखरा युनिभर्सिटीका पूर्व प्राध्यापक डा. यज्ञप्रसाद सुवेदीका छोरी हुन्। मृतकमध्ये दिदी आँचल इन्जिनियर थिइन् भने बहिनी शिक्षा आइटीकी विद्यार्थी थिइन्। एउटै बिल्डिङको तल्लो फ्ल्याटमा आगो लागेपछि दोस्रो तल्लामा रहेका दिदी बहिनी आत्तिँदै भुईंतलामा झर्ने क्रममा धुवाको मुस्लोमा परेर निस्सासिएका थिए। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।
Facebook Comments Box


