
झापा, १९ माघ । कनकाई नहरमा डुबेर विहीवार एक व्यक्तिको मृत्यु भएको छ ।
शिवसताक्षी–११ नहरचोकस्थित कनकाई नहरको पानीमा डुबेर ५७ वर्षीय रामजी बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ । उनी कनकाई–९ निवासी रहेको बताइएको छ । नहरमा डुबेर मृत अवस्थामा भेटिएका बस्नेत वुधवार बिहानदेखि परिवारको सम्पर्क बाहिर थिए ।
Facebook Comments Box


